माधवजीले भन्नुभो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

From Mysansar.com Comment by Ram Nam Satye (2009-05-21 03:33:24) ….. “अरू भए उहिल्यै बहुलाइसक्थे । ” माधवजीले भन्नुभो, “म भएर अहिलेसम्म टिकेको छु ।” “बहुलाउनु हुँदैन ।” रामचन्द्रजीले सम्झाउनुभो, “बहुलायो भने प्रधानमन्त्री हुन पाइँदैन ।” “कहाँ पाइन्छ त ?” केपीले भन्नुभो, “संविधानले मानसिक अवस् था ठीक नभएकालाई प्रधानमन्त्री हुन अयोग्य मानेको छ ।” “त्यही भएर ।” माधवजीले भन्नुभो, “नबहुलाउनु नडराउनु भनेको यही हो ।” “नबिराउनु नडराउनु पो त !” विमलेन्द्रजीले भन्नुभो, “तपाइर्ंले त उखानै अर्को बनाइदिनुभो । ” “नयाँ नेपालमा पुरानो उखानको के काम ?” माधवजीले भन्नुभो, “गणतन्त्र आएपछि उखान पनि परविर्तन हुनुपर्छ ।” “त्यो त हो ।” रामचन्द्रजीले भन्नुभो, “अब बन्ने संविधानमा यस् ता धेरै कुरा परविर्तन गर्नुपर्छ ।” “जस् तै ?” केपीजीले सोध्नुभो, “संविधानमा परविर्तन गर्ने कुरा के हुन सक्छन् ?” “चुनावमा हारेकालाई प्रधानमन्त्री बनाउन सकिनेछ । ” रामचन्द्रजीले भन्नुभो, “दुई ठाउँबाट हारेकालाई प्राथमिकता दिइनेछ । ” “यस् तो लेख्न मिल्छ र ?” झलनाथजीले सोध्नुभो, “अनि, चुनाव जित्नेले चाहिँ प्रधानमन्त्री हुनै नपाउने ?” “पाउने ।” रामचन्द्रजीले भन्नुभो, “चुनाव हारेका उपलब्ध नभए चुनाव जित्नेले पाउने ।” थप्नुभो, “चुनाव हार्ने भेटिएसम्म चाहिँ हार्नेलाई बनाउने ।” “किन ?” झलनाथजीले सोध्नुभो, “यसो गर्नाको समुचित कारण केही छ ?” “छ ।” रामचन्द्रजीले भन्नुभो, “चुनाव जित्ने मानिस यसै पनि उत्साहित हुन्छ, हारेको चाहिँ निराश हुन्छ ।” “त्यो त भइहाल्छ नि !” झलनाथजीले भन्नुभो, “महिनौँसम्म दौडधुप गरेर हार्दा निराश मात्र होइन, हतास पनि हुन्छ ।” “त्यस् ता निराश मानिसलाई हतास हुन दिनुहुँदैन ।” रामचन्द्रजीले भन्नुभो, “तिनलाई प्रधानमन्त्री बनाइदिनुपर्छ ।” “यसबाट अर्को पनि फाइदा हुन्छ ।” यसपालि केपीजी बोल्नुभो, “चुनावमा जित्नेभन्दा हार्ने धेरै हुन्छन्, यसरी हार्नेलाई प्रधानमन्त्री बनायो भने हरूवाहरू खुसी हुन्छन् ।” “यसबाट मुलुकमा खुसीयाली बढ्छ ।” रामचन्द्रजीले बताउनुभो, “खुसीयाली बढ्यो भने गाउँमा बसौँबसाँै लाग्छ ।” “गाउँमा बस् यो भने तल्लो घर माथ्लो घर गरन्िछ ।” विमलेन्द्रजी बोल्नुभो, “यसो गर्दा पेटको बिरामी हुँदैन ।” “बिरामी नहुनु भनेको स् वस् थ हुनु हो । ” केपीजीले निष्कर्ष सुनाउनुभो, “स् वास् थ्य नै सम्पत्ति हो ।” “हामी सर्वहाराको के सम्पत्ति !” झलनाथजीले भन्नुभो, “सबैथोक देशका लागि समर्पित गरेपछि आनन्द !” “आनन्द त्यसबेला हुन्छ, जुनबेला माधवजी प्रधानमन्त्री हुनुहुनेछ ।” केपीजीले सोध्नुभो, “माधव कामरेड केही खाने हो ?” “शपथ खाने,” माधवजीले भन्नुभो, “मलाई शपथ खाने मन छ ।” “तपाईंलाई शपथ खान मन लागेको कतिपटक भो ?” विमलेन्द्रजीले सोध्नुभो, “मैले त बिर्सी पनि सकेँ ।” “योसमेत पाँचौँपटक ।” माधवजीले भन्नुभो, “तपाईंहरूले धोका दिएर तीनपटक, उनेर्ले भ’mुक्याएर एकपटकसमेत चारपटक ।” “हामीले धोका दिएको होइन,” रामचन्द्रजीले स् पष्टीकरण दिनुभो, “दरबारले नै तपाईंको निवेदन रजिेक्ट गरेपछि हाम्रो के लाग्छ !” “अब स् िथति फेरएिको छ,” विमलेन्द्रजीले भन्नुभो, “कांग्रेस र कम्युनिस् ट मिलेपछि देशमा परविर्तन भएको छ ।” “नत्र त अजीव परििस् थति थियो,” माधवजीले भन्नुभो, “साँच्चै अरू भएका भए बहुलाउँथे ।” “बहुलाउनु हुँदैन,” केपीजीले भन्नुभो, “बहुलाउनुभन्दा गीत गाउनु राम्राे ।” “गीत गाउने ?” झलनाथजीले प्रस् ताव राख्नुभो, “लु कामरेड माधवबाट सुरु गरौँ ।” “म गीत गाउनु ?” माधवजी लजाउनुभो, “मैले कहिल्यै गीत गाएको छैन ।” “तपाइर्ं प्रधानमन्त्री पनि त हुनुभएको छैन नि !” विमलेन्द्रजीले भन्नुभो, “त्यसो भनेर अब प्रधानमन्त्री नै नहुने त !” “ठीक,” केपीजीले भन्नुभो, “नेपालको भावी प्रधानमन्त्रीले गाएको गीत सुन्नु सुखद हो ।” “राजीनामा दिने प्रधानमन्त्री त नाच्थे पनि,” रामचन्द्रजीले सम्झनुभो, “तपाइर्ंहरूकै अधिवेशन उद्घाटनमा साल्सा डान्स गरेको होइन ?” “म त्यसोचाहिँ गर्न सक्तिनँ,” माधवजीले भन्नुभो, “मेरो नैतिकताले त्यसो गर्न दिँदैन ।” “तपाइर्ं निकै नैतिकवान हुनुहुन्छ,” महामन्त्री विमलेन्द्रजी बोल्नुभो, “कांग्रेसलाई यस् तो नैतिकता मन पर्छ ।” “यसपालि तपाइर्ंलाई समर्थन गर्नुका पछाडि यही नैतिकताको हात छ ।” रामचन्द्रजीले भन्नुभो, “नत्र हामी हत्तपत्त अरूलाई समर्थन गर्दैनौँ ।” “तपाइर्ंले चुनाव हार्नासाथ महासचिवबाट राजीनामा दिनुभो,” विमलेन्द्रजीले बताउनुभो, “यता सुशील दा’ले त्यसै गर्नुभो ।” “हामीलाई सुशीलजीले राजीनामा दिएको मन परेन,” रामचन्द्रजीले भन्नुभो, “र, राजीनामा फिर्ता लियौँ ।” “माधव कामरेडले चाहिँ आफ्नो निर्णय फिर्ता लिनुभो,” झलनाथजीले भन्नुभो, “पहिले राष्ट्रपति हुन राजी हुनुभयो, पछिचाहिँ सभासद् हुनसमेत मान्नुभयो ।” “हामीलाई थाहा छ ।” रामचन्द्रजीले बताउनुभो, “उनेर्ले तपाईंलाई राष्ट्रपति नदिने भएपछि त्यसको रसिले तपाइर्ंहरूले रामवरणजीलाई भोट हाल्नुभो ।” “हामी उनीहरूसँग नरसिाएका भए रामवरणजी राष्ट्रपति हुनुहुने थिएन ।” माधवजीले भन्नुभो, “रामवरणजी राष्ट्रपति नहुनुभएको भए अघिल्ला प्रधानमन्त्रीले राजीनामा दिने थिएनन् ।” “तिनले राजीनामा नदिएको भए उनै प्रधानमन्त्री भइरहन्थे,” झलनाथजीले भन्नुभो, “माधव कामरेडको चान्स आउने थिएन ।” “प्रधानमन्त्री भएपछि के गर्नुहुन्छ ?” रामचन्द्रजीले सोध्नुभो, “भावी मार्गचित्रका बारेमा केही बताउने हो ?” “फोन गर्छु,” माधवजीले भन्नुभो, “मोबाइलबाट भन्नेछु, गायत्री म भएँ ।”

lamjung · May 21, 2009 10:59 AM · 13,222 views

1 Reply

Error occured here because of server configuration. Any inconvenience is regretted - admin

notavailable · May 21, 2009 12:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all