न्यू योर्क- नेपालका आदिबासी किरातीराइहरुको महान पर्ब साकेला यसपाली न्यू योर्क शहरमा यही मैइ २३ तारिख धुमधामका साथ मनाइदै छ। किरात राइ सोसाइटी अफ अमेरिकाको आयोजनामा हुन लागेको उक्त साकेला उत्सब नेपालका पूर्व राजदूत तथा त्रिभुवन विश्व बिद्यालयका प्रोफेसर डा. नोवल किशोर राइले उदघाटन गर्नुहुने छ भने झन्डै १९ राज्यहरुबाट राइहरु भाग लिने छन्। अमेरिकामा किरात राइहरुले आफ्नो महान पर्ब साकेला मनाउन सुरुवात गरेको समय लामो भएको छैन। सन २००३ मा वासिङ्टन डि. सि., र २००४ मा कोलोराडो हुँदै त्यस्पछी संस्थागत रुपमा यो पर्बलाई हर्सोल्लासका साथ किरात राइ सोसाइटी अफ अमेरिकाले आयोजना गर्दै आएको छ। संसार भरिका किरात राइ समुदाय अहिले सकेलामय भएको छ। यस पर्वको बिबिध सास्कृतिक, धार्मिक, शास्त्रीय तथा पारम्परिक महत्व र बिशेषता रही आएको छ। यस बर्ष अमेरिकाका राइहरुले अन्य देशका राइहरुले भन्दा केही ढिलो गरी साकेला मनाउदैछन्। मुलत: यस्को ध्येय सबै पेसामा आबद्ध राइहरुलाई समाबेश गराउने प्रयास हो । जस्ले यहाँ अध्ययनरत राइ विद्यार्थीहरुलाई सहभागीता जनाउन सहज हुनेछ। भौगोलिक दृष्टिले यो बिशाल देशमा साकेलाको लागि सहभागी बन्न समय र आर्थिक दृष्टिछले हेर्दा सजिलो भने पक्कै छैन। तापनि, यस कार्यक्रममा ति कठिनाईको कुनै परबाह नगरि झन्डै १९ राज्यहरुबाट राइहरुले उपस्थिती जनाउने कुरा कार्यक्रमका सयोजक मणी बाङ्देल बताउनु हुन्छ । यसका लागि मे २० तारिख देखी राइहरु न्यू योर्क प्रस्थान गर्ने छन्। तीन भागमा बिभाजित यस कार्यक्रमलाई साकेला समारोह, किरात राइ सोसाइटी अफ अमेरिकाको वार्षिक सभा र सास्कृतिक कार्यक्रम गरी आयोजना गरिने छ । डा. नोवल किशोर राईको प्रमुख आतिथ्य्मा हुने यस कार्यक्रममा बिभिन्न सस्थाका प्रतिनिधिहरुको सहभागीता रहने छ। संयोजक मणी बाङ्देलका अनुसार साकेला कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको छ। -Nitu Khapung in Kentucky usnepalonline.com
chhina · May 20, 2009 1:24 AM · 8,894 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion