एकजना पिताले आफ्ना छोरा छोरीको जन्मे देखी १३ वर्ष सम्म प्रत्येक दिनका फोटोहरु खिचेर एल्बम तयार पारेका छन। Munish Bansal नामका ति व्यक्तिले आफ्ना एक छोरा र एक छोरीका प्रत्येक दिनका फोटोहरु खिचेर एल्बम तयार पारेका हुन। उनी सँग अहिले १२ वर्षिय छोरी सुमन र १० वर्षिय छोरा जयका गरी ८,५०० भन्दा बढी तस्विरहरु छन जसले गर्दा ६०० वटा भन्दा बढी एल्बमहरु भरिएका छन। Gillingham, Kent का उनी यस बारेमा यसो भन्छन, "मैले छोरी सुमन जन्मेको दिन एउटा तस्विर लिए, फेरी अर्को दिन गर्दै एक वर्ष पुग्दा म सँग ३६५ वटा तस्विरहरु थिए तर पनी मैले आफ्नो कार्य रोकिन। जब छोरा जन्मियो त्यस पछी पनी मैले त्यो कार्यलाई निरन्तरता दिई नै रहें"। उनी अगाडी थप्छन, "मेरो यो काम देखेर मेरा छोरा-छोरी समेत अचम्ममा परेका छन तर जब उनीहरुले मेरो कार्यको बारेमा बुझ्ने छन र आफ्नो बाल्यकाल कस्तो थियो भन्ने थाहा पाउने छन त्यस पछी पकै उनीहरुले मेरो प्रशंशा गर्ने छन"।
aficionado · May 18, 2009 7:21 AM · 1,160 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion