प्रभुको कृपा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'म भन्चु ! म के भन्चु भने, आँप झर्‍या च, मादप कम्रेड तपैं टिप्नोच्', गिर्जाउले भन्नुभो, 'कङरेज पार्टीले तपैंलाई टोटल सपोर्ट गर्च ।' गिर्जाउले अरूलाई आँप दिने ? मादप कम्रेड तीनछक पर्नुभो । झरेको आँप भुइँबाट टिप्न खोज्नुभो । त्यतिकैमा गिर्जाउले चोरऔंलो तेस्र्याउँदै भन्नुभो, 'तर मादपजी, तपैंले अलि ठूलो टुक्रा आँप सुजातालाई दिनुपर्च...।' 'वर्तमान परिप्रेक्ष्यमा, म जे गर्न नि तयार छु, गिर्जाउको जो कृपा...' मादप कम्रेड हर्षले विभोर हुनुभो ।  'म के भन्चु भने तपैंले अइलेसम्म गरेर खान नसक्या यै भ'र हो । कृपा मैले हैन, प्रभुले गर्नुभाच', गिर्जाउले कान फुक्नुभो, 'कटवालले रुख हल्लाउनुभो, रामाले लठ्ठीले हान्नुभो र आँप झरो । यो सब प्रभुको कृपा'ट भाच ।' झल्याँस्स हुँदै कम्रेड दक्षिणतिर र्फकनुभो । दुई हात जोड्नुभो । निहुरिनुभो । र भन्नुभो, 'प्रभुको जो कृपा !'    

jhilkeJetho · May 15, 2009 11:29 AM · 3,079 views

1 Reply

good one.

pacific salmon · May 15, 2009 3:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all