उसले एउटा चुरोट सल्कायो। छत तिर हेर्दै धुवाको बाक्लो मुस्लो फ्याल्यो। गहन सोचमा डुबे झै देखिन्थ्यो उ। हिजो जस्तै लाग्छ छोरा अमेरिका गएको, पढ्न लाई। फर्किएर आउँदैछ रे। यतै बसेर केही गर्ने सोच बनएको रहेछ। त्यो त खुशीको कुरो हुनुपर्ने हो। तर उ ब्यग्र देखिन्छ। उस्को ब्यग्रताको कारण छोरो फर्किनु होइन। छोरोसँग एउटी केटी पनि आउँदैछे रे उस्को बुहारीको रूपमा। त्यति मात्रै भये त हुन्थ्यो नि, एउटा बच्चा पनि छ रे, उस्को नातीको रूपमा। नाती आफ्नै भये त ठिकै थियो नि, होइन रे। खोइ कस्को हो, छोराले आफ्नै झै मान्यो रे त्यो केटीसँग प्रेममा परेर। उसले हातको चुरोटतिर हेर्यो। आधा सिद्धिसकेछ। उसको जीवन झै। के फरक पर्छ र। छोराले मन परायो त के गर्ने, बुहारी र नाती नै मानौला। के ब्यग्रता सिद्धियो? होइन। उ ब्यग्र भएको त उसको श्रीमतीलाई के भन्ने भनेर पो हो त। छोरो गएको सात बर्ष भयो, बिहे गरेको दुई बर्ष भयो, नाती चाँही ५ बर्षको? अचानक उसको ओठमा हलका मुस्कान छायो। कस्तो हुस्सु। समस्यामै समाधान रहेछ त। चुरोट नजिकै रहेको ashtray मा हालेर छोरालाई email लेखेर लामो सास फेर्यो। गाडीलाई garageमा हुल्दासम्म उ निश्चित भईसकेकोथियो। आफ्नो योजनामा गर्व गर्दै उ घरभित्र छिर्यो। उसकी श्रीमती कुनै बकम्फुसे हिन्दी सिरिअलमा ब्यस्त थि। बिचरी अबोध नारी। उसलाई थाहै छैन आफ्नै घरमा घर घर कि कहानी चल्दैछ भनेर। गएर सँगै सोफामा बस्यो। श्रीमतीले एक नजर उसलाई हेरी, लजाउदै आशु पुछी, हिन्दी सिरिअलको कमाल। सिरिअल सिद्धिएपछी चिया लिएर बुढाबुढी गफिन लागे। कुरा गर्दै जाँदा उसले छोराले बिहे छ बर्ष पहिले नै गरिसकेको, बाबु आमाको डरले घरमा भन्न नसकेको र पाँच बर्षको नाती पनि भएको सुनायो। दु:ख र आश्चर्य मिश्रित आशुका ढिक्काले श्रीमतीको गाला भिजाउन थाले। कता कता उ पनि अपराधबोधले थिचिएको अनुभव गर्न थाल्यो। आखिर झुटो बोल्दै थियो उ आफ्नो श्रीमतीसँग। केही समयको दु:ख र दुखेसो पछी श्रीमतीको चित्त बुझ्यो। धन्न बुहारी त आफ्नै जातकी परी भन्ने सन्तुश्टी उसलाई भयो। एउटा ठुलो अध्याय सिद्धिएकोमा उ पनि खुशी थियो। बेलुकी नाइट मार्केटमा किनमेल गर्न थाले दुवैजना नयाँ बुहारी र नातीको लागि। राती कहाँ पार्टी दिने र कस कसलाई बोलाउने भनेर बहस हुन थाल्यो दुवैजनाको। मधूर भविश्यको योजना बुन्दै कहिले निदाउन पुगेछन उनिहरुलाई होशै भएन। दिन बित्न कती समय लाग्ने रहेछ र? हेर्दा हेर्दै छोरा बुहारी आउने दिन पनि आइसकेछ। उनिहरुको हर्षको सिमा थिएन। धेरै सोचबिचार गरेर उनिहरुलाई लिन आफु नजाने, भतिजालाई पठाउने बिचार गरे। नयाँ बुहारीलाई सजिलो पार्न त्यसो गरेको रे। उसलाई ढोगभेट गर्न पनि सजिलो हुन्छ रे। उसले केही बोलेन, मौन स्विक्रिती जनायो। दाई भाउजुलाई लिन भनी भतिजा गाडी लिएर एअरपोर्ट हिंडेपछी उसले घरको चारैतिर हेर्यो। पुछपाछ गरेर घर टिलिक्क टल्केको थियो। घरभरी नातागोताका मानिसहरु थिए। २०, २५ जना हुदो हुन्। उ अलिअली nervous थियो अनी धेरै खुशी थियो। छोरालाई उसले email गरेर यताको स्थिती र उसले गढेको कथा भनिसकेको थियो। उसको छोरा पनि खुशी थियो बाबुले बुद्धिमानिपुर्वक सहज परिस्थितीको निर्माण गरिदिएकोमा। भोली पार्टीको पनि तयारी भईसकेकोथियो, बानेश्वोरको एभरेष्ट होटेलमा। मनमनै सब तयारीहरुको समिक्षा गरेर एउटा चुरोट सल्कायो। २ हफ्ता जती घुमुन, पोखरा, जोम्सोम र नाम्चेबाट आएपछी अफिस जान थाल्ला छोरो पनि। बुहारीले पनि त पढेर नै आएकी होली नि। उसले पनि अफिस मै काम गर्ली। बिस्तारै retire भएर बुढीलाई तिर्थ घुमाउन लैजानु पर्ला। उसको जमानदेखिको रहर। "आये आए" को स्वरको कोलाहलले उसको तन्द्रा भङ्ग भयो। "आये त?" उसको मुटुको ढुकढुकी बढ्यो। हातमा भएको चुरोट फ्याकेर आफ्नो श्रीमतीतिर हेर्यो। उसकी श्रीमती गजब राम्री देखिएकी थि। अनुहारमा गर्वमिश्रित मुस्कान थियो, मानौ उसको छोराले कुनै युद्ध जितेर आउँदैछ। शहनाइवालाहरुले आफ्नो duty गर्न थाले। घर साच्चै नै विवाह घरमा परीणत भएको थियो। गाडी रुक्यो, छोरा ओर्लियो। सात बर्ष पछी छोरोलाई देखेर बुढाबुढिले मुखामुख गरे। दुवै एक अर्कासङ्ग लजाइरहेका थिए। गठिलो जिउ भएछ, जिम जादो हो। एउटा सानो बच्चा ओर्लियो। "हेरिश्यो त, हाम्रो नाती" बुढीको खुशीको ठेगाननै थिएन। उ पनि खुशी थियो, आखिर छोराले छोरा मानिसक्यो, उसले पनि नाती मानिसक्यो। रातो साडिमा घुम्टो हालेर बुहारी पनि ओर्ली। भातिजी ले उनिहरुलाई डोर्याएर ढोकातिर लागि। उसको हक, दाईलाई ढोकसम्म लाने अनी दाई भाउजुको बाटो छेकेर उपहार लिने। एकैछिन रमाइलो भयो, negotiation पनि भयो। आखिर सुनको हारमा दाई बहिनीको कुरा मिल्यो र सबैजना भित्र पसे। पहिले सासु बुहारीको मात्रै काम हुन्छ रे, मानापाथी भराउने रे, अरु पनि के के गर्ने रे। छोराको बिहेमा बुढोको काम नै हुँदैन रहेछ। सशुरो बन्यो, ज्ञानी भएर बस्यो। बरन्डामा आएर अर्को चुरोट सल्कायो। सात बर्ष पछी यो घरमा खुशी छाएको छ। बाजा बजिरहेको छ। अहिले पो ट्वाँ परेर बसेको छ त, बेलुकी देखी त नाती पनि मसँग खेल्ला। "नाती" उसलाई रमाइलो लाग्यो, आफु हजुरबुवा भएकोमा। नजानिदो पाराले आफ्नो हजुरबुवा र आफ्नो बाल्यकाल सम्झ्यो। सम्झनामा मुसुक्क हास्यो। अचानक भित्र बोलाए, सशुरा आउनुपर्यो रे, मुख हेर्न। हत्तपत्त चुरोट फ्याक्यो। खल्तीमा हात हालेर अशर्फी भए नभएको बिचार गर्यो। बुहारीको मुख अशर्फिले हेर्नै पर्यो। एक्ली बुहारी । भित्र गएर सोफामा बस्यो। छोरा बुहारी भुइमा बसेका थिए। छोराले खुट्टामा अनी बुहारीले भुइमा ढोगी। उसले खल्तीबाट अशर्फि झिक्यो र बुहारीको हातमा राखिदियो। उसकी श्रीमतीले बुहारीको घुम्टो उठाइदी। बुहारीको मुख हेर्या हेर्ऐ भयो उ। केही बोलेन। अनुहारबाट चमक हरायो उसको। बुहारी राम्री हो। नराम्री होइन। अरुहरुको मुख हेर्ने पालो रे। बुहारीलाई हेर्या हेर्ऐ गर्न भएन रे। उ उठ्यो। फेरी बरन्डामा आएर चुरोट सल्काउन खोज्यो। लाईटर बलेन। बरन्डाको कुर्सिमा बसेर फेरी बाल्न खोज्यो, बलेन। "इ हाम्रो नाती, हेरिश्यो त" श्रीमतीले नातिलाई डोर्याउदै लिएर आइ। उसले नातिलाई हेर्यो। नातिको टाउकोमा हात राखेर सुम्सुम्यायो र आफुतिर तान्यो। उ पसिनाले निथ्रुक्क भिजेको थियो। छ बर्ष पहिलेको आफ्नो गल्ती सम्झिएर घुटुक्क थुक निल्यो। उसको सेक्रेटेरी, अफिसमा, कोही थिएन, उमाथि राक्ष्यश चढेको थियो। त्यो भावनामा बगेको समय थियो। उसले अपराध गरेको त पछी मात्रै बुझ्यो, पछी, सर्वनाश भईसकेपछी। उसले माफि माग्यो। पैसा पनि दिन खोज्यो, तर उसले सजाय दिने कुरा गरी। चुप लागेर गई। धेरै दिनसम्म न उ अफिस आइ न पुलिस आयो। उसले त बिर्सिसकेको थियो। उसलाई के थाहा, सजायको नाममा त्यही केटी उसको बुहारी बनेर आउछे भनेर। अनी उसैको पापलाई नाती को नाम दिन्छे भनेर। "हेरिश्यो त, अनुहार पनि बाजेकै लिएर आएको रहेछ नातिले" उसको श्रीमती भन्दै थीइ। उसको होश हराउदै गैरहेको थियो। अचानक बिहे घरमा कोलाहल मच्चियो। उसको हर्ट फेल भईसकेको थियो। सबैजना रुदै थिए। घुम्टो भित्र नयाँ बुहारीको अनुहारमा आत्मसन्तोष अनी आँशु दुवै थियो। समाप्त
gurumama · May 15, 2009 6:27 AM · 29,284 views
"हेरिश्यो त, अनुहार पनि बाजेकै लिएर आएको रहेछ नातिले" उसको श्रीमती भन्दै थीइ। Kina namilnu ta .. ? Different taste. Nice Writing!
uncle tom · May 15, 2009 7:37 AM
Kasto ramro katha. Man paryo.
grgDai · May 15, 2009 7:52 AM
कडा, वाह, लाजवाब, अत्ती उत्तम, उत्कृष्ट लेखाइ। छोटो अनी सार्है मिठो। अन्त सम्म के हो के हो भनेर मन तानी राख्यो अनी एक्दम राम्रो अन्त। जय होस्!
perfectionist · May 15, 2009 8:24 AM
Nice story. I enjoyed it.
Sparty · May 15, 2009 8:27 AM
Great piece of work man! This is a proof how a short piece of work can be very memorable. Dharan
dharan · May 15, 2009 10:07 AM
Such a joke!
cardinal · May 15, 2009 12:46 PM
गुरुआमा लाई ज्यु त भन्न मिलेन। कथा राम्रो छ्। फुस्किन लागेको डोरी लाई मजाले जोड्नुभाको छ्। अन्त्य मजाको लाग्यो। लौ अब अरु पनि पढ्न पाइएला कि,दाइ,भाउजु आदी इत्यादी।
बिसà¥à¤Ÿà¥‡ · May 15, 2009 1:41 PM
uncle tom लाई धेरै धेरै धन्यवाद। यस्ता फरक स्वादका पारीकारहरु फेरी पनि पस्कने बाचा छ मेरो। grgDai लाई मुरी मुरी धन्यवाद मेरो हौसला बढाउनुभएकोमा। तपाईंलाई यो कथा मन परेकोमा म धेरै खुशी तथा उत्साहित भएको छु। perfectionist ज्यू, तपाईंलाई अन्त्यसम्म तान्न सफल भएछु। धन्यवाद छ तपाईंलाई आफ्नो मनको कुरा शब्द मार्फत ब्यक्त गर्नुभएको मा अनी मलाई अझै राम्रो काम गर्ने हौसला बढाइदिनु भएकोमा। धन्यवाद Sparty. dharan ज्यू, कती राम्रा शब्दहरुमा बयान गर्नु भएको हो। मिठा शब्दहरुले मलाई अझै बढी राम्रो गर्दै जाने responsibilities थपिदिनुभयो। अनुग्रहित भए। cardinal ज्यू सँग क्षमा चाहन्छु। यहाँलाई joke लागेछ। पूरा पढेर आफ्नो मनको भावना लेखी पठाउनुभएको मा उँहालाई पनि हृदयदेखिको धन्यवाद। बिस्टेज्यू, मूरी मूरी धन्यवाद। तपाईंहरुको यती राम्रो सहयोग तथा सद्भाव पाइयो, पक्कै पनि निकट भविश्यमा अरु पनि पढ्न पाउनु नै हुनेछ। पाठकहरुलाई मेरो अनुरोध छ। मन परे नपरेको कुरा तथा सुधार गर्नुपर्ने कुराहरु comment मार्फत ब्यक्त गर्नुहोला। यसले अती खुशी दिदोरहेछ सर्जकलाई। पढ्नुहुने सम्पूर्ण अरु पाठकहरुलाई पनि धन्यवाद दिदै भविश्यमा अझै राम्रो गरी यहाँहरुको मन जित्ने बाचा गर्दै बिदा।
gurumama · May 15, 2009 8:36 PM
Just Awesome!
silugadi · May 15, 2009 9:30 PM
Great writing skills. Great story.
gyanguru · May 16, 2009 2:21 AM
एका - एक नयाँ कथाकारहरुले नयाँ नयाँ कथाहरु टास्नु भएछ। आफुलाई त काम मै बिजी भाईराख्नु पर्ने ................... राम्रो कथा छ, साच्चिन कथाको अन्त्य राम्रो छ। अरु कथाहरुको आशामा। कालेदाइ
KAledai · May 17, 2009 8:50 AM
धन्यवाद सिलुगडी, ज्ञानगुरु तथा कालेदाइ, अत्यन्त उत्साहका साथ चाडै नै मेरो अर्को कथा टास्ने बाचा गर्छु। सम्पूर्ण पाठकहरुलाई फेरी पनि धन्यवाद।
gurumama · May 20, 2009 2:41 AM
मेरो कथा मन पराइदिनुहुने सम्पूर्ण साथीहरुलाई पुन: धन्यवाद दिंदै मेरो नयाँ कथा पढ्नको लागि http://www.sajha.com/sajha/htm... मा क्लिक गर्नुहुन हार्दिक अनुरोध छ।
gurumama · Jun 5, 2009 10:23 PM
Beauty of this story is that it is so strongly written short story, that it binds you till the climax.
miresh · Apr 24, 2010 7:39 PM
awesome bro...lekhdai garum!!
kanchho bhai · Apr 25, 2010 12:37 AM
Very interesting...enjoyed reading it...
lovenepalalways · Apr 25, 2010 1:46 AM
गुरुमामा जी......अन्त्य सम्म पनि के होल के होला भैरह्यो.....भरे के पो हुदो रैछ,.........वाह !!! क्या कथा छोटो तर पनि मज्जाको .......बिपी को बाबु,आमा र छोरा बाट प्रभावित हो ? <<<"हेरिश्यो त, अनुहार पनि बाजेकै लिएर आएको रहेछ नातिले">>>> -- किन नहोस त अनुहार बजेको जस्तो लोल - थाने
ThahaChaena · Jun 25, 2013 1:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion