नेपाली सेनापति प्रकरण भारतीय खेल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

'सेनापति प्रकरण भारतीय खेल’ कास पर्सा, प्रधानसेनापति प्रकरण भारतको संसदीय चुनाव र सत्ता समीकरणको खेलका कारण भएको सद्भावना पार्टी -आ.) की अध्यक्ष सरिता गिरीले बताएकी छन् । रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो धारणा व्यक्त गरेकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णय लोकतान्त्रिक रहेको जिकिर गर्दै प्रधानसेनापति रुक्मांगद कटवाल सेना एकीकरण र संघीयताविरोधी रहेको आरोप लगाइन् । उनले राष्ट्रपति डा.रामवरण यादवले नेपाली कांगे्रसको उक्साहटमा परी असंवैधानिक कदम चालेको आरोपसमेत लगाइन् । जुन दलले सरकार बनाउने स्पष्ट धारणा व्यक्त गर्छन्, उसैलाई सद्भावनाले समर्थन गर्ने बताउँदै गिरीले संविधान निर्माण समितिका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा संविधान निर्माण प्रक्रिया लम्बिन सक्ने बताइन् ।

maylumaya · May 12, 2009 9:23 PM · 5,313 views

1 Reply

यो सरिता गिरी भनेको त भालु हो नि साथीहो विश्वाश लाग्दैन भने खुरुक्क शेर बहादुर देउबा लाई सोध्नु होस्त ?

harculus · May 13, 2009 1:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all