सफल जिन्दगी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे " के छ काजी " सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? " "कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई " "ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ । " के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो "के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त " "केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? " म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे " यही सेप्टेम्बर ४ तारीक , केरेन सँग " को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे । च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् " हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि । मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे । फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? " उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो । सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले । आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................

बैरे · May 12, 2009 10:01 AM · 239,752 views

203 Replies · Showing 201 - 203
Page 11 of 11

वाह ! साझाको ढुकुटी खोतल्दै गर्दा क्या चम्किलो र ओजिलो कथा भेटें ...मन नै गार्डेन गार्डेन भो....  - थाहा छैन 

ThahaChaena · Dec 27, 2013 3:39 PM

थानेलाइ धन्यवादThe story is indeed a gem .

kalikopoi · Dec 27, 2013 11:07 PM

Enjoyed reading keep up writing.

intelligentguy · Dec 28, 2013 8:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all