म दीपेन्द्र वीर बिक्रम शाह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ma ta ko naya dependra ayecha bhankeo ta ट्वा. kabita kati lamo, katha ho ki kabita tara lamo chha. man choyo tara kabita ali mahabarat jasto bhayo k. (source- www.dautari.org )म दीपेन्द्र वीर बिक्रम शाह मृदुल अचानक आज राती मेरा राजकुमार आए आफुलाइ लागेको सवै कुरा मलाइ बताए भन्छन मैले नै मेरो परिवार मारें रे भन्छन आफै मेरा हजुर बुवा मरे रे त्यो कदापी होइन हुदै होइन यो त मति भ्रष्ट आफन्तकै खेल हो त्यस्मा छिमेकीको स्वार्थको मेल हो मेरा हजुर बुबा महेन्द्र सच्चा देश भक्त थिए। मित्र राष्ट चीनको अत्यन्त मित्र बन्दै गए। त्यो मित्रतालाइ देखी नसहने अर्को मित्रले एकाएक मेरो देशमा नंग्रा गाडन थाल्यो। राजसंस्थाको बिरुद्धमा नेता भाड्न थाल्यो। एक बिरो पानमा बिक्री हुने नेताहरु एकाएक प्रजातन्त्रबादी र गणतन्त्रबादी भए देशको अमुल्य सम्पदा सुम्पिदै गए। गान्धीका अबशेषहरुले घ्रृणीत खेल खेले नेपालीले असैहय दुख दर्द मात्र भुले मेरा हुजर बुबालाइ सिकार खेल्ने भने सुनौलीबाट हत्याराहरु चितावनमा हुले। काठमान्डौमा अशम्भव देखेर तराइमा झारे त्यही गोली हानी जंगल भित्र महेन्द्रलाइ मारे। घरकै दुष्टलाइ आफनो बहसमा पारे मुटुको ब्याथाले मरेको भनेर प्रचार प्रशार गरे त्यो होइन र का एजेन्टले मारेका थिए। नेपालको अस्तित्व संकटमा पारेका थिए। किनकी आफनो माटोमा आंच आउन दिएनन् सर्वभौकिताको रक्षा गर्ने स्वार्थमा बिकेनन् अनी मेरा बाबाले पनि त्यही स्वाभीमान अंगाले कालापानी र सूस्ताको बिरुद्धमा बोले। त्यही भएर मेरी आमालाइ पम्फा देवी बनाए हुने नहुने लान्छना लगाएर भ्रम सृजना गरे। एक कौडीका नेतलाइ प्रशिक्षण दिए रामराजा प्रशादलाइ बम बोकाएर आक्रमण गरे त्यति बेला देखी मेरा बाबालाइ मार्न खोजे किन कि बाबाले पनि चीनसंग समधुर सम्बन्ध बढाए। त्यही कारण आपसमा नेता लडाए । मलाइ थाहा छ हामीलाइ कस्ले मारेका त्यो बेलाको प्रधानमन्त्रिको अनुमति लिएर दरबारमा राती प्रवेश गरेका थिए। देशमा कालो माकुरको जालो बुने मेरा आफन्त भनाउदाले साथ दिए हत्याराहरु राती हेलिकप्टरमा आए मेरो मुहारसंग मिल्ने मुकुन्डो लगाए अनी पहिले मलाइ मेरो कोठामा मारे। अनी भटाभट मेरै परिवारलाइ मात्र छानी छानी मारे। कस्तो अचम्म म मरे पछि पनि मेरो परिवार मार्न सक्छु सव सरासर सनियोजित षडेन्त्र हो। हामी त सिद्धियौ हाम्रो राजसंस्था पनि सिद्धयो तर मलाइ पिर छ कतै देश पनि सिद्धिन्छ की भनेर किन की नेताहरु दरबार जानु भन्दा त आजकाल लैनचौर जान बढी रुचाउछन। स्वयत्त राज्यको माग गर्दै कुरिल्न्छन इसारामा दिमाग र मन पनि उतैबाट भरेर सदन पुग्छन। देशमा अस्थिरता भए पछि सिमा च्यापिदै आएकोछ। पुर्वको टिस्टा देखी पस्चिम किल्ला काकडा क्वाप्प खाएको स्याद अझै बाकी छ उस्मा नेताहरु दिल्ली ढौडनु त्यसैको पुर्व अभ्यास हो। सिक्किमीकरणको यो आन्तरिक सूरुयात हो। पिसाव फेर्दा पनि उसैलाइ सोध्न जान्छन राष्टियता त के होर जनता क ेहुन र यि चोर नेता भन्दा त मरिचमान देश भक्त हुन। छिमेकीले नुन तेल नदिदा पनी हार खाएनन। तर उसैको साहारामा पन्चायत पनी ढाले। खै त सुनौलो प्रजातन्त्र देशमा आएको शत्ताको खिचातानी र जनताको बिजोग हो मात्र जनयुद्ध आयो हतियार पठायो तर उसैका लठैतहरु जनयुद्ध लडेर हजारौ मारे देशमा शान्तीको लिलामी गरे। समभावनाका ढोकाहरु बन्द गरे। अनी हिमाल देखी नदी नाला लुम्बिनीका इतिहासिक इटाहरु चडाए बुद्धका अमुल्य सम्मपदा पनि चोर्न दिए तर दोस राजसंस्थालाइ लगाए किनकी बुद्धलाइ बिक्री गरे नेताले सम्मपदा बन्दगीमा राखे नेताले नेता र बेश्यको भर हुन्न भन्थे तर बेश्य भन्दा नेता मुन गद्धार भए हेर जनताहरु बिगतलाइ केलाउ भाइ भाइमा काटमार गराउने को हो निस्वार्थमा स्वार्थ मिलाउने पापी को हो चिन चाहे गान्धीका अनुयायी हुन। चाहे लेलिनका अनुयायी हन। चाहे माओका अनुयाही हुन यी सव देशको सर्वभौक्तिको बिला लागाउनेहरु मात्र हुन। अन्तमा जनतालाइ गुमराहमा पारी शहिद बनाउनेहरु हुन। अहिले देशले भोगेको संकट हुदा हेर त कस्को चलखेल बढेको छ। को उस्को भत्ता भएर को कुर्लेको छ। जाती जातीमा लडाउनेहरु पार्टी पार्टीमा फुटाउनेहरु यी कुतत्वले देश खाइ सके अरुले सवै सार पाइ सके ए जनता हो म मरे पनि हामी मरिए पनि र एतिहासिक राजसंस्था ओझेल परे पिन म अझै तिम्रै दिलको सिहांसनमा छु। तिमीले हामीलाइ माया गर या नगर तर यि दही चिउरेनेतालाइ चिन। सुन्दर भबिस्यको भागबन्डा लगाउनेलाइ चिन गुरु दक्षिणामा देश भेटि चढाएर दिल्लीलाइ काठमान्डौ सम्म झिकाउने छन। त्यतिखेर तिम्रो अस्तित्व थाहा हुन्छ। किन छिमेकीहरुलाइ कम्जोर बनाउदैछ। श्रीलंक्का युद्धको आगोमा जलेका छ। भुटान अपहरणमा परिसकेको छ। सिक्किम आफैमा गाभी सकेको छ। त्यही भएर नेताहरु को भर नपर आफनो देशको रक्षा आफैले गर यि गनतन्त्रबादीहरु पनि उसैको मानो खाएका छन यि प्रजातन्त्रबादीहरु पनि उसैको इसारामा नाच्छन। देश दशगजामा मिचिदै जंगे पिलरहरु हराउदाको पिंजडामा आर्तनाद गरि रहेको छ। देश बचाउ सान्ती स्थापना गर दक्षिणी सिमानामा आफै जंगे पिलर बन आफैले आफनो थैली बन्द गर आज कयौ देशबासी विस्तापित भए तर दक्षिणबाट आएर उनै स्थापित भए हामीले हाम्रो देश बचाउनु पर्छ हामीले हाम्रो अस्तित्व बचाउनु पर्छ नेताहरुलाइ खुलामन्चमा मुन्डयाउ म दीपेन्द्र वीर बिक्रम शाह फेरी आउने छ तिम्रो राजा हुन। कसैको दास हुनु भन्दा रैती हुनू जाती किनकी रैती हुदा देश पनी संगै हुन्छ। तर दास हुदा देशको इतिहास मात्र रहन्छ। Last edited: 12-May-09 07:18 AM

sanas · May 12, 2009 7:14 AM · 11,867 views

7 Replies

Sanas bro: Isn't it time to move on from stupid conspiracy theories?

newlynew · May 12, 2009 8:19 AM

http://www.youtube.com/watch?v...

raju161 · May 12, 2009 8:51 AM

कबिता राम्रो लेख्नु भयो। तर अतिबाद र मनोबादले भरिपूर्ण लाग्यो। महेन्द्रले इन्दिरा गाँधी संगको मिलेमतोमा जन निर्बाचित सरकार लाई राजाकिय कू गरेका थिए। सत्यलाई राम नाम सत्य गरी दिनु भो। जय होस् तपाईं को मनोबाद।

rahulvai · May 12, 2009 10:12 AM

सत्यलाई राम नाम सत्य गरी दिनु भो। " herda herdai  yesto yesto lekhne bhai sake budha pani. bhagyama ta lekherai lyaka raichau ni. aaiiiiiiiiiiiiiiiieeee NS

Narayangarh suburb · May 12, 2009 10:54 AM

ma mare pani mero desh bachi rahos - King Mahendra

raju161 · May 12, 2009 11:24 AM

कबिता राम्रो छ तर यथर्थ भन्दा अलिक टाढा होकी जस्तो पो लाग्यो हओ मित्र

harculus · May 12, 2009 2:51 PM

King Mahendra aile bhako bhaye dherai lai fu garthey, Mahendra marera ta yesto dukha desle payo. MAHENDRABAD JINDABAD!

kanchu! · May 12, 2009 4:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all