I wonder why nepali people are paying tax to maoists माओवादी पोस्न १ अर्ब ११ करोड राजिनामा दिएकै दिन २४ करोड किरण भण्डारी, काठमाडौं वैशाख २९ बजेट बिनियोजनको सर्वमान्य मान्यता संविधान कानूनको खिल्ली उडाउँदै अर्थ मन्त्रालयले चार महिनाको अवधिमा करिव १ अर्व ११ करोड रुपैयाँ मन्त्री बाबुराम भट्टराईको ठाडो तोक आदेशको भरमा वितरण गरेको छ। 'जनप्रतिनिधिले मात्र कर तोक्न र खर्च गर्न पाउने' विश्वव्यापी मान्यता तोड्दै माओवादी बोलवाला भएको उपभोक्ता समितिले जिविस मार्फत दिएको निवेदनको आधारमा मन्त्रालयले माघ फागुन चैत र वैशाखमा उक्त रकम बाँडेको हो। उपभोक्ता समितिले जिविस मार्फत दिएको निवेदनलाई आधार मानि उक्त अवधिमा अर्थले पचहत्तर जिल्लामा छ सय भन्दा बढि योजनालाई १ लाखदेखि १ करोड १ लाखसम्म दिएको छ । पुष्पकमल दहालले प्रधानमन्त्रीबाट राजिनामा दिएको दिन मात्र मन्त्रालयले हतार हतार २३ करोड रुपैयाँ भन्दा बढि वितरण गरेको छ । अर्थ स्रोतका अनुसार मन्त्री भट्टराईले २१ गते देशभरका २ सय ८ आठ साना योजनालाई उक्त रकम दिने निर्णय गरेपनि निर्णय मिति भने अघिल्लै दिनको राखिएको छ । ती योजना ३७ जिल्लामा छरिएका छन् । more at nagariknews.com
sYaKuuRiolAKU_nchImb · May 11, 2009 9:13 PM · 5,576 views
दलमाथि प्रतिबन्ध लगाउने होड शुक्रवार, 15 में 2009 19:15 माधव ढुङ्गेल, काठमाडौं जेठ २- एकीकृत नेकपा माओवादीले नयाँ बन्ने संविधानमा राजनैतिक दल खोल्न बन्देज लगाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ। nagariknews
sYaKuuRiolAKU_nchImb · May 15, 2009 11:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion