म प्रचन्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२ बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। १२-१५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु म त ।। कहिले भन्छु - कब्जा गर्छु, कहिले क्रान्ति गर्छु, जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।। जनतालाई सपना बाँड्न एक नम्बरको हिरो, त्यो सुद्ले कस्तो झपlर्यो भये म त जिरो ।। भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली, खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।। छाउरा-छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन, अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।। ७-८ महिना भाई सक्यो सत्तामा गाको पनि, उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।। बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु, दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।। संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन, कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।। सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो, समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।। अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो, लौन हजुर कसो गरुँ, पर्यो आपत सारो ????????????? 

blue_moon · May 11, 2009 6:58 PM · 18,365 views

7 Replies

wawawawa!!!!!

Bhaktaman · May 11, 2009 7:12 PM

Hey Bluemoon...you did a very good job buddy......is there any way to email this poem to that motheer fuucker prachande....I'll appreciate that....He deserves it..

sajha977 · May 11, 2009 7:37 PM

find a way to get it published in Nepali national newspapers, that should nail the modafugger

mandale murdabad · May 11, 2009 8:24 PM

chitta bujhyo ......liked it..

ocinboy · May 11, 2009 8:46 PM

राष्ट्रिय गान सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली सार्वभौम भई फैलिएका YCL र माओवादी । बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल जो कोहि वादी आए पनि भारतकै दलाल । कान्ति छैन शान्ति छैन अभावै छ केवल नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल । गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल प्रतिगामि राष्ट्र हाम्रो कठै विचरा नेपाल !!!

blue_moon · May 12, 2009 2:25 PM

राष्ट्रिय गान सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली सार्वभौम भई फैलिएका YCL र माओवादी । बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल जो कोहि वादी आए पनि भारतकै दलाल । कान्ति छैन शान्ति छैन अभावै छ केवल नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल । गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल प्रतिगामि राष्ट्र हाम्रो कठै विचरा नेपाल !!!

blue_moon · May 12, 2009 2:26 PM

म वै-स्याल क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम । कालो मोसो, पुत्ला दहन, लुट्पाट, हिम्सा मेरो काम ।। नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी, जनता मार्न न पाकोले हराइ सक्यो सुद्धी ।। सिबिरमा खेल्यो, बस्यो, खायो, काम केही छैन । बन्द, हड्ताल, जुलुस नगरि हुन्न मलाई चैन ।। शिक्षाक लाई कालो मोसो, हत्यारा लाई तक्मा । यही नै हो नयाँ नेपाल हाम्रो बिचारमा ।। जस्ले गर्छ हाम्रो बिरोध, खान्छ तातो गोली । सरकारले नि ठीक छ, ठीक छ भन्छ आज भोली ।। हाम्रा नेता कस्ता बाठा, कुरा मार्ने, मर्ने । देस नै आफ्नै हातमा छ अब भुत्रो कब्जा गर्ने ???? चन्दा बाट पैसा आउँछ, सरकार ले नि दिन्छ । २-४ बर्ष पछी त काठमाडौंमा घर नै किनिन्छ ।। क्रान्तिकारी कुरा गर्न आझै छोड्या छैन । बोलदैमा के जान्छ र ???? गर्नु पर्ने होइन ।। नेता जती बिदेस भर्मण, जाँड, रक्सीमा मस्त । आजलाई एती नै भो बिदा माग्छु हवस त ।।

sYaKuuRiolAKU_nchImb · May 12, 2009 9:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all