जब नेपाली नेपालमै पराइ हुन्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतको पहलमा भनिएको १२ बुँदे सहमतिको पहिलो शर्त नागरीक बिधेयकले खासै फरक परेको छैन भन्नेहरुका लागि यसले पीडा नदेलान तर यसले स्वंय बास्तवीक नेपाली मधेशीहरुलाइ पनि रुवाएको छ। गिरीजा र माकुनेको त के कुरा गर्ने ? समय बर्बाद,  तर बिदेशी संग झुक्दै नझुक्ने भन्ने आजकाले प्रचण्डको गर्जन त्यतिबेला लुते कुकुरको भ्याउ भ्याउ बाहेक केही रहेन छ भन्ने सिद्द हुन्छ । आफ्नो रहेन आफ्नै ठाउँ सुरक्षित भविष्यको खोजीमा सुस्त-सुस्त बसाइँ सर्दैछन्, पहाडी समुदाय सन्तोष आचार्य/भैरहवा कुनैबेला बर्माबाट विस्थापित भई नेपाल फर्किएका बुद्घपि्रसाद पोखरेलको रोज्जा ठाउँ भएको थियो, रूपन्देहीको दयानगर गाविसमा पर्ने छपिया गाउँ । उनका छोराछोरी, नातिनातिना यहीँ जन्मिए, हुर्किए । तर, यस थातथलोबाट फेर िसपरविार विस्थापित भएर कता पुग्नुपर्ने हो भन्ने चिन्ताले पिरोल्न थालेको छ अहिले, उनलाई । कारण, तराईको हिंसा र आतंकले सिर्जना गरेको त्रासबाट रैथाने समुदायको बसोबासमा आएको अस्थिरता । शान्तिका दूत गौतम बुद्घको जन्मथलो लुम्बिनीको पश्चिममा तौलिहवा र पूर्वमा परासीको बीचमा छ, रूपन्देही जिल्ला । तराईका यी तीनै जिल्लामा अहिले च्याउझैँ पलाएका सशस्त्र समूहको आतंक फैलिएको छ, जुन सोझै पहाडी समुदायतिर लक्षित छ । सीमापार ि-उत्तरप्रदेश)बाट नियोजित रूपमै पहाडी बस्तीमा आक्रमण गर्न आउने डाँकाका कारण यी जिल्लाका भित्री गाउँहरू निकै असुरक्षित बनेका छन् । यहाँका बासिन्दा कि सुतुरमुर्गझैँ बालुवामा टाउको लुकाएर सुरक्षित महसुस गर्ने कि त लाखौँ जेथा कौडीको भाउमा फालेर काठमाडौँ वा नजिकैका पहाडीबहुल क्षेत्रमा बसाइँ सर्न बाध्य छन् । २४ घन्टे त्रासमा बसिरहेका परासीबजारका बोर्डिङ् स्कुल सञ्चालक विनोद कुँवर यहीँ जन्मेहुर्केका हुन् । आफ्नो थातथलोमा पनि पूर्वी तराईको आतंकको राजनीति आइपुगेपछि उनी न मरी जानु न गरी खानुको अवस्थामा छन् । भन्छन्, "हामी खतरनाक परििस्थतिमा छौँ । तर, मरब त यही, जिअब त यही, यहाँ से कही नही जाअब -मर्छु यहीँ, बाँच्छु यहीँ, यहाँबाट कहीँ जाँदिनँ) ।" यहाँदेखि अलि पर रूपन्देही जिल्लाको धकधही गाउँका ओमप्रसाद भट्टराईले भने कुँवरले जस्तो मन बाँध्न सकेनन् । सिमानापारबिाट आएका भारतीय गिरोहले उनको घरमा डकैती गरेपछि उनी पूर्व-पश्चिम राजमार्ग छेउमा बसाइँ सरे । भट्टराईका अनुसार, त्यस रात डाँकाहरूले उनको सम्पत्ति मात्र लगेनन्ा्, छोरी र भतिजीमाथि दुव्र्यवहार पनि भयो । डाँकाहरूको उक्त समूह केवल डकैतीका लागि मात्र आएका थिएनन् । उनीहरूको व्यवहार साम्प्रदायिक दंगा भड्काएर पहाडी समुदायलाई विस्थापित गराउने उद्देश्यबाट प्रेरति थियो । भट्टराई सम्झन्छन्, "उनीहरूले यो ठाउँ छोडेर पहाड जा, नत्र अर्कोपटक आएर टाउको काट्छौँ भने बारम्बार ।" पहिचानसहितको समावेशी अधिकारको मागबाट प्रारम्भ भएको मधेस आन्दोलनको उपलब्धि मूल्यांकन गर्ने बेला भएको छैन होला, सायद । तर, यसअघि नै पुस्तौँदेखिको आफ्नो थातबासबाट विस्थापित गराउन थालिसकेको छ, पहाडी समुदायलाई । यी तीनै जिल्लाका पहाडी समुदाय भौतिक असुरक्षाको मानसिक जाँतोमा निर्मम ढंगले पिसिन बाध्य भएका छन् । यी जिल्लाका खासगरी पातलो बस्ती भएका क्षेत्रका पहाडीहरू वषौर्ं पुरानो घरबार छाडेर पहाडीबहुल उत्तरतिर सर्दैछन्, विस्तारैविस्तारै । तर, यसको अर्थ सदरमुकामले शान्तिको श्वास फेररिहेको छ भन्ने होइन । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाकै कुरा गरौँ । यहाँका पहाडी समुदायका कोही बसाइँ सरिसके । कोही सर्ने तयारीमा छन् भने कोही इन्तु न चिन्तुको स्थितिमा छन् । जस्तो, कपिलवस्तु नगरपालिका-५, सागर टोलका आठ घर पहाडी परविार बुटवल र गैँडाकोट बसाइँ सरे । उनीहरूमध्ये केही बसाइँ सरसिकेपछि जायजेथा बिक्रीका लागि ग्राहक खोज्दै हिँडेका छन् । १० लाखभन्दा बढी पर्ने जग्गा साढे छ लाखमा छाडेर नवलपरासीको गैँडाकोट बासखोर बसाइँ सरेका लोकनाथ पौडेललाई भने अहिले आनन्द भएको छ । रूपन्देहीको कोटिहवाबाट व्यापार गर्न पाँच वर्षअघि तौलिहवा आएका मनहर िबस्याललाई भने त्यहाँ बनाएको घर घाँडो भएको छ । रातदिनको असुरक्षाकै कारण एक वर्षअघि तौलिहवाबाट बुटवल बसाइँ सरेका बस्याल घर किन्ने ग्राहकको खोजीमा छन् । बस्यालजस्तै तौलिहवाका करबि ३० घर पहाडी समुदाय आफ्नो जायजेथा सके बेचेर नसके भाडामा दिएर बुटवलतिर लाग्ने तयारीमा छन् । अर्घाखाँचीको ढाडमैदान गाविसबाट २०४२ सालमा कपिलवस्तुको वरकलपुर बसाइँ सरेका शिवराज घिमिरे ०६४ भदौमा मधेसी-पहाडी-मुुसलमानबीच हिंसात्मक झडप भएपछि शंकरनगर सरे । भन्छन्, "भएका गरगहना र पैसा लुटेर घरै जलाइदिए, मान्छे भने भागेर बाँचियो ।" दक्षिणतिरबाट नेपाल छिरेर मधेसी-पहाडी समुदायबीच वैमनस्यता घोल्ने तत्त्वहरूसँग मुकाबिला गर्न नसक्ने स्थिति देखेपछि तीन बिघा खेत र एकतले पक्की घर त्यसै छाडेर हिँड्नुपर्दाको पीडा उनको मनमा छ । होइन भने १२ वर्षसम्म स्थानीय मधेसी समुदायसित उठबस गर्दा उनले आत्मीयता नै अनुभव गरेका थिए । तर, पछिल्लो समयमा चकलेट बाँडेजसरी नागरकिता बाँडिएपछि गाउँमा नयाँनयाँ मान्छेहरू देखा पर्न थाले । त्यहीँबाट सुरु भयो, साम्प्रदायिक सद्भाव बिगार्ने खेल । गत वर्ष पनि खासमा के भएको हो, घिमिरेलाई थाहा भएन । तर, पहाडीहरूसमेतले गाउँ छोड्न धम्काउन थालेपछि सुरक्षित ठाउँ खोज्न बाध्य भएको तीतो अनुभव उनी सुनाउँछन् । गत वर्षको असोजमा शंकरनगर-३ मा जसोतसो घडेरी किनेका घिमिरे अहिले तीनकोठे घर बनाएर चार छोराछोरी र श्रीमतीसहित बसेका छन् । कपिलवस्तुको हिंसा अहिले विगतको त्रासदी भएको जस्तो देखिन्छ । विस्थापितहरू गाउँ फर्केका पनि छन् । तर पनि, उनी केही वर्ष वरकलपुर र्फकने पक्षमा छैनन् । भन्छन्, "सबैभन्दा ठूलो ज्यान हो, बरु जेजस्तो पर्छ, यतै बस्छु, यहाँ ढुक्कसँग निदाउन त पाइन्छ ।" कपिलवस्तुको हिंसात्मक घटनापछि वरकलपुर, गजेहडा, चन्द्रौटा, देवीपुरलगायतका एक दर्जनभन्दा बढी गाउँबाट पहाडी समुदायका हजारौँ मानिस विस्थापित भएका थिए । तीमध्ये धेरैजसो रूपन्देहीको शंकरनगरमा छन् । विस्थापितहरूले बुटवलको देवीनगर, मणिग्राम र मंगलापुर क्षेत्रमा पनि उल्लेख्य मात्रामा घडेरी किनेर घर बनाउँदैछन् । उनीहरू पहिलाको थातथलोमा र्फकने मनस्थितिमा देखिन्नन् । यसको एउटै कारण हो, फेर िकुनबेला साम्प्रदायिक सद्भाव बिथोलिने हो भन्ने डर ।उता बेथरी, छपिया, बगाहा, वसन्तपुर, अमुवा, भगवानपुर, लुम्बिनी आदर्श गाविसका पहाडी बासिन्दाहरू पनि उत्तिकै असुरक्षित ठानिरहेका छन् । यस क्षेत्रका पनि अधिकांश बसाइँ सरसिकेका छन् । त्यसमध्येका एक नारायणप्रसाद पाण्डे हुन्, जो मधेस आन्दोलनका बेला गत वर्ष मणिग्रामको मणि कलोनीमा बसाइँ सरे । पाण्डे ०३८ सालमा गुल्मीको खज्र्याङबाट बसाइँ सरेर रूपन्देहीको छपिया झरेका थिए । त्यहाँबाट आपत्कालमा पलायन भएका उनी झन्डै एक वर्ष बहालमा बसे । अहिले सरसापट गरेर जेनतेन चारकोठे घर बनाउँदैछन्, मणि कलोनीमा । भन्छन्, "पहाडको सबै सम्पत्ति बेचेर छपियामा चार बिघा खेत र दुईतले घर किनियो, जुन अहिले लथालिंग छ ।" पश्चिम पहाडमा माओवादी द्वन्द्व चर्केपछि पश्चिमाञ्चलको मुख्य व्यापारकि नाका बुटवलमा विस्थापित भई आउनेको संख्या ह्वात्त बढेको थियो । शान्ति प्रक्रिया सुरु भएलगत्तैको साम्प्रदायिक हिंसा र मधेस आन्दोलनले रूपन्देहीका बुटवल नगरपालिका, शंकरनगर, आनन्दवन, मंगलापुरलगायतका गाविसमा जनसंख्याको चाप उच्च भएको छ । मधेसी वा मुसलमान बहुल गाउँका विस्थापित नभएका पहाडीहरूले पनि आसन्न संकटकै कारण यी ठाउँहरूमा घडेरी किन्ने प्रवृत्ति बढेको छ । यो क्रम यति बढेको छ कि यहाँका खेतीयोग्य जमिन घरले ढाक्न थालेको छ । जग्गाको भाउ पनि असामान्य ढंगले अकासिएको छ । धान, गहुँ र तरकारी खेतीमा प्रसिद्ध शंकरनगरमा अहिले घरबाहेक केही देखिँदैन । गाविस सचिव बाबुराम अर्याल शंकरनगरमा दुई वर्षयता बसाइँसराइ थामीनसक्नु भएको बताउँछन् । भन्छन्, "एकै दिनमा ३० जनासम्म जग्गाको चौकिल्ला बनाउन आउँछन् । अब त दुई कट्ठा जग्गा पाउनसमेत मुस्किल छ ।" श्ंाकरनगरका पुराना बासिन्दासमेत रहेका सचिव अर्यालका अनुसार कपिलवस्तु घटना र मधेस आन्दोलनपछि मानिसहरूले शंकरनगरलाई सुरक्षित ठाउँ मानेकाले यो स्थिति आएको हो । मणिग्राममा जग्गाको काम गर्ने योगीकुटीका मोतीलाल भण्डारी तराईका भित्री गाउँहरूबाट सुरक्षित स्थान खोज्दै आउनेहरूको संख्या पनि ठूलो छ । पहाडी र मधेसी समुदायबीच फाटो ल्याउने अवाञ्छित तत्त्व सक्रिय हुन थालेपछि स्थिति असहज भएको बताउँछन्, दयानगर गाविस, छपियाका हर िपोखरेल । जे पर्ला-पर्ला भनेर अहिले परविारसहित छपियामै बसिरहेका उनले स्पष्ट धारणा बनाउन भने सकेका छैनन् । छपियामा स्कुल जाँदा-आउँदा छोराछोरी अपहरणमा पर्ने डरले २४सै घन्टा उनको मन पोलिरहेको हुन्छ । 'बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ' भन्ने जेबी टुहुरेको गीत अहिले यहाँ ठ्याक्कै मेल खान्छ । गाउँबाट बसाइँ सर्न थालेपछि स्थानीय मधेसी समुदाय वषौर्ंवर्षदेखिको पहाडियाहरूसँगको आत्मीय सम्बन्ध सम्झँदै आँखा भिजाउन बाध्य छन् । जस्तो कि रूपन्देहीस्थित मर्चवारका हनुमान कुर्मी भन्छन्, "हाम्राे सम्बन्धमा जहर भर्ने काम भयो ।" थाहा छैन, विषको यो असरले कति बेलासम्म काम गर्ने हो । साथमा, मनोज पौडेल/कपिलवस्तु र अमृता अनमोल/बुटवल Last edited: 11-May-09 04:05 AM

MR_TRUTH · May 11, 2009 3:59 AM · 18,805 views

3 Replies

So Sad!! आफ्नो रहेन आफ्नै ठाउँ the title tells all..

Dhurmus · May 11, 2009 8:03 AM

what is the source. you have to specify where you copied from.   Touching story.

PeaceSoul · May 11, 2009 2:04 PM

It's from Nepal magazine! .... Hami afno thau ma birano matra bhayeko hoina ashurichhit pani bhayeka chhau! ... Thaha chhaina kun bela kun party ko manchhe le opposite party ko manchhe bhanera marne hun! The source of above's article is http://www.kantipuronline.com/...  

Aloneguy27 · May 11, 2009 2:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all