विश्वमा सबैभन्दा बढी सुत्ने र खानामा समय बिताउने कुन देशका मानिसहरु होलान? यसो सुन्दा अचम्मको लाग्ने प्रश्नको उत्तर दिन गार्हो पर्छ। Organisation for Economic Cooperation and Development (OECD) ले हालै अनुषन्धान गरेर प्रकाशित गरेको रिपोर्ट अनुसार विश्वका धनी राष्ट्रहरु मध्ये फ्रान्सेलीहरुले सुत्न र खानमा सबै भन्दा बढी समय खर्चिने गर्दछन। रिपोर्टमा जनाईए अनुसार फ्रान्सेलीहरुले दैनिक औषतमा ९ घण्टा सुत्नमा र २ घण्टा भन्दा बढी समय खानमा लगाउछन। यो सुत्ने समय भने जापनिज र कोरियन मानिसहरुको भन्दा लगभग एक घण्टाले बढी हो भने खाने समय मेक्सिकनहरुको भन्दा करीब दोब्बर बढी समय हो। सुत्ने मामलामा जापनिजहरुले अली कम समय दिने भए पनी लगभग २ घण्टा नै खानमा दैनिक खर्चिने गरेको पनी रिपोर्टमा उल्लेख गरीएको छ। "जापानमा फुर्सदको समय टेलिभिजन हेरेर र रेडियो सुनेर बिताउनेहरु बढी छन जसले गर्दा सुत्ने समय अली कम भएको हो" रिपोर्टमा जनाईएको छ। तर टर्कीका अधिकांश मानिसहरुले भने फुर्सदको समयमा साथीहरु लाई मनोरञ्जन प्रदान गर्ने गर्दछन।
aficionado · May 11, 2009 3:08 AM · 12,871 views
lol...i shud have been a french...:D
oblivious · May 11, 2009 9:27 AM
arko naya anusandhan le k dekhayeko chha bhanda bigat 18 barsa dekhi nepali haru aandolan ma samay bitaune gareka chhan.dainik sardar 6 ghanta aandolan ra 3 ghanta tire balnama bitaune gareko aanusandhan le dekhayeko chha.
à¤à¤°à¤¿à¤¯à¤¾ · May 11, 2009 10:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion