Hey we need to track down who this Chaman Ghale 'Pidit' guy is and award him with the title of Poet Laureate of Nepal. Why? Go to: http://tr.im/kYAG to find out. Last edited: 10-May-09 04:37 PM
nepalinuk · May 10, 2009 12:16 PM · 14,076 views
दिक्क लाग्छ यि गधाहरुको ताल देखेर… - चमन घले ‘पिडीत’ By nepali on May 9, 2009 नागर्जुनमा बाउ मुसु मुसु हाँस्दो हो सिङ्गापुरमा छोरो उफ्रि-उफ्रि नाँच्दो हो खुसी हुँदै यि गधाहरुको ताल देखेर राष्ट्रपती जिद्दी उस्तै ट्वाके परेछन् प्रचण्ड त झन् सोरैआना ख्वाके छदैछन् दिक्क लाग्छ यि गधाहरुको ताल देखेर उता गिरीजालाई के गरुँ के गरुँ भैसक्यो शेरु त्यसै भक्-भक्-भक्-भक्-भक्भक्यो चुनावहरुवा माकुनेको मुख्मा र्र्याल आइसक्यो फोरमले झन्डै सित्तैमा गिफ्ट ह्याम्पर पाइसक्यो सिंहदरवार भित्रको खाली कुर्ची देखेर उफ्! दिक्क लाग्छ यि गधाहरुको ताल देखेर… स्याऊ र केरा जस्ता नेताको निती देखेर टायरको हाँडी काठमाण्डु सिटी देखेर… नेताहरुमा ठप्पै नभाको युनिटी देखेर… - चमन घले ‘पिडीत’
saagrasisnu · May 10, 2009 12:29 PM
haha... टायरको हाँडी काठमाण्डु सिटी rey... haha
Khairey · May 10, 2009 1:30 PM
सिपाही लाई हटाइ छड्छु भनी चोर रन्केछ यो सुनेर माथि को टाउके चोर माथिनै झन्केछ प्राइभेट भाषाण पब्लिक टि भि मा घँकेछ यसै कारण शहर को गल्ली गल्लिमा आगो दन्केछ खुल्ला गधी (प्र म को कुर्सी) देखी पछी गधा (नेताहरु)को माल ठन् ।।।।।।।।।।।।।।(खली ठाउँ भर)
chilime · May 10, 2009 11:42 PM
Haha... शेरु त्यसै भक्-भक्-भक्-भक्-भक्भक्यो... funny... चमन घले ‘पिडीत’ ji... and all other humor writers... keep going... fun to read these type of posts... sajha nowadays seems to be 'sabaiko Nepal politics baare riis pokhne bhaada...'
hit.the.hot · May 11, 2009 12:43 AM
Good One
Poon-Hill · May 11, 2009 10:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion