"शिव to Mr. Sam"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"शिव to Mr. Sam" जन्म स्थान हेटौंडा नेपाल। हाल Lower Manhattan, New York. पेशा Taxi चालक। नाम शिव स्वामी अच्चम त अबस्य लाग्यो होला स्वामी के थर हो भनेर। वास्तबमा मेरो बुवा हेटौंडा को स्थानिय साहित्यकार हुन र अध्यापक पनि हुन। सबै ले स्वामी सरको  छोरा भन्दा भन्दै मेरो नाम शिव स्वामी रहन गयो। स्कूल कलेज पढ्दा मेरो नाम चर्चित हिन्दी फिल्मी उपनाम स्वामी दादा थियो नहोश पनि किन एक क्लास देखी कलेज पढ्दा सम्म कि आफ्नो कि अरुको टाउको नफुटेको दिन नै हुन्थेन। केलाएरै हेर्ने हो भने मेरो टाउको मा विश्व मानचित्र नै भेटिन्छ। नाम कै कुरा गर्ने हो भनेत मान्छे को जीवन मा धेरै नामहरु हुन्छन; न्वारन को नाम, घरमा बोलाउने नाम, साथी हरुले रखेका नाम। स्कुल र कलेज का नाम, प्रियतमाले बोलाउने नाम। ति धेरै नामहरु मध्य एउटै नाम मेरो जीवन को तितो मिठो सत्य बनेर रहेको छ त्यो नाम हो "SAM"।  मेरो कथाको पहिलो अध्याय सुरु हुन्छ हेटौंडा नेपाल बाट अनी मेरो शिव देखी "SAM" को यात्रा पनि।  २०५७ साल तिर को कुराहो। म कलेज सकेर कामको खोजिमा थिए। बुवा आमा ले Computer सिक्न जा जा भनेर धेरैनै जोड गरे। बुवाको एकजना विद्यार्थी ले चोकमा computer institute खोलेको रहेछ। आफु पनि काम पाइएलाकी भनेर computer सिक्न गईयो। त्यही साथीहरु को लहै लहै मा लागेर अमेरिका जाने DV चिठ्ठा पनि भरे, तर पाउने आशा त एक रत्ती पनि थिएन। मन मनै रु ५० को चुना लाग्यो भन्ठाने जिन्दगी मा आज सम्म कुनै चिठ्ठा नपरेको यो पापी खप्पर मा के खाएर चिठ्ठा पर्थ्यो र त्यो पनि चानचुन होर अमेरिका जाने। अरु केटाहरु ले त चिठ्ठा परोस भनेर भुटनदेवी गै धुप्बत्ती धरी बाले। आफु लाई त रु १ को पनि चिठ्ठा कहिले परेको थिएन। चाउ चाउ मा धरी "मा" र "यो" पर्ने "ज" कहिले नपर्ने, "हामी" "सबैको" पर्ने "वाइ वाइ" कहिले नपर्ने, बल्ल बल्ल कोका कोला मा रु १० पारीको थियो त्यो पनि भकुन्डे साहुले भाई scheme त हिजै सक्यो भनेर दिदै दिएनन। हुनत भकुन्डे को छोरी च्वाँक नभएको भए त लिन मैले नि जान्या थिए तर छोरी को कारण केही गरिएन। दुई तीन महिना पछि computer क्लास पनि सकियो, कृष्ण दाई को किच किच पनि, अनि खोला पारी को मैया सँग को भेटघाट पनि सकियो। जिन्दगी मा बल्ल बल्ल एक जना मैया सँग माया प्रिती को कुरोकनी चल्याथियो त्यो पनि छुट्यो। खोला पारी जाउ भने मैयाका दाइहरु खुकुरी मा धार लाउदै बस्याथे होलन। ज्ञाने को हाथ भाच्या देखी हामीलाई पारी जान प्रबेश निशेध थियो। computer सकिए पछी सारा नेपाली युव झै आफुले पनि एउटा काम पाइयो जागिर खोजने। जागिर खाज्ने क्रम्मा कान्तिपुर र गोरख पत्र को सबै रोज्गारी को कुनै अबसर छोडिएन। दुई तीन महिनमा भित्र मकवानपुर हुलाक र दुर संचार ले सबै भन्दा बडी शुल्क तिर्नेमा नाम दार्त भयो झन्डै तक्मा मात्र पाउन बाँकी थियो।  जेजती गरे पनि जागिर पाऊने कुनै छट्काट देख परेन। बुवा काठमाडौं जा जा भन्थे आमा नजाऊ भन्नु हुन्थियो। यस्तै यता ऊता चल्दै थियो। एक दिन घरमा बसेर Set Max बाट हिन्दी फिल्म हेर्दाइ थिए। computer institute बाट फोन आयो, पक्का नि किष्णे ले पैसा माग्न फोन गरेछ भन्ठाने। फोन उठाउन साथ "भाइ बियर खाने हैन" भन्छ त। मन मनै किष्णे बहुलायो कि जस्तो लाग्यो। "किन र दाई" मैले अली गम्भिर भएर जवाफ दिए। "तिमी लाई डि.भि चिठ्ठा परेको छ।" "जोक न गरौ न दाई" उत्तर नै नसुनी प्यच्च बोली हाले। अली अली संका अली अली बिस्वास् लाग्यो, तैनी के हो के "साच्चै हो institute आउन बसेर कुरो गरौ, हाम्रो थोरै हिसाब पनि बाँकी छ क्यार ।" हिसाब सुन्ना साथ भैहाल्छ नि भनेर हत्तपत्त फोन रखी हाले। अब त दोस्रो lot को आशा पनि जग्यो। मान्छे जात स्वार्थी नै त हो नि तेसै ले त दोस्रो  lot को लागि मा पनि दैनिक जस्तो भुटनदेवी जान थाले।  माता को आसिर्बाद ले हो या नियती को लेख हो दोस्रो चिठ्ठा पनि आयो। अब जने पनि पक्का पक्की भयो। भिशा पनि हाथ पर्‍यो। America जाने भईयो, मुख्य समस्या थियो पैसा को। एउटा शिक्षक को छोरा सँग तेत्रो पैसा कसरी आउछ। आफुले चिने जाने को सबै सँग पैसा मगियो। जीवन को मोड मा एस्तो छणहरु आउछन जस्ले मान्छे लाई आफन्त र पराइ को भेद गर्ने मौका दिन्छ, त्यो दिन मेरो जीवनमा पनि आयो। ज्यान नै दिन्छु भन्ने मित्र ले रु १ नदिएको पनि देख्नु पर्‍यो। अमेरिका को विसा लाग्ना साथ पैसा माग्ला भनेर उल्टो पैसा माग्ने आफन्त पनि चिनियो। आफ्नो जमिन गर गहना बेची पैसा दिने पराइ पनि भेटे। जाने बेला दुई दिन मात्र बाँकी थियो। घरमा सबै खुशी थिए बुवा भाई बहिनी आमा। आमा खुशी अबस्य हुनुहुन्थियो तर मन भित्र पिडा लुकाइ, आँखाका परेली भिजाइ मुस्कुराउन खुज्नु हुँदै थियो। त्यो दिन भन्दा अघी शायद मैले मेरी आमा लाई नजिक बाट चिनेको थीइन, उन्को माया लाई म बन्धन ठान्द थिए। आमा को बिशाल हृदय को कुनै कदर नै थिएन। त्यही कुराले मेरो मन पिरोली रहेको थियो , म आफ्नै सोचाइ प्रती घ्रिणा गर्ने थाले, बिछोड का ति पलहरुमा आँफै पनि आमासँग आँखा जुधाउन सकेकै थीइन।  आमा को हरेक हेराइमा मलाई रोकने कोशीश थियो, निशब्ध वाक्यंश हरुमा पनि मेरै नाम थिए अनी मलाई रोक्ने अथक प्रयासहरु थियो। अमेरिका तिर जानु एक दिन अघी म भुवनेशोर महादेवथान गए, जस्लाई स्थनिय ब्यक्तिहरु सानो पशुपती भन्नेगर्थे। मन्दिर को एक कुना मा गएर चुरोठ सल्काये। चुरोठ को धुँवा हावाको बेघसङै उडिरहेक थिए, अनी मेरो आँखा बाट अबिरल आसुँ खसी रहे। हावा को निएती नै उड्नु हो र पनि को नियती नै खस्नु हो, त्यो छण मेरो भावना मेरो हृदय पनि झै खसी रहेको थियो र मेरो आशा उमङ हावा झै उडी रहेक थिए। बडो अजिब छ यो हावा र पनि को सँगम, आसुँ र हासो को मिलन। मेरो मन दोवान मा ठिङ उभिएको चट्टान भएको थियो,जस्लाई दुई नदी को सँगम ले निरन्तर छिया छिया पारीरहेको हुन्छ, मेरो मुटु लाई पनि आसुँ र हासो को सँगम ले छिया छिया परेको थियो। परिवर्तन संसार को नियम हो। परिवर्तन आँफै बाहेक यो संसार मा सबै कुरा परिवर्तनशिल हुन्छ। मेरो जीवनमा आउन लगेको परिवर्तन ले मलाई कहाँ कहाँ डोरयाऊनेछ छ, मा आँफै लाई नि थाहा थिएन। बिदेशिनु साचैनै एउटा अध्यत्मिक, भौतिक र मान्सिक परिवर्तन हो। यो मेरो जीवनमा परिवर्तन को पहिलो खुँडकिलो थियो।  एउटा अल्लारे केटा, टोले दादा, असमजदार छोरा, उग्र ब्यक्ति बाट एक समाजदर र सम्बेदनशील ब्यक्ति मा परिवर्तन हुने क्रम को सुरुवत थियो।  यसरीनै बुवा आमा को सपना बोकी साथी भाई को माया सँगालेर, देश गाउ छोड्ने पिडालाई अत्मसाथ गर्दै बिदेशिने भए। अमेरिका आउनु अघी खोला पारी को मैया पनि भेट्न आएको थीइन। अमेरिका गएर मलाई नबिर्स्नु है भन्दै थिए। मुटु चुडियो तर यो मुटुत येसै गरी चुडिनु रहेछ धेरै धेरै पटक। क्रमश:                                       

amitraja · May 10, 2009 1:15 AM · 67,160 views

50 Replies · Showing 41 - 50
Page 3 of 3

sorry for posting this one so late. i was busy in my own stuff and personal problem..... Thanks all for reading धोती प्रसाद जि, कुन Mood मा राखेको थिए किन रखे याद भएन  Serial Its good when you read all at once. birkhe mailaa here goes another one Samea baji, life is always twisting and turning.

amitraja · Jun 13, 2009 12:46 AM

लेह! खै त गुरु? <<< "If you don't mind can I ask you why?" >>> यो खै त हाम्ले सुनेनम नि त, हाम्ले नि सुन्न पर्थ्यो नि हैन र? के भा रइछ भन्ने? भाको चाँही के हो? हामी नि जान्न उत्सुक छौं! यो भाग जतो ढिलो नगरनु होला। धन्यबाद

perfectionist · Jun 13, 2009 12:51 AM

"७"  मैले उस्लाई tissue दिये। मन त उस्को आँसु आफ्नै हाथले पूछ्ने थियो, तर कुन नाता ले, कुन आधार ले, म बिबश थिय। ऊ बथ्रूम तिर लागि। राजु भाई आफ्नो कोठा बाट निस्कियो। राजु ले सबै कुरा सुनेछ ऊ पनि आना लाई २-४ दिन राख्न तयार भयो। आना बथ्रूम बाट निस्की र आफ्नो सामान मिलाउन थालि। मैले आना लाई अर्को ब्यबस्था नहुन्जेल हामी सँगै बस्न आग्रह गरे। पहिले त मानिन्, घर भाडा दिने सर्त मा बल्ल बल्ल मेरो पस्ताब स्वीकार गरी। म उस्लाई २-४ दिन मात्र होइन जीवन भर सँसँगैगइ राख्न चाहन्थे सधैं सधैं लाई।       म घर बाट हर्षित भएर निस्के तर कता कता आना को जीवन कथा सुनेर मन भित्र खल्लो पन को अनुभब भाईरहे को थियो। गाडी workshop मा लिएर गए। गाडी बन्न ३ घण्टा लग्ने भयो, नजिकै को कफि सप बाट कफि लिएर चुरोट सल्काउदै, आना ले भनेको कुरा सम्झिने थाले। हिजो राती परेको हिँऊ ले बाटो हिलाम्ये थियो, तर पत्झड को सुख्खा हांगालाई नयाँ रुप दिएको थियो। म जीवन र हिँऊ को प्रकृति तुलना गर्ने थाले। दुबइ को प्रकृति एक्कै किसिम को हुन्छ, Dual Personality. बहिर बाट हेर्दा सुन्दर भित्र बाट कुरुप। हिँऊ आकाश बाट झर्दा मन्नै रोमान्चित पार्छ, तर कठोर् मुटु कमाउने जाडो मा मात्र पर्छ, बेइमान। देख्दा कति सुन्दर हुन्छ, स्पर्श गर्दा आत्याधिक चिसो हुन्छ। मानब जीवन पनि यस्तैनै हुन्छ। जीवन पनि बहिर बाट हेर्दा कति राम्रो, सुखी देखिन्छ तर केलाउदै जाने हो भने अत्यन्त दुख्दाइ हुन्छ। यो संसार मा को नै दु:ख रहित छन। आना को जीवन पनि कुनै फरक रहेन छ, ऊ जस्ति सुन्दर र सरल केटीको जीवनमा कल्पना नै गर्न न सकिने कति धेरै दु:ख कती धेरै असरलता।   फेरी अक्रो चुरोट सल्काए। आना को जीवन अबलोकन गर्न थाले। आना सानै हुँदा आफ्नो बुवा को माया बाट बन्चित भैइ। उस्को बुवा ले ऊ सानै छदा अर्की केटी सँग दोस्रो बिहे गरेर आना र आना को आमा लाई गरिबि को हालत मा छाडी गएको रहेछ। सानै देखी चित्रकला को सोखिन भएको ले आना को आमा ले ऊस्लाई चित्रकला सिकाउन स्कुल मा भर्ना गर्दिन। त्यहा आना को भेट एउटा प्रशिक्षक सँग भयो। बिस्तारै गुरु चेला को सम्बन्ध प्रेम्मा परिनत् भएछ। बिस्तारै भावनात्मक सम्बन्ध सारिरिक् सम्बन्ध मा बद्लदै गएछ र १५ बर्षाको कलिलो उमेर् मा नै आना गर्वबती भैइछ। आना कि आमा ले वाध्य भएर ति दुई को बिहे गरिदीइन। काँचो उमेर मा विवाह र बच्चा को जिम्मेवारि ले पढाई छोड्न बाधय भैइन्। समय बित्दै गएपछी त्यो केटा मा परिवर्तन आउन थालयो, तेस्को माया आना प्रति कम हुँदै गयो। सानो तिनो झगडा ले पनि बिशाल रुप लिने थालयो र एक दिन उस्ले आना लाई चटकै छोडेर हिंडेछ। आनाको छोरी अली ठुलो भये पछी राम्रो पैसा र शान्त जीवन को खोजी मा ऊ अमेरिका प्रस्थान गरिछ। सोच्दा सोच्दै च्वास्स चुरोट ले पोल्यो, हतपत आउँला मुख भित्र हाले।  गाडि बनाएर म कर्मछ्त्र तिर लागे। काम गर्न फिटिकै मन थिएन तर काम नगरि माम् पाईन्न, के गर्नु। मलाई आना सँग मात्र बस्न मन थियो।  ऊन्को कथा सुने पछी मलाई आना झनै मन पर्न थाल्यो, अझै बढि माया जागेर आयो। उन्को सबै कुरा मन पर्न थाल्यो, स्वरुप, स्वभाब, बोली, अनी उन्ले दिएको नयाँ नाम पनि। "Mr.Sam"      दुई चार दिन हुँदा हुँदै, आना हामी सँगै बसेको पनि धेरै भयो। दुई चार दिन बाट दुई चार हफ्ता, दुई चार हफ्ता बाट दुई चार महिना बितिसके को थियो। जाडो याम सकिएर बसन्त आयो, बसन्त सँगै मेरो जीवन मा पनि हरियाली छाएको थियो। दुई चार महिना मा म र आना बिच निकै नै घणिस्ठता बढेको थियो। जति समय बित्दै गयो हामी त्यती नै नजिकिदै गयौ। हाम्रो मित्रता बिस्तारै प्रेम मा पारीनात हुँदै थियो। प्रेम को आभास दुबइ ले पाएका थियौ, तर ब्यक्त गर्ने साहाश हामी दुबै मा भएन। म यो कुरा मा जोड गर्न पनि चाहनथिन, किनकि दुई चोटि टुटेको आना को हृदय का घाऊ अझै भरिन बाकिन नै थिए, म त्यो घाऊ मा आफ्नो प्रेम को भार थपी अरु चोट पुर्यौन चाहन्थिन। यो संसार मा सबै दु:ख पिडा समय ले निको हुन्छ, आना को दु:ख पनि समय ले अबस्य बिराम हुने छ भन्ने मलाई पूर्ण विश्वाश थियो। आना Hunter  कलेज मा पढद थीइ, बाँकी समय मा Manhattan को एक धनाड्य ब्यक्ति को घरमा baby-sitting गर्द थीइ। म पनि राती को काम छोडि day shift गर्न थाले। मेरो एक्लो जीवन मा परिवर्तन आएको थियो। म आफ्नो परिचय "SAM" को नाम ले गर्न थाले। आना का साथीहरु पनि मलाई "SAM" नै भनेर बोलाउथिए। म भित्र आमुल परिवर्तन आएको थियो, एक निरश, कठोर्, उदास "शिव" बाट रसिक, दयालु, खुशी "SAM" हुँदै गएको थिए। आमा सँग पनि हफ्तै पिछे कुरा गर्न थाले, आना को बारे मा सबै कुरा भनेको थिए। पहिले त त्यति खुशी हुनु भयेन तर मेरो खुशी को लागि केही बिरोध पनि गर्नु भएन। आउदो दसैं मा आना लाई लिएर नेपाल जाने सुर कसेको पनि थिए, तर यो भाग्यमा आरु नै केही लेखेको रहे छ के थाहा थियोर। समय यसनी नै बित्दै गयो।    मध्य जुन तिर Summer को छुट्टी भएको ले राजु आफ्नो दाई लाई भेट्न Ohio गएको थियो। शुक्रबार को राती काम बेसी हुने भये को ले, म घर अली ढिलो आएको थिए। आना अझै जागै रहिछ। ऊ लिविङ रूम मा बसी T.V हेर्दाइ थीइ। मलाई देखेर खुशी हुँदै भनि।  "I have made special dinner for you"  मैले पनि मौका छोपी जवाफ दिई हाले "My lucky day"  हामी दुबै एक अर्का लाई हेरेर हास्यौ। म बथ्रूम बाट निस्किन्दा ऊस्ले Candle बालेर Dinning table सजाएकी थीइ। म औधी खुशी भए, भगवान ले मेरो प्रथाना सुनेछन क्यार। सुन्दर केटी, मिठो खाना, खाली घर, अनी wine. यो भन्दा बढी के नै चाहिन्छ र।  क्रमस:   

amitraja · Jun 27, 2009 12:07 PM

Sounds ominous!  I smell sad ending!  I will be keep on reading!  Now her boy friend shows up?  He husband from Russia shows up?  Or is it her daughter comes looking for her mom?  Sorry for jumping to conclusion!

madhesi · Jun 27, 2009 6:15 PM

Story is getting more and more interesting.. But I smell a very sad ending too.. I believe there is a biggest twist ever in this dining hall.. Don't stop dai..

Hada · Jul 1, 2009 11:57 AM

kata gayeb shiva ji!

RUSTIC · Aug 12, 2009 6:00 PM

Hello Siva ji (oops Mr. Sam), please keep write regularly. We have to wait tooooooooooooo long for this episode. I used to visit sajha to see if you have added something.. and each time i was disappointed. Excellent writing, and plot. Keep going.  But a bit frequent please.

ANS · Aug 12, 2009 6:11 PM

dherai nai kuri sakiyo  launa chito lekhna paryo

thasikhelchok · Aug 12, 2009 8:40 PM

nice story bro,good to know u r hetaude.

babu24 · Aug 13, 2009 4:03 AM

लौ न नी, बर्बादी काम चाहीं नगर्नु होला है कृपया, अमित दाई।

kanchikancha · Aug 13, 2009 11:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all