बुभनेले कुरा नबुझेपछि शंकरबहादुर केसी विसं २००७ को आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको भारत प्रवासको विषयलाई लिएर अनेकथरी अडकलबाजी र हल्लाहरू चले । साथसाथै, १९९७ सालको घटनाको विषयलाई लिएर पनि त्रिभुवनलाई बदनाम गर्ने कोसिस भयो । कतिसम्म भने, शुक्रराज शास् त्री, गंगालाल, दशरथचन्द, धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य र रामहर िशर्मालाई सजायको फैसला सुनाउँदा त्रिभुवनको सल्लाह लिएको र उनको समर्थन रहेको हल्ला चलाइयो । त्रिभुवनले त उनीहरूले के अपराध गरेका छन् र यत्रो सजाय दिने भनेर जुद्धशमशेरका अगाडि प्रतिवाद गर्नुभएको थियो । तर, त्यसलाई गलत ढंगले प्रस् तुत गरयिो । कतिपयले त यसलाई पुस् तकमा पनि लिपिबद्ध गरे । यस प्रसंगमा राजा त्रिभुवनले साह्रै चित्त दुखाएको कुरा मसँगको हैदरावादको भेटमा उल्लेख गर्नुभएको थियो । ००६ सालको एउटा प्रसंग पनि यस् तै छ । इन्द्रजात्राका दिन राणाहरू हात्ती चढेर देश शयर गर्ने चलन थियो । र, त्यसैक्रममा उनीहरूमाथि गणेशमान सिंह, सुन्दरराज चालिसेलगायतको समूहले बम प्रहार गर्ने योजना बन्यो । तर, दुर्भाग्य उहाँहरू पक्राउ पर्नुभयो । पछि उहाँहरूलाई फाँसी दिने भनेर पञ्जाछापका निम्ति त्रिभुवनसमक्ष लैजाँदा उहाँले अस् वीकृत गरििदनुभयो । त्यहीबेला त्रिभुवनले मलाई भन्नुभएको थियो, "तिमीहरू पनि पक्राउ परेर मारनिुपर्ला भनेर मलाई खुबै चिन्ता लागिरहन्छ ।" कान्छा छोरा वसुन्धराको कुरामा राजा त्रिभुवन असाध्यै विश्वास गर्नुहुन्थ्यो । उहाँले नै १९९७ सालको घटनापछि फेर िगणेशमान सिंह, सुन्दरराज चालिसे, वद्रीविक्रम थापा र होमबहादुर देउजालगायतलाई फाँसी दिने हल्ला चलेको बताउनुभयो । फाँसीको कुरा सदर भयो भने मुलुकमा ठूलो संकट आउने र धान्नै नसकिने विपत्ति आइलाग्ने कुरा पनि वसुन्धराले त्रिभुवनलाई जानकारी गराउनुभयो । मैले बुझेसम्म त्रिभुवन छिटो भारत जानुमा जनता उत्तेजित भई जनजागरण र क्रान्तिका लागि वातावरण बनोस् भन्ने अभिप्राय लुकेको थियो । तर, त्यसको ठीक उल्टो ढंगले भारत पलायन भनी बद्ख्वाइँ गरयिो । पुराना कुराहरू सम्भिmँदा गणेशमान सिंहसँगको सन्दर्भ म भुल्न सक्दिनँ । उहाँले मलाई विश्वास गरेर जुन जिम्मेवारी दिनुभयो, त्यो बडो महत्त्वपूर्ण थियो । गणेशमानकै कारण मेरो पूर्णबहादुर एमएसँग सम्पर्क भयो । पार्टी कामकै सिलसिलामा मेरो भारत आउजाउ चलिरहन्थ्यो । ००५ सालतिरकै घटना हुनुपर्छ, रक्सौलबाट गणेशमानजीको पत्र लिएर म काठमाडौँ आउने निर्णय भयो । गणेशमानले भन्नुभयो, "यो चिट्ठी सुरक्षितसाथ काठमाडौँ पुर्याउनू र पूर्णबहादुर एमएलाई दिनू ।" हामी त्यहाँ आर्यसमाजको मन्दिरमा बसेका थियौँ । काठमाडौँतर्फ लाग्ने अघिल्लो दिन एक जना जुत्ता सिउने व्यक्तिलाई बोलाएर गणेशमानले भन्नुभयो, "यस औषधिमा कसैको आँखा पर्नु हुँदैन । यसलाई प्लास् िटकमा बेरेर जुत्ताको तलुवाभित्र राखी राम्रोसँग काँटी ठोकिदेऊ ।" त्यही जुत्ता लगाएर म काठमाडौँ आएँ । जब मैले त्यो चिट्ठी पूर्णबहादुरलाई सुम्पिएँ, हाम्रो राजनीतिक घनिष्टता बढ्न थाल्यो । ००७ सालको आन्दोलनको चर्चा गररिहँदा कमलपोखरीमा रहेको कपडा छाप्ने प्रभात कम्पनीलाई बिर्सिन मिल्दैन । भोजराज प्याकुरेल त्यसका सञ्चालक थिए । जब ००६ जेठ १९ गते काठमाडौँ उपत्यकाका विभिन्न स् थानमा पर्चा छर्नुपर्ने भयो, रातारात प्रभात कम्पनीमा नै लिथो गरेर आलुको छाप बनाई पर्चा तयार गरेका थियौँ । त्यसबखत सानै भए पनि सुन्दरराज चालिसेका छोरा सुरेशराज चालिसेले रातभर बसेर त्यस काममा सहयोग पुर्याए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुन्दरराजको परविारलाई बिर्सियो भने त्यो अधुरो हुन्छ । प्रभात कम्पनीका भोजराज मात्र होइन, उनका छोरा पुरुषोत्तम प्याकुरेलले पनि ००७ सालको आन्दोलनका क्रममा पुर्याएको योगदानलाई बिर्सिन मिल्दैन । राजनीतिका साथसाथै आर्थिक क्षेत्रमा पनि उनको उल्लेख्य योगदान रह्यो । प्रभात कम्पनी एक किसिमको राजनीतिक प्रशिक्षणको थलो पनि बनेको थियो । बद्रीविक्रम थापाजस् ता धेरैले सुन्दरराज चालिसेबाट त्यहीँ राजनीतिक प्रशिक्षण लिएका थिए । इमानदारीपूर्वक भन्ने हो भने पुराना धेरै कांग्रेस नेताहरूले त्यसलाई बिर्सिन सक्दैनन् । तर, अहिले त्यसको कुनै नामोनिसान छैन । जेठ १९ गतेको आन्दोलनका लागि मैले नै काठमाडौँ उपत्यकाका धेरै स् थानमा भाषण र पर्चा वितरणका लागि कार्यकर्ता खटाएको थिएँ । पक्राउ र धरपकड चर्कै भयो । त्यसका बाबजुद हाम्रो आन्दोलन सफल रह्यो । मैले इन्चार्ज भएर काम गरेको कुरालाई धर्मरत्न यमीले आफ्नो पुस् तक नेपालका कुरामा यसरी उल्लेख गर्नुभएको छ, "शंकरबहादुर केसी त्यसताका कोइराला ग्रुपका समर्थक भई काठमाडौँका प्रमुख कार्यकर्ता र हामीहरू पक्राउ परेपछि संगठनको इन्चार्ज भएर काम गरे ।" पुराना कुराहरू उल्लेख गररिहँदा धेरै मानिसमा अविश्वास पनि उत्पन्न हुन्छ । अहिलेको पुस् ता त्यस किसिमको आन्दोलनबाट बेखबर रहेकाले पनि त्यस् तो लाग्नु स् वाभाविक हो । तर, पुरानो पुस् ता पनि सही कुरा बताउन आनाकानी गररिहेको देख्दा मलाई अचम्म लाग्छ । सत्य कुरा लुकाउनु आवश्यक छैन । कमसे कम इतिहासका कुरा नढाँटीकन उल्लेख गरििदने हो भने आउँदो पुस् ता त्यसबाट लाभान्वित हुने थियो । मैले नेपालमा उल्लेख गरेका घटनालाई लिएर पनि धेरै मानिसहरूले मसँग जिज्ञासा राखे । मेरो उद्देश्य इतिहासको सत्यतथ्य बाहिर आओस् भन्ने मात्र थियो । घटनाक्रमहरू उल्लेख गर्ने क्रममा मैले आफूसँग जोडिएका प्रसंगहरू मात्र उल्लेख गरेको हुँ । खास व्यक्ति र घटनालाई भन्दा पनि ००७ सालको आन्दोलनकै सेरोफेरोलाई उल्लेख गर्ने मेरो ध्येय हो । किनभने, त्यसपछिका घटनाक्रमसँग अहिलेको पुस् ता पनि करबि करबि नजिक छ । तसर्थ, पुराना कुराहरू कोट्याउनुको उद्देश्य राजनीतिप्रति सबै मानिस एकै सोचले लाग्दैनन् भन्ने पनि हो । अहिले म सुन्छु, त्यसबेला राजनीतिमा लागेको पुस् ता अहिले बरोबर हन्डर र ठक्कर खाइरहेको छ । एकसरो कपडा र दुई छाकका निम्ति दरबान र कुल्ली काम गररिहेका छन् । आन्दोलनमा लागेकै कारण कतिपय मानिस हातमुख जोर्नबाट समेत विमुख छन् । कतिपयको अवस् था सुन्दा आँखा थाम्न सक्दिनँ । तर, के गर्ने ? बुझ्नेले कुरा नबुझेपछि...! प्रस् तुतिः ईश्वरी ज्ञवाली (सुन्दरराज चालिसे-सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठानको सहयोगमा)
MR_TRUTH · May 9, 2009 11:17 PM · 21,633 views
Nice historic artifact ! Generation-X of Nepal should know about this.
Java · May 10, 2009 8:00 AM
यहाँलाइ नेपालीमा Type गर्न सारै मन लाग्दो रैछ | अब ठाडै English बाट नेपालीमा Type गर्न यो Site use गर्नु hola | www.NepaliTransliteration.com
freedom_writer · Feb 9, 2010 10:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion