न्यूयोर्कमा साकेला साकेवा धुमधामकासाथ मनाउने तयारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा वस्ने किरात राईहरुले यसपाली पनि आफ्नो चाँड साकेला साकेवा न्यूयोर्क शहरमा धुमधामकासाथ मनाउने भएका छन् । किरात राई सोसाइटी अफ अमेरीका च्याप्टरको आयोजनामा मे महिनाको २३ तारिखमा विबिध संस्कृतिक कार्यक्रम सहित साकेला पर्व मनाउने कुरा सोसाइटीले बताएको छ । सो संस्थाका अनुसार यसपालीको साकेला पर्व पहिलेको भन्दा भिन्न र विशेष ढंगले मनाइने छ । यसका लागि सोसाइटीले मणि वाङ्देलको संयोजकत्वमा आयोजक समिति पनि गठन गरेको छ । अमेरीका एउटा विशाल देश भएको हुनाले विभिन्न राज्यमा छरिएर वसेका किरात राई सदस्यहरुलई एकै ठाउँमा जुटाउन सधै चुनौतिपूर्ण हुने गर्दछ । तरपनि अमेरीकामा रहेका अधिकांस किरात राई समुदाय आफ्नो साँस्कृतिक पर्वलाई विशेष महत्व दिएर एक ठाउँमा जुट्ने सकेसम्म प्रयास गर्ने गरेको पाइएको छ । सोसाइटीले हरेक वर्ष झै यो साकेला पर्वका लागि अमेरीकामा वस्ने सबै किरात राई समुदायलाई सहभागीताको लगि आग्रह गरेको छ । यसका साथै यसपालीको साकेला पर्वलाई विशेष आर्काषक बनाउन नेपालबाट कलाकार झिकाएर कार्यक्रम संचालन गर्ने सक्दो प्रयास भैरहेको कुरा संयोजक मणि वाङ्देल बताउनुहुन्छ । अमेरिकामा साकेला पर्व मनाउने परम्परा किरात राई सोसाइटी अफ अमेरीकाले सन २००३ साल देखि शुरु गरेको हो तर हालैका वर्षहरुमा यो संस्थाबाट अलगिएर अन्य संस्था पनि खोलिएको र यसले गर्दा अमेरीकामा वस्ने किरात राईहरुमा अन्यौलता ल्याएको कुरा सोसाइटीले जनाएको छ । from: nepalbritain.com

chhina · May 8, 2009 6:16 PM · 9,373 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all