धनगढी, बैशाख २३ (नागरिक)- एकिकृत नेकपा माओवादीले कैलालीमा राष्ट्रपति रामवरण यादवको कदमको समर्थन गर्नेलाई एक हप्ता भित्र घर छाड्न चेतावनी दिएको छ। कैलाली क्षेत्र नं ३ का इन्चार्ज ऋषीराज बिनाडीले प्रेस विज्ञप्ति जारी गरी त्यस्तो चेतावनी दिएका हुन्। उनले विज्ञप्तिमा राष्ट्रपतिको असंबैधानिक कदम र कटवालको वहालीको पक्षमा मत राख्ने राजनीतिक दल संघ संस्था सर्वसाधारणलाई एक हप्ता भित्र घर छाड्न भनेका छन्। 'देशमा भएको संबैधानिक कु को समर्थक राजनीतिक दल संघसंस्था र ब्यक्तिहरुले एकहप्ता भित्र घर छोड्नु होला है, नत्र भने पार्टीले गर्ने प्रतिरोधमा कारवाहीको भागिदार बन्न तयार हुनुहोला' बिज्ञप्तिमा उल्लेख गरिएको छ। दोलखामा पनि अनेरास्ववियु क्रान्तिकारीले वक्तव्य मार्फत राष्ट्रपतिको कदमलाई समर्थन गर्नेलाई गाउँ छोड्न अनुरोध गरेका छन्।
grishma · May 6, 2009 7:19 AM · 7,461 views
कस्तो डाँकाहरु रहेछन सालाहरु।
newlynew · May 6, 2009 7:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion