prachanda poem

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

·  म प्रचन्ड ·  १२ बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ , जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। ·  १२- १५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु म त ।। ·  कहिले भन्छु - कब्जा गर्छु , कहिले क्रान्ति गर्छु, जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।। ·  जनतालाई सपना बाँड्न एक नम्बरको हिरो, त्यो सुद्ले कस्तो झप lर्यो भये म त जिरो ।। ·  भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली, खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।। ·  छाउरा - छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन, अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।। ·  ७- ८ महिना भाई सक्यो सत्तामा गाको पनि , उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।। ·  बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु, दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।। ·  संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन, कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।। ·  सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो , समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।। ·  अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो , लौन हजुर कसो गरुँ, पर्यो आपत सारो   source : something i received... don know who is the creator of this peom, credit goes to the poem creator....

primeminister · May 6, 2009 4:54 AM · 15,058 views

2 Replies

good poem buddy!  

bikashpremi · May 6, 2009 10:34 AM

well said...

llcoola · May 6, 2009 11:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all