Maoist Sowed Seeds for Civil war

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कटवाल र खड्काको छुट्टाछुट्टै निर्देशन नेपाल समाचारपत्र, (काठमाडौं) सरकारद्वारा कामु प्रधानसेनापतिमा बढुवा गरिएका कुलबहादुर खड्का र राष्ट्रपतिद्वारा पदमा बहाल रहन निर्देशन दिइएका प्रधान सेनापति रुक्मांगद कटवाल सोमबार दिनभर आ-आफनै कार्यकक्षमा रहेर निर्देशन दिन व्यस्त रहे। सरकारले बर्खास्त गरेका प्रधानसेनापति कटवाललाई राष्ट्रपति डा. रामवरण यादवले पदमा नै रहेर काम गर्न निर्देशन दिएपछि सोमबार बिहान १० बजे नै उपरथीदेखि माथिका जर्नेलहरूलाई बोलाएर अब सेना कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल गर्नुभएको स्रोतले जानकारी दियो। यता सरकारद्वारा कामु प्रधानसेनापतिमा बढुवा हुनुभएका खड्का प्रधानसेनापति कटवालले बोलाउनुभएको बैठकमा अनुपस्थित रहनुभएको थियो। कार्यालय समयभन्दा निकै ढिला मुख्यालय प्रवेश गर्नुभएका कामु प्रधानसेनापति खड्काले आफना नजिकका केही जर्नेलहरूलाई आफना कार्यकक्षमा बोलाई छलफल गर्नुभएको थियो। आइतबार कामु प्रधानसेनापतिमा बढुवा भएको खबर थाहा पाउनासाथ खड्कालाई भेट्न गएका कतिपय सैनिक अधिकृत सोमबार भने उहाँको कार्यकक्षमा समेत नगएको मुख्यालय स्रोतले जानकारी दियो। सेनाको इतिहासमा नै पहिलो पटक प्रधानमन्त्री र राष्ट्रपतिले छुट्टाछुट्टै गरेको सैन्यप्रमुख चयन, बर्खास्तगी, पुनर्वहालीका कारण सेनामा विभाजनको रेखा स्पष्टसँग कोरिएको छ। सैनिक मुख्यालयमा रहेका कटवाल र खड्का दुवै जनाले आफनो विश्वासमा भएका अधिकृतहरूलाई उच्च र्सतर्कताका साथ रहन निर्देशन दिएपछि मुख्यालयमा केही अन्योल छाएको थियो। एउटै संगठनमा दुइवटा प्रधानसेनापति कायम भएपछि गम्भीर बनेका सेना अधिकारीहरू यसलाई समयमानै समाधान नगरिए सेनाभित्र नै समस्या उत्पन्न हुन सक्ने बताउँछन्। सरकार र राष्ट्रपतिप्रति वफादार सैनिक अधिकारीहरू आ-आफनै अडानमा रहेर व्याख्या गरिरहेका छन्। एक सैनिक अधिकारी भन्छन्- सेनाको इतिहासमा पहिलो पटक विशिष्ट परिस्थिति उत्पन्न भएकाले यसलाई विभाजनको संकेत भन्न मिल्दैन।तर कामु प्रधानसेनापति खड्का पक्षधर मानिने केही जर्नेलहरूले सरकार आदेशको अवज्ञा भएकाले सेनाभित्र गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। कटवाल पक्षधर जर्नेलहरूले भने सेनाको परमाधिपति राष्ट्रपतिले नै प्रधानसेनापतिलाई यथावत् रहनु भनेकाले प्रक्रिया संवैधानिक भएको बताएका छन्।

aman · May 5, 2009 11:09 PM · 3,552 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all