आज बेलुका राजधानीमा मसाल जुलुश

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.dainikee.com/news/i... - 2009-05-06 07:26:36 काँग्रेस र एमालेलाई गाउँ छोड्न माओवादी चेतावनी गाँउ गाँउबाट कार्यकर्ता खेद्ने सदनका कारवाही अबरुद्ध बनाउने विपक्षीलाई जुत्ताको माला र कालोमोसो आज बेलुका राजधानीमा मसाल जुलुश भोलीदेखि राजधानीमा सडकमा जुलुश काठमाडौं, वैशाख २३ (दैनिकी)- माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै विभिन्न जिल्लामा काँग्रेस र एमालेलाई गाउँ छाड्न माओवादीले धम्की दिन थालेका छन् । प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएपछि माओवादीले गाउँबाट अरु पार्टीका कार्यकर्ता खेद्ने र शहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउने रणनीति अवलम्बन गरेको छ । माओवादीले केन्द्रमा प्रधानसेनापति प्रकरणमा सरकारी निर्णय विरुद्ध रहेकालाई विदेशी दलालको संज्ञा दिदैं उनीहरुलाई कालोमोसो र जुत्ताको माला लगाउनेसम्मको कार्यक्रम घोषणा गरेको छ । ककित माओवदीको रामेछाप जिल्ला समितिले नेपाली कांगे्रस र एमालेका सबै तहका कार्यकतालाई पाँच दिनभित्र गाउँ छाड्न चेतावनी दिएको छ। एकीकृत माओवदीको रामेछाप जिल्ला समितिका सह-इन्चार्ज राजन दाहालले विज्ञप्ति जारी गरी गाउँ खाली गर्न चेतावनी दिएको समाचार छ । तीय दलालहरुलाई जिल्ला, इलाका, गाउँ गाउँबाट लखेट्न वाईसीएल जनवर्गीय मोर्चा तथा देशभक्त जनतामा अपिल समेत गरिएको छ। ´नेपाली अनुहारका विस्तारवादी दलाल र मतियारहरुका गाउँ पार्टी प्रमुखसम्मका सम्पूर्णलाई पाँच दिनभित्र आफ्नो कित्ता स्पष्ट पारी सार्वजनिक अपिलमार्फत माफी मागी सर्वसाधारण भइरहन वा जनकारबाहीको सामना गर्ने विषयमा अन्तिम फैसला लिने अवसर दिन चाहन्छौं´ दाहालले विज्ञप्तिमा भनेका छन् । विज्ञप्तिमा समयसिमाभित्र उचित निर्णय लिन नसक्दा उत्पन्न हुने परिस्थितिको सामना गर्ने आवश्यक तयारी पुरा गर्नसमेत चेतावनी दिइएको छ । माओवादी जिल्ला समितिको विज्ञप्तिसँगै माओवादीको इलाका इन्चार्जहरुले समेत सोही बेहोराको विज्ञप्ति जारी गरेर नेपाली कांगे्रस र एमोलका कार्यकर्ताहरुलाई गाउँ छोड्न चेतावनी दिएका छन् । माओवादीको सो धम्कीप्रति एमाले र कांग्रसले आपत्ति जनाएका छन् भने स्थानीय प्रशासनले त्यस्तो हुन नदिने र भएमा कारबाही हुने बताएको छ। पार्टी कार्यकर्ताले संकलन गरेको नामावलीमा पार्टीको निर्णय अनुसार कारवाही गर्न कडा निर्देशन केन्द्रले पठाएको छ । राष्ट्रपति रामवरण यादवको शिरमा श्रीपेच लगाएर भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बोकेको कार्टुन मंगलबारदेखि प्रर्दशन गर्न थालेका छन् । माओवादीले रत्नपार्क, माइतीघर मण्डला, जाउलाखेल र पाँचतले मन्दीरमा आगामी २६ गते थप कार्टुन प्रर्दशन गर्ने बताइएको छ । बुधबार साँझ माओवादी मन्त्रीको नेतृत्वमा काठमाडौं उपत्यकामा सबै निर्वाचन क्षेत्रमा मसाल जुलुश प्रर्दशन गर्ने भएका छन् । विहान ९ देखि ११ सम्म रत्नपार्कबाट युवाहरुले प्रर्दशन गर्ने छन् । विहिबार विहान ११ देखि १२ बजेसम्म राष्टपति भवनमा महिलाले धर्ना दिने र शुक्रबार निषेधित क्षेत्रमा धर्ना दिने कार्यक्रम छ ।

Khairey · May 5, 2009 10:38 PM · 2,561 views

1 Reply

When is it not happening ?

बैरागिकाइलो · May 6, 2009 2:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all