देशको स्थिति हेरेर सधै रोइरहनु त थिदै थियो तर त्यसले (बर्तमान संकट) हाँस्ने मौका पनि प्रदान गर्दो रहेछ ,ह्या कति मात्र रोइरहनु ।समय र परिस्थिति संगै राष्ट्रपतिको कदम ज्ञानेको कदम संग ठ्याक्कै मिल्न गएछ । लोकतन्त्रका हिमायती भनेर चिच्याइरहने कंग्रेसले दिल खुलाएर स्वागत गरेछन । चाहे स्वीकारुन या नस्वीकारुन, प्रतक्ष्य अप्रतक्ष्य रुपमा यसको मतलब ज्ञानेको कदम ठीक थियो भन्नु यउटै हो , सरी बाध्यता र शर्मलाइ, राजनितिमा तर्क गर्दा जता मोडे पनि हुन्छ तर यसले केही खित्का त प्रदान गर्यो नै । माओबादीले नागरीकको सर्बोच्चता को लागि अन्तरीम संबिधानको दुहाइ दिए तर कटवाललाइ बर्खास्त गर्ने ऐन खोज्न धौ धौ परे , हाँसो लाग्दो परिस्थिति । प्रचण्डले बिदेशी हस्तक्षेपमा नझुक्ने भन्दै सहानुभूतिको आशा र क्रोधको पोको बटुल्न राजीनामा दिए , च्व च्व । तर संसारमा कुनै सरकार प्रमुखले नदिने ५, ५ पटक बिना बोलावट भारतीय सूदलाइ छिर्न दिने पनि उनै । त्यही भारतको पहलमा२० लाख भारतीयहरुलाइ नेपाली नागरिता पानीपुरी झैं ठेलामा बाँडनु पर्ने १२ बुँदे सम्झौताको पहिलो शर्त पालना गर्दा यिनलाइ बिदेशी हस्तक्षेपको कहिल्यै गन्ध आएन । खित्का छोडेर हाँसे टेलिभिजनमा उनै छाएका थिए । परिणाम? मजफोको जन्म भयो र अब बन्ने सरकारमा यिनकै हावी देखिन्छ तथापी एमाले सरकार बनाउन उफ्रदै छ, कँग्रेस ढाढस दिदैमा ब्यस्त । तर नम्बर देखाउनोस कसरी बन्छ? जनतालाइ रुवाएर ३२ मा पास हुने सजिलो नेपाली स्टा्याण्डर्ड पनि पार गरे पो त । जसरी रापपा राजपाले बिगतमा एमाले र काँग्रसीको असहायपनको बुइ चढे त्यही ऊपेन्द्र यादबले गर्नेछन, मजफो ले त अहिल्यै माँगीसके समाचार अनुसार । तीन सरकार प्रमुख मधेशीहरु ? फेरी राष्ट्रपतिले अदालतको मुद्दा या अब गरिने भनिएको माओबादी को माफीको आन्दोलनमा हार खाएर राजीनामा दिए भने कसले सम्हाल्ने छन त्यो पदको? परमान्द झालाइ चिन्नुहुन्छ ? हाँस्नोस बेस्सरी, रुने दिन त बाँकी नै छ । (समग्रमा अहिले भद्रगोलका स्थिति मा कदमको ठिक बेठीक बादबिवादमा समय खेर फाल्नु भन्दा पनि मूल जरो अन्तरीम संबिधानले जन्माएका अबैध अवशेषहरु नै जस्तो लाग्छ, दोस्रो बिना सेना समायोजन ,जनताको रोदनको एउटा भेउ नपाएका नेताहरुको हतारिएको लादिएको चुनाव जसका लागि केही अगाडीका धागाहरुमा क्रन्दन गरेका थिए । केटाकेटीहरुलाइ जम्मा पारेर हतारमा लेखिएको यो ग्रन्थ अनि त्यस पछिका नाटकहरुका लागी नेतृत्वको बागडोर सम्हालेका गिरीजा र कथित नागरीक समाज जिम्मेवार त छ नै, आफुलाइ परिपक्व ठान्ने एमाले पनि बुढोको छाँया सिवाय केही बनेनन अब माओबादीका त के कुरा भ्याकुर खोज्नमा ब्यस्त ।) Last edited: 05-May-09 04:35 AM
MR_TRUTH · May 5, 2009 4:22 AM · 14,770 views
यो भिडियो प्रकरणले त झन लोलै लोल गराइदियो आँशुका साथ । मुख्य, प्रचण्डको मार्कसबादको सोझो जनजातिका बीच चतुर्याइपूर्ण ब्याख्या । भन्छन " हो पनि होइन पनि, यही भन्छ द्वन्दात्मक भौतिकबादले " हा हा हा बिचरो दारीवाल मुर्मुर्याएर बसीराखे होलान । अर्को शहीदको नाममा पैसाको खेतीको पण्डित्याइ "१ लाख दिदै ९ लाखको लोभ" हा हा हा यिनले त चार्लस पन्जीलाइ पनि मात दिए, किन? चार्लस पनजीको स्किममा रगतको आहुती दिनुपर्ने कुनै जरुरी छैन। सोझो जनजातीलाइ पैसाको च्याँखे राखेर गरेको कथित बलिदानले प्रष्ट पार्छ टाउकेहरुका छोराछोरी किन यु्द्दमा नहोमी बुजुर्वा शिक्षामा ब्यस्त थिए । यो मनोबलको लागि प्रशिक्षणका लागि मात्र भएको भन्ने कुतर्क (माइसंसार?)लाइ यसको फलोअप किन हेर्ने कि ? ६,७ हजार लडाकुहरुलाइ तत्काल शहीद घोषणा, कटवाल बिरुद्दको हठ, भुसुनो देखी क्यासिनो सम्ममा कार्यकर्ताहरुको घुसपैठ । जजमानी प्रचण्डको कुबुद्दिलाइ मान्नुपर्छ बा ।
MR_TRUTH · May 5, 2009 7:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion