सरकारको नेतृत्वमा फोरमको दावी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All these viruses need to be eliminated if not quarantined (inside the prison) सरकारको नेतृत्वमा फोरमको दावी   काठमाडौं, वैशाख २२ -दैनिकी)- सत्ता समीकरण राजनीतिमा ´निणर्ायक´ मधेरी जनअधिकार फोरमले माओवदी र एमाले तथा कांग्रेससँग आफूले सरकारको नेतृत्वु गर्न पाउनु पर्ने प्रस्ताव राखेको छ । एमालेका नेता माधव कुमार नेपालको नेतृत्वमा माओवादीवाहेकका सबै राजनीतिक दलको सहभागितामा सरकार बनाउने तयारी शुरु भएपछि फोरमले सरकारको नेतृत्व पाउनु पर्ने माग गरेको छ । फोरमले माआवादीसँग फेरी गठबन्धन गर्न सकिने र त्यसमा केही साना दलसँगै मिलेर सत्ता चलाउन सकिने हुँदा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव राखेको हो । मध्यावधी निर्वाचनपछि तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेस र एमाले अल्पमतमा परेको समयमा दुई दुई पटक सत्ता समिकरणमा प्रधानमन्त्री पाएको स्मरण गर्दै फोरमले प्रधानमन्त्री आफैं बन्न पाउनु पर्ने माग राख्न थालेको छ । माओवादी र फोरम गरी दुई सय ९२ सभासद छन् । यसमा केही साना दलको समर्थन प्राप्त भएका ३ सय १ पुर्‍याउन कठिनाई छैन । अहिले सरकार बनाउनका लागि फोमर र केही साना दलको निर्णायक भूमिका हुने छ । http://www.dainikee.com/news/i...

paasa7 · May 4, 2009 10:55 PM · 12,684 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all