Khagendra Sangraula's article on the President!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

What do you guys have to say about this? राष्ट्रपतिको बेवारिसे डायरी पुरानो अंक - राष्ट्रपति अप्ठेरोमा - राष्ट्रपतिको बेवारिसे डायरी - राष्ट्रपतिबारे बेकारको विवाद - कानुनी टिप्पणी - भारतीय राष्ट्रपतिको अधिकार खगेन्द्र संग्रौला 2009-05-02,Saturday श्री राम-जानकीजी ! यो के भयो ? एक वर्षभित्रै बुढेसकालको मेरो जीवनमा ठूलो उथल-पुथल भयो । आपै“mलाई छामेर हेर्छु, आखिर म के नै थिएँ र ? कांग्रेसको तेस्रो काँटको मधेसी नेता थिएँ । मलाई कोइराला किचन क्याबिनेटको सदाबहार बफादार सदस्य भनेर गिज्याइन्थ्यो । कोही त मलाई कोइराला किचन क्याबिनेटको प्युसोसमेत पनि भन्थे । यसो विचार गर्दा मलाई यसरी गिज्याएको ठीकै हो भन्ने लाग्थ्यो । गणेशमानजी रुँदै पार्टीबाट हिँड्नुभयो । म किचन क्याबिनेटमै रहेँ । किसुनजी गोता खाएर पार्टीबाट पाखा लाग्नुभयो । तैपनि म जहाँको तहीँ रहेँ । सधैँ संस्थापन पक्षको छातामुनि अचल, अटल । म जोखिम उठाउन नचाहने मान्छे । त्यो ठाउँ मलाई सुरक्षित लाग्थ्यो । त्यही छाताको ओत लागेर त हो मलाई दुईपटक स्वास्थ्यमन्त्री बन्ने सौभाग्य प्राप्त भएको । हो, त्यो छाता मलाई खुबै फाप्यो । त्यो लाभदायक छाताको याद आउँदा अहिले कृतज्ञताले शिर झुकाएर मलाई 'गिरिजाबाबुकी जय' भन्न मन लाग्छ । तर, डर लाग्छ, यो जयजयकार कसैले सुनिहाल्यो भने मलाई कोइराला कांग्रेसको किचन क्याबिनेटको राष्ट्रपति भनेर पो गिज्याउला कि ! श्री राम-जानकीजी ! यो कति अप्ठ्यारो पद ! आफूलाई लागेका कुरा निर्धक्क भएर भन्न पनि नपाइने । रुक्मांगद कटवाल आए । तिनले शीतलनिवासभरि हल्का कम्पन उत्पन्न हुने गरी मलाई सलोट गरे । अनि यी जंगी जर्नेल सहाराको याचना गर्दै तुरुक्क रोए । भने- महामहिम ! जिपीबाबु र केपीबाबुले रायमाझी प्रतिवेदनबाट मलाई कति राम्रोसँग मुक्त गरिदिनुभएको थियो । अहिले त्यही प्रतिवेदनको कुरा कोट्याएर मलाई घोचिँदै छ । अच्छा । म भन्न खोज्दै थिएँ, मेरो जीवनमा कति छिटो कत्रो कायापलट भयो ! अतीततिर फर्केर हेर्दा मलाई बडो उदेक लाग्छ । राष्ट्रपतिको चुनाव नजिक आउँदै थियो । रामराजाप्रसाद सिंह वा माधवकुमार नेपाल दुईमध्ये एकले सत्ताको यो सबैभन्दा अग्लो कुर्सी पड्काउने निश्चित थियो । जनमतद्वारा लत्याइएका र दलहरूद्वारा एक्ल्याइएका हामी कांग्रेसीहरूका ओठ-तालु सुकेका थिए । पुरानो पार्टी हो, चुनावमा उपस्थिति त जनाउनैपर्छ भन्ने कुरा उठ्यो । अनि आइलाग्यो, उम्मेदवारीको खानु न पिउनुको लफडो । हार्नैका लागि कोही किन उम्मेदवार बनोस् ? जित्ने लक्षण भए तँ होइन म भनेर कत्रो मारामार हुन्थ्यो ! पहाडी कांग्रेसीहरूले म मधेसी कांग्रेसीलाई उम्मेदवार बन्न त के टाढैबाट उम्मेदवारी सुँघ्नसम्म पनि दिने थिएनन् । आखिरमा कांग्रेसको उपस्थितिका लागि म हेपिएको मधेसीले हारिदिनुपर्ने भयो । गिरिजाबाबुले 'तँ उठ्' भन्नुभयो । हाम्रो कांग्रेसमा गिरिजाबाबुको बोली भनेको भगवान्को बोली हो । आदेश पाउनेले बूढाको आदेश काट्नु त परै जाओस्, त्यस्तो कल्पनासम्म पनि गर्न सक्दैन । व्यर्थमा यो क्या झ्याउलो आइलाग्यो भनेर भित्रभित्रै मुर्मुरिँदै नेताश्रीको कष्टपूर्ण आदेश मैले निहुरिएर स्वीकार गरेँ । तर, भाग्यको लेखान्तर भनुँ कि, दुर्घटनाको खेल भनुँ कि, मूल्यहीन राजनीतिको नौटंकी भनुँ कि मेरो तालुमा नचिताएको आलु फल्यो । प्रचण्ड घरी-घरी चमत्कारका कुरा गर्थे । चमत्कारको यो रटना मलाई कम्युनिस्टहरूको कुटिल वाक्छल हो भन्ने लाग्थ्यो । तर, ममाथि चमत्कार भयो, प्रचण्डको चमत्कारले उनैलाई लोप्पा ख्वायो । म साँघुरो कांग्रेसी वृत्तको रामवरण यादव सिंगो राष्ट्रको महामहिम राष्ट्रपति रामवरण बनेँ । चुनावमा भित्ता-भित्तामा प्रचण्ड गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनेका थिए । हाम्रा गिरिजाबाबुको पनि राष्ट्रपति बन्ने भयंकर धोको थियो । पुर्पुरोमा सधैँ हार मात्र लेखिएका अभागी माधवजीले खुट्टा नउचाल्ने कुरै भएन । रामराजाप्रसाद सिंहलाई त कम्युनिस्टहरूले निर्विकल्प विकल्प तिमी नै हो भनेर उचाल्नुसम्म उचालेका थिए । तर, यी सबैको हारको हदै पीडादायी चाङमाथि मेरो जितको गौरवमय झन्डा फहरायो । त्यो देखेर म आफैं जिल्ल परेँ । अहो ! श्री राम-जानकीजी ! मलाई यो के भयो ? म गिरिजाबाबुको खटन खुरुखुरु मान्दै हिँडेको थिएँ । मेरो काँधमाथि आफैंले सोच्नुपर्ने, निर्णय गर्नुपर्ने, जोखिम उठाउनुपर्ने, विवाद झेल्नुपर्ने कुनै पनि जिम्मेवारी थिएन । म त सधैँको मूक अनुयायी । जब यो जिम्मेवारी आयो, मलाई एकाएक सगरले थिचेजस्तो लाग्यो । मलाई भनन्न रिँगटा लाग्यो । सिंगो ब्रह्माण्ड मेरा आँखाअघिल्तिर फन्फनी घुम्यो । अहो ! म मूच्छिर्त पो हुने हुँ कि ? विजयी राष्ट्रपति मूच्र्छा पर्‍यो भन्ने अवगाल पो चल्ने हो कि ? विस्फारित नजरले सेरोफेरोको वातावरण हेर्छु, त्यो सब रामवरणमय छ । चर्चा उही रामवरणको छ, महिमा उसैको छ, सर्वत्र गगनभेदी जयजयकार उसैको छ । त्यो सब सुन्दा लाग्छ, मलाई करिबन यसो भनिँदै छ : त्वमेव माता च पिता त्वमेव, त्वमेव रक्षक पालक तुमेव । त्वमेव गौरव महिमा त्वमेव, त्वमेव सर्व मम देवदेवः ।। छाती छाम्दै आफैंलाई सोधेँ- ए रामवरण, हिजोको आजै के भइस् तँ ? भित्र कताकता राजापछिको राजै पो भएँ कि भन्ने लाग्यो । तर, गणतन्त्रमा यो भन्न नमिल्ने अनुभूति थियो । यस आशयलाई मैले आफैंभित्र भूमिगत राखेँ । खचाखच भीडको बीचमा म देख्छु, अलिबेर अघिसम्मका परचक्रीहरू सबका सब ओठमा औपचारिकताको कृत्रिक मुस्कान झुन्ड्याएर म महामहिम रामवरणलाई बधाई दिन तँछाड-मछाड गरिरहेका छन् । तिनलाई मेरो अनुहारको छेवैमा आफ्नो अनुहारलाई सजाएर टेलिभिजनमा देखिन कत्रो रहर छ ! यता मलाई भने उकुस-मुकुस भएको छ । उभिँदा लड्छु कि, लड्छु कि जस्तो लाग्छ । तिनलाई हेर्ने कसरी हो ? तिनका अभिवादन फर्काउने कसरी हो ? मुसुक्क हाँस्ने हो कि अनुहार अह्ररो पार्ने हो मलाई केही थाहा छैन । बधाईको जवाफमा धन्यवाद भन्ने हो कि राजाले झैँ दुई हत्केला अघि सारेर कृपाको आशीर्वाद दिने हो, मलाई त्यो पनि थाहा छैन । भित्र कताकता लाग्छ, राजापछि राजाको ठाउँमा आएको राष्ट्रपति हुँ, मैले केही न केही राजसी गुण त देखाउनुपर्ने नै होला । खै, के हो के होइन, म अलमलमा छु । म गोलमालमा छु । म त्यसै-त्यसै जिल्लाराम भएको छु । जब फूलमाला पहिराएर, घर्‍याप्प सलामी अर्पण गरेर पहिलोपटक मेरो सवारी चलाइयो, त्यो वेला म अर्कै, अलि बेग्लै भइसकेको थिएँ । म माथि आकाशमा उठेँ, अरू तल धुलामा छुटे । राष्ट्रभरिको समस्त सम्मानको म एकाधिकारी बने, अरूहरू सम्मानकर्ताको दर्जामा रहे । हेर्छु, राजाको सवारीमा झैँ अगाडि सडक पूरै खाली छ । सुन्छु, राजाकै सवारीमा झैँ साइरनको एकोहोरो आवाजले आकाश चिरा-चिरा पारिरहेको छ । म राष्ट्रपति कि राजा ? विधि, शैली, औपचारिकता, हातमलाइ, शिरझुकाइको ताल सब उही छ । गोप्य रूपले आफ्नो अन्तरलाई भनेँ, 'हेर्, रामवरण ! आजका मितिले तँ अघोषित राजा भइस् ।' सित्तीमिति नमुस्कुराउने म अरसिक मानव गमक्क पर्दै आफ्नै सम्मानमा मुसुक्क हाँसे । म सोझै भगवान् पशुपतिनाथको दर्शन गर्न गएँ । जाँदाजाँदै लाग्यो- आखिर गिरिजाबाबु पनि त मेरा नाथै हुन् । त्यसैले रोलक्रमले पहिले बाबुजीको दर्शन गरेँ, त्यसपछि आराध्यदेव भगवान् पशुपतिनाथको । सुरुका मेरा दिन बेचैनी र दुःखमा बिते । म जे गर्छु, कुरा काटिहालिन्छ । गिरिजाबाबुको दर्शन गर्‍यो, कांग्रेसी राष्ट्रपतिको बात लाग्ने । कुमारी जात्रा र भोटो जात्राको दर्शन गर्न गयो, हिन्दु राष्ट्रपतिको आरोप आइलाग्ने । गर्नलाई काम केही छैन । परम्पराको पुच्छर समातेर हिँडु, परम्परै छैन । संविधानले कतै पनि मलाई यो गर्नू, त्यो नगर्नू भनेको छैन । म आफ्नै निवासमा कैदी बनेँ । अनि दिक्क भएको वेला बसिबियाँलो गर्न बालबालिकालाई भेट्न थालेँ । पद छ त्यत्रो राष्ट्रपतिको, काम छ केवल केटाकेटीलाई दर्शन दिनु र तीसँग ठट्टा गर्नु । मलाई यो पद एकदमै खल्लो लाग्यो । अनि चार थान सल्लाहकार नियुक्त गरेँ । संविधानले सल्लाह दिएर होइन, यिनै सल्लाहकारले सल्लाह दिएर राज्यमन्त्रीसरह तलब-भत्ता-सुविधा भोग गर्न पाउने गरी सल्लाहकारहरू राखेँ । लुकाउन नमिल्ने कुरा भनुँ, यी सबै सल्लाहकार मेरो मातृसंस्थाका सन्तति हुन् । हाम्रो भाषा मिल्छ, संस्कार मिल्छ । अल्छी छन्, यिनले मलाई उठाउने सल्लाह त के देलान् र ? तैपनि यिनले मलाई गिराउने सल्लाह निश्चय नै नदेलान् भन्ने मेरो आशा थियो । सल्लाहकारको रायबाट कहाँ जाने कहाँ नजाने, के बोल्ने के नबोल्ने म सिक्दै गएँ । गुणग्राही लोकले प्रतिक्रिया राम्रै गर्‍यो । हेर, राष्ट्रपति यादव साँचो अर्थमा कांग्रेसी वृत्तबाट माथि उठेर राष्ट्रकै राष्ट्रपति बन्ने सिकाइको तीव्र प्रक्रियामा छन् । यी महामहिम वचन र व्यवहारको पदीय मर्यादा सिक्दै छन् । यी विवादास्पद मामिलामा तौलिएर बोल्ने कूटनीतिक भाषाको अभ्यास गर्दै छन् । हेर है, यिनले गणतन्त्रको धर्म थाम्ने भए । यिनले राष्ट्रको गौरव उठाउने भए । अहाहा, कति राम्रो ! सबै चीज शान्त थियो । मलाई आनन्द थियो । तर, जब कटवालकाण्ड सुरु भयो, मेरो जीवनमा अर्को उथलपुथल आइलाग्यो । मकहाँ कोही निवेदन गर्न आउन थाले । कोही मेरो चाकरीमा धाउन थाले । मलाई उक्साउन आउनेहरू त झन् कति हो कति ! दर्शन दिन मलाई भ्याइ-नभ्याई भो । एउटा लर्को आउँछ र भन्छ- महामहिम ! माओवादी अतिवादले डसेर लोकतन्त्र धरापमा पर्‍यो । अर्को लर्को आउँछ र आक्रोश पोख्छ, महामहिम ! माओवादी सर्वसत्तावादले विधिलाई खरानी बनाउने भयो । कर्मचारीतन्त्रमा राजनीतिकरण, न्यायपालिकामा राजनीतिकरण, सेनामा राजनीतिकरण- महामहिम ! सृष्टिमा पैरो जाने खतरा उत्पन्न भयो । - त म के गरूँ ? - महामहिमले लोकतन्त्रलाई उद्धार गरिदिनुपर्‍यो । महामहिमले नागरिक सर्वोच्चताको रक्षा गरिदिनुपर्‍यो । - कसरी ? - कटवालबाबुलाई काँध थापेर । यिनलाई कारबाहीमुक्त गरेर । पहिले त कुरा सुनेर म झस्केँ । शाही संस्कार लिएर आएका जर्नेललाई मैले काँध थापेर लोकतन्त्रको उद्धार हुन्छ ? अनि नागरिक सर्वोच्चता ? नागरिक सर्वोच्चताको रक्षा गर्ने काम व्यवस्थापिका-संसद्को होइन ? न्यायपालिकाको होइन ? जागरुक नागरिकगणको होइन ? मेरो क्षेत्राधिकारभित्रको काम हो र यो ? म ज्यादै पीडादायी द्विविधामा परेँ । सन्तापको चक्रवात्ले मलाई फन्फनी रिँगायो । श्री राम-जानकीजी ! म विवादको भुमरीमा पो परूँला कि ? कत्रो दुःखले आर्जेको यो मेरो छवि ध्वस्त पो होला कि ? अनि भोलिको पुस्ताले मलाई थुक्ला कि ? असैह्य मानसिक अन्तर्द्वन्द्वले गर्दा म थलापरेँ । अनि आफ्ना वकिल र सल्लाहकारहरूलाई सोधेँ- कुरो के हो, भन । मेरो अधिकार कति हो ? मेरो कर्तव्य के हो ? यो गन्जागोल परिस्थितिमा मैले गर्नुपर्ने के हो ? तिनले एकस्वरले भने- महामहिम संवैधानिक राष्ट्रपति होइसिन्छ । लोकतन्त्रमा ग्रहण लाग्दा त्यसको उद्धार गर्नु हजुरको दायित्व पनि हो, कर्तव्य पनि हो । 'ए हो र ?' भनेर मैले सोधेँ । 'हो कि हो' भनेर तिनले मलाई विश्वस्त तुल्याए । विज्ञ हुन् भनेर दह्रो तलब-भत्ता दिएर राखेको छु । यिनले भनेको नपत्याए मैले कसले भनेको पत्याउनु ? आखिरमा मैले पत्याएँ । एकदिन गजब भयो । मेरो दर्शन गर्न र आफ्नो गुनासो पोख्न शीतलनिवासमा सत्रदलको संयुक्त जुलस आउने भयो भनी सल्लाहकारहरूले दंग पर्दै मलाई सुनाए । सत्रदल रे ? जम्मा दल त्यही बाइस-चौबीसवटा होलान् । सत्रदल भनेको त दुईतिहाइ दल पो हो बा । श्री राम-जानकीजी ! संसारका आँखा मतिर फर्किएका छन् । संसारको आशा मैमाथि एकोहोरिएको छ । सारा गगनमण्डलमा आवाज घन्किरहेछ- रामवरण आऊ, लोकतन्त्र बचाऊ । पहिले निर्दलवालहरू राजालाई यसै भन्थे, अहिले बहुदलवालहरू मलाई यसो भन्न थाले । होइन, म राजै पो बनाइँदै छु कि ! झ्यालछापडि छेलिएर बाहिर चियाएँ, सत्रदलको संयुक्त जुलुस मलामीको लस्करजस्तो छ । सबभन्दा अगाडि पहिले हाम्रो पार्टीले प्रधानमन्त्री बनाएका सूर्यबहादुर थापा छन् । उनको नेतृत्वमा पछि लागेका छन् कांग्रेसीहरू र कम्युनिस्टहरू । अनुहार हेर्दा ती रुन, कराउन, गुहार माग्न आएका हुन् भनेर यसै बुझिन्छ । हो, आएर तिनले त्यसै गरे । दर्शनार्थीलाई बसाएर आफू अलिबेरमा आउने मेरो तरिका छ । त्यसै गरेँ । सत्रदलका नेताहरू अताल्लिँदै जुरुक्क उठे । तिनका अनुहारमा आतंकको भाव थियो । मलाई पहिले राजाको दर्शन गर्न नारायणहिटी राजदरबार जाँदाको याद आयो । हामीले यसै गरेका थियौँ । समय फरक छ, स्थान फरक छ, सन्दर्भ फरक छ । तर, तरिका ठ्याक्कै उस्तै छ । होइन, म राजै भएँ कि कसो ? यी सब कटवाल जोगाऊ अभियानमा मेराअगाडि हात मलिरहेका छन् । रोइरहेका छन् । घुँडासम्म निहुरिएर मेरो चाकरी गरिरहेका छन् । श्री राम-जानकीजी ! रुक्मांगद कटवाल त्यसैगरी आए । तिनले शीतलनिवासभरि हल्का कम्पन उत्पन्न हुने गरी मलाई सलोट गरे । अनि यी जंगी जर्नेल सहाराको याचना गर्दै तुरुक्क रोए । भने- महामहिम ! जिपीबाबु र केपीबाबुले रायमाझी प्रतिवेदनबाट मलाई कति राम्रोसँग मुक्त गरिदिनुभएको थियो । अहिले त्यही प्रतिवेदनको कुरा कोट्याएर मलाई घोचिँदै छ । जिपीबाबु र केपीबाबुको फैसलालाई बदर गर्ने तागत यो देशमा कुन पाजीको छ ? तैपनि हेरिस्योस् महामहिम ! त्यो पत्रु प्रतिवेदनलाई चिहानमुनिबाट झिकेर मलाई घोचिँदै छ । आफ्नो त कामै आशीर्वाद र सान्त्वना दिने । मैले दिएँ । भनेँ- यसरी घोच्न पाइँदैन । अनि कटवालले हौसिँदै सैनिक लबजमा निवेदन गरे- हजुर अघि लागिदिनूस्, हजुरका लागि म ढाड ओछ्याउन तयार छु । अब आउन थाले मकहाँ एकपछि अर्को गर्दै विदेशी राजदूत । अरूका कुरा त्यस्तै हुन्, हिन्दुस्थानका राकेश सुदले हाक्काहाक्की कुरा गरे । तिनले के कुरा गरे, मैले यहाँ भन्न मिल्दैन । भन्नूस् त, सुदले नै कटवाललाई बोकेपछि बोक्न बाँकी अब को रह्यो ? कटवाल जोगाऊ, प्रचण्ड हटाऊ- कुरो घुमाएर तिनले करिबन यसो भने । मेरो शुष्क नेपाली विवेकको एक कुनामा एउटा विचार-तरंग उठ्यो । सुदले जे भन्छन्, त्यो नै लोकतान्त्रिक विधि हुने हो र ? हाम्रो सम्प्रभुता, हाम्रो राष्ट्रिय स्वाभिमान, हाम्रो आत्म-निर्णयको हक भन्ने चिजै हुँदैन ? मेरो यो विचार-तरंगलाई वे अफ बंगालबाट आएको कालो बादलले तत्कालै ढाकिदियो । अनि मनको अर्को कुनामा अर्को विचार-तरंग उठ्यो । नेपालमा कसैलाई नरेश बनाइदिने र बनाइएको नरेश मन नपरे त्यसलाई बिगारिने यिनीहरू नै त हुन् । हाम्रो आजसम्मको इतिहास यस्तै छ, परम्परा यस्तै छ । मौकाको कुरा हो, मौकामा म पनि केही किन नबनूँ ? जिपी, केपी, सुद र सेना मेरो पछाडि भएपछि मतिर लाग्न बाँकी अब को रह्यो ? आखिर शक्तिको सर्वाेच्चता नै त नागरिक सर्वोच्चता होला । श्री राम-जानकीजी ! म भैँसीको ढाडमा चढेर गोठालो लाग्ने सोझो मानिस । म घेराउमा छु । म के गरूँ ? मन बेहद बेचैन छ । आत्मामा आँधी उठेको छ । सन्तापले मेरो कलेजो जलिरहेको छ । म नरेश बनाइएँ रे लौ, त्यसपछि मेरो नियति के हुने हो ? भोलि इतिहासका भित्तामा मेरो कस्तो छवि टाँसिने हो ? मानवीय कि दानवीय ? लोकतान्त्रिक कि निरंकुश ? सुन्दर कि कुरूप ? राम-जानकीय जी आऊ ! यो विकराल भवसागरबाट मलाई बचाऊ ।

commando · May 3, 2009 7:58 PM · 15,275 views

7 Replies

Madhav Sharma, the current VC of TU, said, "Jasale Je Sike Tyahi gare." Last edited: 03-May-09 08:45 PM

GP · May 3, 2009 8:27 PM

Another provoking, schizophrenic and utterly leftist article. At this stage we need someone who would at least say people to be patient and calm not this kind of self obsessed jerk. He just want to capitalize this situation, does not care about general public, and love to score political points. He was silent when SPAM signed 12pts agreement with india and now he is beating around the bush about Sood meetings. What a true hyprocrite this jerk is. Need to wipe out such a negative jerks. This is essential so that people would start believing themselves and start thinking positively.

kanchu! · May 3, 2009 8:45 PM

oh man, i don't understand what this idiot want. pls guys, don't just talk about this idiot anymore. pls.

ek@l · May 3, 2009 9:04 PM

I dont know much about current political scenario in nepal. However - I dont like making fun of someone of Presidential status like this... We need to respect that institution.. It is the demonstration of cheapest and pathetic mental state.

ANS · May 3, 2009 9:33 PM

Sangraula really did good job explaining how our president dance in snap of old fox. As everybody knows, old fox has control over king of jungle which terrorizes other animals and jungle itself. jai nepal

8848m · May 3, 2009 10:54 PM

Sangraula really did good job explaining how our president dance in snap of old fox. As everybody knows, old fox has control over king of jungle which terrorizes other animals and jungle itself. jai nepal

8848m · May 3, 2009 10:54 PM

Friends... don't worry too much about this guys Sangraula.....  his Dad was masturbatting in the barn... and the sperm spilled over and entered the pig.... that's how this Sangraula was conceived.. and born from the Pig... now imagine, what can you expect from a bahun born from a Pig... not to forget swine flu is spreading like a hell.. naturally this guy is getting sick.. ha ha

Ved555 · May 3, 2009 11:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all