SHOULD WE HELP THIS GUY?? It is so sad story.. उपचारखर्च नभएर २१ वर्षदेखि साङ्लोले बाँधियो टीकाराम बस्याल/नयाँ पत्रिका पाल्पा, १९ वैशाख 2009-05-03,Sunday एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि मानसिक सन्तुलन गुमाएका पाल्पाका एक युवक २१ वर्षदेखि जनावरझैं साङ्लोमा बाँधिएर नारकीय जीवन बिताइरहेका छन् । उपचार गर्ने खर्च नभएपछि चापपानी-४ लिधिनडाँडाका ३७ वर्षीय दिलबहादुर सारुमगरलाई ०४६ सालदेखि घरमै बाँधेर राख्ने गरिएको उनकी आमा बालकुमारी सारुले बताएकी छिन् । '०४५ सालको एसएलसीमा अंग्रेजी विषयको परीक्षा बिग्रिएपछि अत्यधिक मदिरा सेवन गर्न थाल्यो, त्यसपछि मानसिक सन्तुलन गुम्यो,’ बालकुमारीले भनिन्, 'आफू काममा हिँड्दा छिमेकीलाई दुःख देला भनेर बाँधेर राख्ने गरेका छौं।’ २०२९ सालमा जन्मिएका दिलबहादुरले १६ वर्षको उमेरदेखि नै यसरी बाँधिएर यातना खेप्दै आएका छन् । 'आफ्नै छोरालाई गाईवस्तुसरह अँध्यारो कोठामा बाँधेर राख्न त कसलाई मन लाग्छ र ?’ आमा बालकुमारीले नयाँ पत्रिकासँग भनिन्, 'उपचार गर्ने पैसा छैन, धाँमी-झाँक्रीबाट उपचार गराउँदा निको भएन, अब त बाँधेर हिँड्ने बानी नै परिसक्यो ।’ सुरुमा बाबुआमासँग झगडा गर्ने र आफ्नै कपडा च्यात्ने गरेका दिलबहादुरको साङ्लोले बाँधेर राख्ने गरेपछि विस्तारै बोल्ने क्षमतासमेत गुम्दै गएको छ । सदरमुकाम तानसेनस्थित पद्म पब्लिक नमुना उच्च माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिएका दिलबहादुर विद्यालयकै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित थिए । बालकुमारीले भनिन्, 'पहिला एकदम राम्रो पढ्थ्यो, एसएलसी बिगि्रएपछि छोराको यो गति भयो ।’ दिलबहादुरलाई दिनभरि पिँडीको खाँबोमा बाँधेर राख्ने र साँझ परेपछि घरभित्रको कोठामा थुन्ने गरेको आमा बालकुमारीले बताइन् । 'दिसा-पिसाब आउँदा कहिले भन्छ, कहिले त्यहीँ गर्छ, मैले सफा गर्ने गरेकी छु,’ उनको दुखेसो छ । उपचार पाएमा छोरा निको हुनेमा बालकुमारी अझै विश्वस्त छिन् । ँसम्पत्तिका नाममा तीनवटा बाख्रा छन्, दुःख गरेर रोगी छोरो पालेकी छु, कसैले उपचारमा सहयोग गरेमा निको हुने थियो,’ बालकुमारीले गहभरि आँसु पार्दै भनिन् । गएको माघमा गाविसका तर्फबाट आठ सय रुपैयाँबाहेक छोराको उपचारमा कसैबाट सहयोग नपाएको उनको गुनासो छ । गाउँकै युवालाई वर्षौंदेखि पशुझैं बाँधेर राख्दासमेत स्थानीय कुनै पनि दललाई पत्तो छैन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी तेजबहादुर थापाले भने, 'यति धेरै वर्षसम्म त्यसरी बाँधेर राख्दा उसको मानसिक अवस्था झनै बिग्रेको हुन सक्छ । तर, उपचार पाउने हो भने निको हुन सक्छ ।’
ANS · May 3, 2009 1:29 AM · 2,640 views
Sure; Why not.
syanjali · May 3, 2009 7:53 AM
Its a good idea to help this guys. I felt bad about him. If any organization take initiative then it would be great to raise fund. We raise fund for dead people to send their body back to nepal. (I know they generated over 34 K to send body of a virginia girl about a year ago). It would be a great help for that poor fellow.
peacesoul · May 3, 2009 10:24 AM
Even couple hundred of dollars will be a starting.
syanjali · May 3, 2009 10:43 AM
truely a sad story. yes, count me in. lets find a way to reach his family in Palpa. if we can reach his parents even by phone then we can wire the money. ANYONE from Palpa, Tansen?
snowfed_river · May 3, 2009 2:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion