जन्मदिनको उपहार: ३६५ दिन नै सेक्स?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कसैले आफ्नो श्रीमानलाई जन्मदिनको अवसरमा के उपहार दिन्छ? यसो सोच्दा सामान्य लाग्ने यो प्रश्नको मानिस अनुसार फरक-फरक उत्तर आउछन र धेरै प्रकारका उत्तरहरु पनी आउछन। तर अमेरिकाकि एक महिलाले भने आफ्नो ४२ वर्षे(हाल) श्रीमानको लागी दिएको जन्मदिनको उपहार बिल्कुलै नौलो र सुन्दै अचम्म लाग्ने खालको थियो। त्यो उपहार अरु केही नभएर उनको श्रीमानलाई उनले उपहारको रुपमा त्यस दिन देखी एक वर्ष सम्म प्रत्येक दिन सेक्स गर्ने प्रस्ताव गरेकि थिईन। North Carolina कि Charla Muller नामकि ति महिलाले आफ्नो श्रीमान ब्राडलाई उनको ४० वर्षको जन्मदिनमा यस्तो उपहार प्रस्ताव गरेको कुरा हालै उनले लेखेको किताब 365 Nights: A Memoir Of Intimacy मा उल्लेख गरेकि छन। उनको विचारमा उनले आफ्नो श्रीमानलाई दिएको यो गिफ्ट सम्झन लायकको गिफ्ट थियो र पक्का वास्तविक उपहार  थियो। उनले यो कुरा आफ्नो श्रीमानलाई बताउदा ब्राड समेत अचम्ममा परेको उनको भनाई छ,\" जब मैले ब्राडलाई मेरो यो नौलो र साँच्चिकै नै अचम्मको उपहारको बारेमा भने उनी यो कुरा सांच्चिकै सम्भव छ त भनेर नै अचम्ममा परेका थिए"। आफुले दिएको त्यस उपहार कतिको सफल भयो भन्ने बारेमा भने उनको भनाई छ,  "मैले शत प्रतिशत सफल भयो त भन्न सक्दिन तर हामीहरुले प्रत्येक महिनाको २८ दिन सम्म त लगातार सेक्स गर्ने गरेका थियौं। मलाई हरपल यही चिन्ता रहन्थ्यो कि मैले कसरी आफ्नो कुरा पुरा गर्न सक्छु किनकी सेक्स पनी मेरो त्यस समयको लागी ब्रस गर्नु वा नुहाउनु जस्तै दैनिकि नै बनेको थियो"। उनी आफुले दिएको उपहार बाट आफु निकै नै खुसी र सन्टुष्ट भएको पनी उल्लेख गरेकि छन।

aficionado · May 1, 2009 5:58 AM · 1,747 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all