MAOISTS ARE TERRORISTS

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

its not only me, everybody knows माओवादी अझै आतंककारी : अमेरिका शुक्रवार, 01 में 2009 13:02 काठमाडौं, वैशाख १८ (नागरिक)- अमेरिकाले एकीकृत नेकपा माओवादी र यसका दुई राजनीतिक र सैन्य संगठनलाई अझै आतंककारी संस्थाहरुको निगरानी सूचीमा राखेको छ। अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको निगरानी सूचीअनुसार माओवादी र यसको संयुक्त क्रान्तिकारी जनपरिषद् र जनमुक्ति सेनालाई टेरोरिष्ट एक्सक्लुजन लिष्ट (आतंकारीलाई अलग्याउने सूची) मा राखिएको छ। 'माओवादी पार्टी आफ्नो दश वर्षे विद्रोह सन् २००६ मा अन्त्य गरी सन् २००७ मा अन्तरिम सरकारमा समावेश भए पनि माओवादी फ्याक्सनहरुले हिंसा, जबर्जस्ती असुली र अपहरणलाई निरन्तरता दिएका छन्'- प्रतिवेदनमा भनिएको छ। 'माओवादीको जनमुक्ति सेनाका पूर्व सदस्यहरु योंग कम्युनिष्ट लीग वाइसीएल का रुपमा सन् २००७ सम्ममा प्रभावशालीरुपमा स्थापित भई माओवादी मिलिसिया रणनीतिअनुरुप दुर्व्यवहार, अपहरण, हत्या, जबर्जस्ती र असुलीलाई सहर र गाउँमा निरन्तरता दिइरहेका छन्'- यसले भनेको छ। सरकारमा माओवादीको उपस्थितिले अमेरिकी प्रतिआतंकवाद सहायतामा अवरोध पुगेकोसमेत प्रतिवेदनमा उल्लेख छ।

sYaKuuRiolAKU_nchImb · May 1, 2009 4:43 AM · 3,982 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all