In a Facebook this can happen

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Facebook is bringing so much issues this day. Somedays back, someone posted an employee was fired because of facebook. Today I read a story about facebook from prabha. It is heart touching one. Source: http://dautari.org/2009/04/blo... फेस बुकका मेरा अल्परिचित मित्र आचार्य प्रभा हुनत जुनसुकै कुराको पनि आ -आफ्नो पक्ष हुन्छ, राम्रो नराम्रो, असल कमसल । जहाँ राम्रो हुन्छ त्यहा नराम्रो कुराको पनि बास हुन्छ त र हामीले त्यसलाई पहिला नै आत्मासात गर्न सक्नु पर्दछ । म, यो आइ पर्‍यो भने यसरी यस्लाई समाधान गर्छु अर्थात यसरी यसलाई सुल्झाउछु भन्ने हामीमा अठोट हुनु पर्दछ । तर कहिले काही यस्तो सोच्न नपाई कत्ती कुरा भै दिन्छ कि फुर्सदमा पश्चताप हुन्छ । हो मलाई पनि यो 'फेसबूक'को प्रयोग सम्बन्धमा यस्तै भयो । मलाई थाहा सम्म थिएन के हो फेसबूक र यस्मा के हुन्छ ? भनेर । आज भन्दा ४ महिना अघाडी मात्र मैले सिक्ने अवसर पाएँ । मलाई यस्को उपयोग राम्रो पनि लाग्यो किनकी यो एउटा मनको बह बिसाउने चौतारी पनि भएको छ र यस्मा बिभिन्न बौद्धिक कुरा र समाचारहरु पनि पढ्न र जान्न पाइन्छ । यस्लाई कत्तिले उपयुक्त प्रयोग गरेका छन भने कत्तिले अनुपयुक्त प्रयोग पनि गरेका छन, तर मलाई भने यस्ले धेरै ठुलो सहयोग गरेको महसुश भएको छ । मैले धेरै बर्ष अघाडिदेखी गुमाएका मेरा साहित्यिक, साङीतिक मित्रहरुलाई पाउन सफल भएकी छु । म यत्ती टाढा भए पनि पनि वहाँहरुको समिपताको आभाष गरेकी छु । एकार्कामा आफ्ना भावना र बिचार अनी हौशला पाउने अवसर पाएकी छु । अहिले यो मेरो भावना पोख्ने बिस्कुन भएको छ ।त्यसैले यस्लाई म नकारात्मक दृष्‍टिले भने हेर्न पट्क्क चाहन्न । कुनै पनि कुरालाई सहि सदुपयोग गर्न जान्नु पर्दछ । सहि सदुपयोगले नराम्रा कुराबाट पनि फाईदा लिन सकिन्छ भने दुरुपयोगले राम्रा कुराबाट पनि हानी हुन सक्छ । मेरो अर्थमा 'फेसबूक' नचाहिदो कुरा गर्ने, परिचय गर्ने माध्यम मात्र होइन यस्मा त संसार अटेको हुँदो रहेछ । यो संसारलाई हामीले सहि आँखाले हेरौं । भन्नै पर्दा यस्मा कत्तिको नजर र हेर्ने आँखा भने युवकले युवतिलाई साथी बनाउने । युवतिले युवकलाई साथी बनाउने तर यस्को अर्थ यत्ती मात्र होइन। यस्ले त बिशाल अर्थ पनि दिएको हुन्छ । संसार भरिको समाचारहरु पनि कुनै बौद्धिक बर्गका साथीहरुले राखेका हुन्छन । कत्तिले आफ्ना श्रीजनाहरु पनि राखेका हुन्छन समग्रमा यहाँ धेरै कुराहरु समाहित भएका हुन्छन । खाली यस्लाई मनोरन्जन मात्र सोच्ने हाम्रो प्रवित्तिलाई हामीले हटाउनु पर्दछ । मेरो मान्यता यही हो। यहाँहरुलाई पाच्य हुन्छ वा हुँदैन म भन्न सक्दिन । अं... म, यही प्रसँगमा माथि शिर्षकमा लेखिएका मेरा एक मित्रसङको भेट्को थालनि गर्न चाहन्छु । हुनत, धेरै थरिका साथीहरु नभेटेको होइन, कत्ती मेरा रचनाका पाठकहरु छन, कत्ती मेरा शुभचिन्तकहरु छन । कत्ती यसो मित्रताको हात बढाउ भन्ने मात्र पनि छन ति सबैका आ- आफ्ना स्थान त छदैछन् । तर जब मैले फेसबूकको प्रयोग गर्न थालें, मेरो अप्रत्याशीत तरिकाले एक जना मित्रसँग भेट भयो । भर्खर फेसबूक को प्रयोग शुरु भएकोले मैले वहाँसँग कुरा गर्न वाध्य भएँ, मलाई थाहा पनि थिएन कि 'फेसबूक का' मित्रहरु झुटा पनि हुन्छन भनेर । हाम्रो कुरा भयो । कुराकानी परिचय बाट नै शुरु हुन्छ । वहाँले मेरो बारेमा जे सोध्नु भयो मैले ति सबैका सहि जवाफ दिए । म कहाँ छु के गर्दैछु सबै मैले भने । मेरो पर्श्नमा वहाँले आफु नेपालमा भएको भन्ने बताउनु भयो । मलाई खुशी पनि लाग्यो आफु परदेशमा भएकोले नेपालका मित्र पाउदा म हर्षित भए फेरी वहाँप्रतिको मेरो आकर्षण के भयो भने वहाँ नेपाल आर्मिको अवकाश प्राप्त मान्छे हुनु भएको बताउनु भयो । म पनि नेपाल आर्मिसँग २ / ३ बर्ष आबद्द भएर लेखिकाको काम गरेकिले मेरो आर्मिहरु सँग राम्रो सम्बन्ध थियो त्यसैले पनि म वहाँसँग कुरा गर्न लालायित भए । हाम्रो कुरा हुँदै गैरह्यो । पछीबाट वहाँले मेरो फोन नोम्बर माग्नु भयो । मैले दिए पनि । हाम्रो फोनमा पनि कुरा हुन थाल्यो । मैले आर्मिको ज-जस्को नाम लिन्थे चिनेको बताउनुहुन्थ्यो । मैले वहाँलाई म नेपाल आउँदैछु भन्ने जानकारी दिदा वहाँले आउनुहोस् न तपाईंलाई स्वागत छ । मैले के सहयोग गर्नु पर्छ म पनि गर्छु भन्नु पनि भयो । म विश्वस्त भए । हुन त भेट्नै पर्छ भन्ने त केही थिएन, तर म आर्मी हेड्क्वाटर जादा भने भेट्छु भन्ने मनसाय चाँही थियो त्यही बोलाएर । यसरी हाम्रो कुरा भै नै रहन्थ्यो । वहाँले भन्नु हुन्थ्यो । हेर्नुहोस् प्रभा जि, म यत्ती टाढा नेपालबाट पनि तपाईंलाई सम्झेर फोन गर्छु । हुन पनि म सम्झिन्थे हो त नि अहिलेसम्म आफ्नो भन्ने कसैले त एक कल गर्दैन कुरा पनि ठिकै हो भनेर । वहाँको फोन आउँदा जहिल्यै 'अन्नोन 'भनेर आउथ्यो मलाई त केही शंका नै भएन कि यो फोन कहाबाट आएको हो भनेर ?। जब म एक दिन फेरी फेसबूक खोलेर बसेकी थिए । त्यही मित्र अन्लाइन हुनु भयो । खै !मलाई कहाबाट के दिमाग आयो ? मैले वहाँलाई तपाईंको एक दुई वटा फोटोहरु सेन्ड गर्नु त भनेर भने । वहाँले पनि तुरुन्त पठाउनु भयो । मलाई त्यत्रो समय बितिसक्दा त्यो मित्रको फोटो कहिले ठुलो गरेर हेर्ने बुद्धी आएन र म मा त्यस्तो कुनै शंका भए पो मैले सबै खोज तलास गर्नु ?। अहो !, जब फोटो हेरेँ । म त आश्चर्यचकित भएं । उक्त ब्यक्ती त मैले यही नै देखी रहेको र यहिको मान्छे रहेछ जो हाम्रो रेस्टुराँमा पनि नेपालीहरुको जमघटमा आइरहने तर उक्त ब्यक्तिको हावभाव ज्यादै नै घमण्डी, हतपत्त बोल्न नचाहने । जे होस् मान्छे हेरेर मात्र वहाँले बोली खर्च गर्ने जस्तो स्वाभावको हुनुहुन्थ्यो । मैले पहिलो पटक हाम्रो रेस्टुराँमा आउँदा पनि आर्मिको भनेर बोल्ने प्रयास गरेकी थिए तर वहाँले मलाई एउटी वेटरेस मात्र ठानेर हो वा किन हो बोल्ने मन नै गर्नु भएन वहाँहरु दुई तीन जना नेपालका बरिष्ट् नेतासँग आउनु भएकोले पनि होला त्यता नै ब्यस्त हुनुहुन्थ्यो । समग्रमा भन्दा म उक्त ब्यक्तिलाई रुचाउदिन थिए किन कि मैले पनि धेरै ब्यक्तिहरुसँग संगत गरे किन हो कुन्नी मलाई उक्त ब्यक्ती जस्तो घमण्डी मान्छे कोही लागेन । कत्ती पटक हाम्रो रेस्टुराँमा नेपालीहरुको जमघट हुँदा वहाँलाई मैले ढोकामा गएर स्वागत गर्दै नमस्कार गर्दा पनि वहाँले मलाई वास्ता गर्नु भएको थिएन त्यसैले पनि म वहाँलाई रुचाउदिन थिए र अरु एक दुई जनाको मुखबाट पनि वहाँ घमण्डी भएको कुरा सुने । केही समय पछी यहाँ रक्की माउन्टेन को चुनाउको चर्चा शुरु भयो । नेपालीहरु हाम्रो रेस्टुराँ मा जमघट हुन थाले । वहाँको पनि आगमन त्यत्तिकै हुन थाल्यो तर आश्चर्य !, वहाँलाई थाहा भएन कि फेस बुकको मित्र म नै हुं भनेर । मलाई पनि त्यतिजेल सम्म थाहा थिएन । म त वहाँको मुख नै हेर्दिन थिए । त्यत्तिकैमा वहाँको हाम्रै पार्ट्नर सँग समिपता बड्यो । फोनमा कुरा भै रहन्थ्यो वहाँहरुको । म त सिधै भन्थे हेर्नु 'मलाई त्यो मान्छे मनै पर्दैन तपाईंले भने पनि हुन्छ त्यस्तो घमण्डी मान्छे संघ ,संस्थामा लागेर के हुन्छ ? “ । तर अचानक त्यो दिन मेरो फेसबूकको मित्र वहाँ नै हुनु भएकोमा म त छक्क परे र मैले भने तपाईं किन ' फल्ट' हुनु भएको ? म त तपाईं भनेर जानेको भए कुरा नै गर्दिन थिएँ । मलाई तपाईं पटक्क मन पर्दैन भनेर सबै मलाई लागेका कुरा हरु भने । वहाँले मलाई तुरुन्त फोन गरेर माफि माग्नु भयो । हुन त, मलाई लाग्छ वहाले पनि म त्यही रेस्टुराँको हुं भनेर अवश्य थाहा नभ्एर पनि मित्रताको हात बडाएको हुनु पर्छ। पछी पछी को हाम्रो कुरा कानिमा चाँही मैले तपाईंलाई चिनी सकें तपाईं यस्तो प्रकारको हुनुहुन्छ भनेर भन्न थालनु भएको थ्यो। म त हो न हो आर्मी हेड्क्वाटरमा देख्नु भयो होला भन्थे वहाँको जवाफमा पनि त्यही हुन्थ्यो । यसरी अचानक त्यो मित्र को असली रूप थाहा पाएर म त त्यो दिन किङ्कर्तब्य बिमूढ पनि भए । आश्चर्यको सीमा रहेन । त्यो यथार्थ थाहा पाउनु भन्दा दुई दिन अघाडी मात्र पनि उक्त ब्यक्ती सँग मेरो भेट भएकोथियो तर मलाई बोल्न मन लागेन मसँग भएको बहिनी मात्र वहाँ सँग बोलिन । यसरी मलाई मनै नपरेको मान्छे सँग पनि 'फेसबूक' ले मित्रता गराइ दियो तर मैले वहाँलाई सबै कुरा भने । तपाईं यस्तो घमण्डी हुनु हुन्छ मलाई त तपाईंलाई देख्दा मात्र पनि रिस उठ्छ । यसरी मनमा भएको कुरा सबै मैले पोखें तर वहाँले ज्यादै धैर्यता पूर्वक मेरो कुरा सुन्नु भयो । म प्रती कुनै आक्रोश ब्यक्त गर्नु भएन र वहाँलाई आफ्नो गल्ती सबै महसुश भयो र भन्नु भयो प्रभा जि, वास्तव मा म तपाईंले सोचेको जस्तो गलत मान्छे होइन, म घमण्डी पनि छैन तपाईंलाई त्यस्तो लागेको हुन सक्छ भनेर आफ्नो वास्तविक्ता ओकल्न चाहनु भयो । मैले पनि आत्मासात गरें कि हुन पनि हो मान्छेको आ -आफ्नो बानी हुन्छ सबै एकै प्रकारका हुँदैनन । त्यस्तो ठुलो गल्ती नै के भयो र ?मैले त्यस्तो दुश्मन सम्झिनु पर्ने ? म वहाँलाई बारम्बार यही भन्ने गर्छु मान्छे भएर घमण्डी भयो भने उस्का सारा गुणहरुको केही औचित्य हुँदैन भनेर । अहिले हामी एउटै ठाउँमा छौं । मेरो पनि समाजमा केही गरौ, केही श्रीजनात्मक कामहरुमा केही गरौ भन्ने भावना छ तर वहाँमा पनि त्यस्तो भावना रहेछ । अहिले हामीमा त्यस्तो नकारात्मक भावना छैन । कुनै काम पर्‍यो भने वहाँ हाम्रो रेस्टुराँमा आउनु हुन्छ हामीलाई मद्घत माग्नु हुन्छ । हामी पनि सहयोग गर्न तत्पर हुन्छौ । आजकल भने वहाँ हाम्रो रेस्टुराँमा पस्दा पस्दै हँसिलो मुहार बनाएर नमस्कार गर्दै पस्नु हुन्छ यत्ती सम्म कि हाम्रा इम्प्लोइ हरुलाई धरी नमस्कार गर्न चुक्नु हुन्न । त्यस्को अर्थ सबैलाई झुकेर नमस्कार गर्नु पर्छ भनेको हैन तर पनि मान्छेमा अभिमानी भावना कहिल्यै हुनु हुन्न भन्ने सुझाव मात्र मैले दिन खोजेकी हुँ । 'वहाँ सँग भेट हुन साथ म यही भन्ने गर्छु तपाईंले मलाई एउटी वेट्रेस मात्र ठानेर मान्छे नगन्नु भएको हैन?। वहाँको जवाफ यस्तो हुन्छ 'हैन हौ, प्रभा जि मैले तपाईंलाई बल्ल चिन्दैछु । मैले त्यस्तो सोचेको हैन' भनेर अहिले लाज पचाउन खोज्नु हुन्छ तर पनि मान्छेले मान्छेलाई चिन्न नसके पछी त्यस्तै हुन्छ । अहिले भेट हुँदा मेरो लेखकिय प्रशंसा नगरि बस्न सक्नु हुन्न तर पनि म कहाँ वहाँको प्रशंसामा मक्ख पर्छु र ?। मलाई त जसरी हुन्छ वहाँको बानिलाई परिवर्तन गर्नु छ र भै पनि सकेको छ । अब चाडै भुवन के. सी. को 'म तिमी बिना मरिहाल्छु' फिल्म को प्रिमियर शोको लागि तयारी हुँदैछ त्यस्मा पनि हामीले मद्घत गर्दैछौ । वहाँले भुवन के. सी. सँग पनि मेरो कुरा गर्नु भयो रे नाम सुनेको हो म अवश्य भेट्छु भनेर भन्नु भएको छ भनेर सुनाउदै हुन्हुन्थयो । हेर्नुहोस् पाठक ब्रिन्द, यो लेखले तपाईंहरुलाई कत्तिको असर् पार्छ मलाई थाहा छैन तर यहाँ धेरै कुराको उदाहरण मैले दिन खोजेको के भने मान्छेले कहिले पनि नचाहिने झुठो र थाहा पाइहाल्ने खालको ब्यवहार गर्नु हुन्न र मान्छेमा बर्ग बिभाजन गरेर कहिले ब्यवहार गर्नु हुन्न ।आखिर को मान्छेभित्र कस्तो प्रतिभा छ को मान्छेमा कस्तो गुण भन्ने कुरा अनुहार, जात, उचाइ, रङ हेरेर थाहा हुन्न । कोही आफ्नै बिज्ञापन गरेर खुलस्त भएर चिनिन चाहन्छन भने कोही कामबाट चिनिन चाहन्छन त्यसैले अगाडि देखिएको कुरामा मात्र विश्वस्त हुनु हुन्न । नदेखिएको कुरामा पनि केही गुण लुकेको हुन्छ भन्ने सोँच्नु पर्छ । समुन्द्रमा मोती लुकेको कस्लाई थाहा हुन्छ ? , तर अघाडी देखिएको टल्कने चिजलाई मात्र हीरा ठान्नु हुन्न । बल्ल मेरो मित्रलाई यो कुराको आभाष भएको मलाई महसुश भएको छ । यदी कसैले पनि यस्तो सोंच् राख्नु भएको छ भने कृपया यही कुराहरुलाई ह्रिदयङम गर्नु भए आफ्नो भविश्यमा हुने गल्तीबाट पन्छिन सक्नु हुनेछ । 'फेसबूक' को सुरुवात अवश्य पनि गलत प्रयोगको लागि भएको हैन न कि खाली बकमफुस्रे गफको लागि तयार गरिएको हो । यस्को सुरुवात को लागि यस्को जन्मदाताले अवश्य दिमाग, समय खर्चेको हुनु पर्छ । त्यसर्थ यस्को सहि सदुपयोग गरौं यसलाई मनोरन्जनमा मात्र निलिउँ । समय र साधनको सहि मुल्याङ्कन गरौ । अस्तु

sanas · Apr 30, 2009 6:47 AM · 14,388 views

4 Replies

So called Prabha !!! you are also super crapp !!! Do you think writing this article you get wow !! what a great story ... hell no, it clearly shows that you have attitude, and you are ghamandi too. it shows your character and you cann't be so nice person. So, what you being waitress??? how can you think that the person is not talking to you because you are waitress. There are over 90% of nepali in US who worked on restaurent or in Gas station. So, I don't think he didn't talk to you because you are waitress  CRAPP !! shame on you Woman !!

peacesoul · Apr 30, 2009 10:15 AM

"कोही आफ्नै बिज्ञापन गरेर खुलस्त भएर चिनिन चाहन्छन भने कोही कामबाट चिनिन चाहन्छन" The writer is in the first category. That's all I have to say.

Jhapali_Thito · Apr 30, 2009 10:47 AM

Great narration, and Peacesoul, your frustration is a clear example of her manifestation as a good writer.

Jet_Favre · Apr 30, 2009 12:08 PM

i know people flirt in NN chat room. But really did not know people do in face book. kinda unclear whether it was done intentinally or it just happened. Will you author can make it clear. thanks

sanas · Apr 30, 2009 5:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all