जिवनको ४ वर्ष फोनमा नै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तपाईले दैनिक कति समय फोनमा बिताउनु हुन्छ? यसो सोच्दा हामीहरुलाइ लाग्छ कि कति नै समय पो फोनमा बिताएका हुन्छौं र? तर हालै बेलायतका महिलाहरुमा गरिएको एक अनुषन्धानका अनुसार महिलाहरुले आफ्नो जिवनको औषत ४ वर्ष फोनमा  नै बिताएका हुन्छन। हालै गरिएको त्यस अनुषन्धानका अनुसार महिलाहरुले जिवन भरीमा करीब २,८८,००० कल रिसिभ गरेका हुन्छन भने लगभग त्यती नै कल गरेका हुन्छन जसको औषत समयावधी ४२,००० घण्टा हुन जान्छ त्यो भनेको 4.75 वर्ष हो। यसो सोच्दा सामान्य लाग्ने र धेरैको दैनिक कामकाजको लागी फोनमा पनी यती धेरै समय बित्दोरहेछ??  अनुषन्धानमा देखिए अनुसार यस मामलामा पुरुषहरु भने अली कम खर्चिला देखिएका छन। उनीहरुले जिवन भरीमा २,७७,००० कल गर्ने तथा त्यती नै कल रिसिभ गर्ने गर्दछन जुन भनेको लगभग २८,५०० घण्टा अर्थात 3.25 वर्ष  हो। phonepiggybank.com ले गरेको अनुषन्धानका अनुसार अझ लण्डनका महिलाहरु त यस मामिलामा अझै धेरै नै अगाडी देखिएका छन र उनीहरुले हप्ताको १४ घण्टा १६ मिनेट कि त ल्याण्डलाईन बाट कि त मोबाईल बाट कुरा गरेरै बिताउदछन।

aficionado · Apr 29, 2009 6:58 AM · 1,574 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all