हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ लुकि लुकि जिस्काउने। सर्सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ। अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे। "तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे। "गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन। "हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि। "के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ। "तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ। "उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ। "उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे। "अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे। "तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ। "साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे। "मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे। "तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे। "को उ?" सारा छक्क पर्छे। "मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे। सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे। क्रमश: Last edited: 28-Apr-09 08:10 PM
crazy_love · Apr 28, 2009 8:06 PM · 166,060 views
मलाई पनि नक्कली केटी ले भन्या जस्तो लाग्या हो ल - साची हो रिसाउन नपाई -
serial · Jun 4, 2009 4:24 PM
नक्कलि केटि ज्यु! तपाइँले भन्नु भएको कुरा सत्य हो। सगर लहर जस्तो भएर आयो र हरायो। अनि अन्त्य पनि त्यस्तै भयो। त्यो भन्दा नि ठुलो चाहिँ मेरो कहिल्यै नसकिने अर्को जाँच आयो। Thank you for your comment! लहरे त अम्रिका आइपुगेछ, रुख त होला नि अम्रिकामा पनि, तिम्रो काम त्यहिँ उफ्रने र चड्ने त हो नि।
crazy_love · Jun 4, 2009 4:29 PM
serial · Jun 4, 2009 4:33 PM
एकदम मन पर्यो कथा । पुरै कथा भन्दा पनि मूलकथा (पटकथा भनम् न) जुन छ त्यो घच्चीको brilliant र flawless छ । बरु लेखकले त्यसमा थपथाप गरेको टिप्पणीहरु चाही, खास गरेर लामा लामा, अनावश्यक थिए र कतिपय स्थानमा त तीनले मूलकथाको गाढापनलाई नै dilute गरिदिएका छन्, तीनको उद्देश्य विपरित । त्यसैले तद्तद् स्थानमा strong editing को सिफारिश गर्दछु । त्यसपछि यो कथा कतै खोट नभएको, कतै भद्धापन नभएको, सामान्य कथाको बाटोमा नै ठाम ठाममा गहन वैचारिक कोसेढुङ्गाहरु भएको एक सुपठनिय कथा बन्नेछ । मलाई अन्त्य पनि एकदम चिटिक्कको, पर्याप्त सांकेतिता सहितको र त्यसैले गर्दा लेखकिय जायजता भएको लाग्यो । त्यो भन्दा बढी elaboration त पाठकलाई केटाकेटी ठानेको जस्तो हुन्थ्यो भन्ने मेरो ठम्याई छ । मैले जुन कोसे ढुङ्गाहरुको कुरा गरें तीनको विस्तृत बयान गर्ने त थुप्रै अनुच्छेद र पंक्तिहरु उधृत गर्नु पर्ने हुन्छ । त्यो अहिले नगरम । तर यति चाही भनिहाल्न मन लाग्यो- पात्र र माध्यमको भूमिकामा जुन द्वन्दात्मकता र द्वैधता थियो/छ, त्यो एकदम brilliant सिर्जना हो । र, I am very familiar about that myself पनि । समग्र मुल्यांकनमा, अलिकति सम्पादन गर्न बाँकी उच्चकोटीको कथा । Nepe
Nepe · Jun 4, 2009 7:32 PM
अनि जाँदाजाँदै, यो क्रेजी र लहरेको सम्वाद सुन्दा मलाई दुई पुराना नेपाली classics सम्झना आयो । माणिकरत्नले गाएको “सागर हो स्वास्नीमान्छे” भन्ने र तारादेवीले गाएको “लहर हो लोग्नेमान्छे” भन्ने गीतहरु सुन्या छ ? एकदम दामी गीत हुन् । खासमा ती दुई गीतमा भएको नारी र पुरुषको स्वभावबारेको जिज्ञासा र आफुलाई लागेको सक्कली कुरा निर्धक्क भन्ने जुन उच्चकोटीको अभिव्यक्ति-कला छ, त्यो स्तरको अभिव्यक्ति कला भएको अर्को नेपाली गीत मैले देखेको छैन । नसुनेको भए, खोजीखोजी सुन है लहरे र क्रेजी । Nepe
Nepe · Jun 4, 2009 7:43 PM
असारे फूल Crape Myrtle (Lagerstroemia indica) More info: http://www.duke.edu/~cwcook/tr...
Nepe · Jun 4, 2009 8:07 PM
नेपे ज्यु, यति गहिरो समालोचनाको लागि धन्यबाद नभनी सकिन। कथामा कमजोरीहरु छन् नैं, तिनीहरुलाइ अबश्य पनि सुधार्नु पर्ने हुन्छ। साझामा एउटा सामान्य प्रयास मात्र हो मेरो, साथीहरुको सदभाब र मायाले गर्दा नैं लेख्ने रहर लाग्छ। यसरी बेला बेलामा मार्ग निर्देशन गरिदिनु हुनेछ भन्ने आशा छ। फूलको सुन्दर फोटोको लागि पनि धेरै धेरै धन्यबाद! गीत चाहि भरै राहुलदाइले गीतान्जलीमा बजाउनु हुन्छ होला, चौतारीमा बसेर सुनुला। नेपे ज्यु, एउटा कुरा चाहि मैले बुझिन, त्यो के भने असारे फूल नेपालमा भन्दा यहाँ किन फूल्छ? असारै नआइकन।
crazy_love · Jun 4, 2009 9:01 PM
क्रेजी, प्लेजर ईज अल माईन ! अनि फूल फूल्ने यामको अन्तर बारे त जलवायूशास्त्रीलाई सोध्नुपर्ला । तैपनि काठमाडौं को अक्षांश २७ डिग्री ४५ मिनेट उत्तर र न्यूयोर्क केन्द्रीय पार्कको अक्षांश ४० डिग्री ४७ मिनेट उत्तर छ भनेर त्यसै अनुसार अन्तर भा'होला भनेर अनुमान गर्छु । अनि मैले भनेको गीत चाही जसरी भएपनि सुन्नु है । शब्दहरु साझामा टाँसेको रहेछु, चार वर्ष पहिले: http://www.sajha.com/sajha/htm... Male version Singer: Manik Ratna सागर हो...... स्वास्नीमान्छे, उ त बुझ पचाउन सक्छे सारा रहस्य छाती भित्रै लुकाउन सक्छे अंगालोबाट आफुलाई उ जान्दछे छुटाउन बिटुला ओठहरुलाई उ सक्दछे पखाल्न उ अभिनय गरेर आँसु खसाल्न सक्छे भावुक लोग्नेमान्छेलाई छिनमै भुलाउन सक्छे सागर हो...... स्वास्नीमान्छे, उ त बुझ पचाउन सक्छे घुम्टो उघारी हेर्दा उ जान्दछे लजाउन आँखामा धेरै कुरा उ सक्दछे अटाउन उ अनेक छाल पारी पवित्र बन्न सक्छे हर एक सत्यलाई कहानी भन्न सक्छे सागर हो...... स्वास्नीमान्छे, उ त बुझ पचाउन सक्छे *** *** *** *** *** *** *** Female version Singer: Tara Devi लहर हो...... लोग्नेमान्छे, उ नजिक आउन सक्छ किनाराहरु अंगाली छोडेर जान सक्छ उसको निम्ति माया आवेश हो नदीको उसको निम्ति प्रिति सहयोग हो खुशिको उ अनुभवी बनेर सब वाचा भुल्न सक्छ कोमल स्वास्नीमान्छेलाई मायाले छल्न सक्छ लहर हो...... लोग्नेमान्छे, उ नजिक आउन सक्छ अनेक पाप मनमा साँचीरहेको हुन्छ विश्वासघात गर्दै हाँसीरहेको हुन्छ हजार रुप लिएर उ चोखो बन्न सक्छ अर्काको मुटुलाई उ ढुंगा भन्न सक्छ लहर हो...... लोग्नेमान्छे, उ नजिक आउन सक्छ ______________________________________ Last edited: 04-Jun-09 10:45 PM
Nepe · Jun 4, 2009 10:00 PM
"लहर हो लोग्ने मान्छे" - तारा देवी lahar ho logne manch.MP3 - tara devi
serial · Jun 4, 2009 10:52 PM
क्रेजी भाई, कथा लेख्नलाई म सँग त्यस्तो खुबी कहाँ नै छ र? कुनै दिन सुर्य पश्चिममा उदाए मेरो कथा साझामा आउलान् तर यती खेर भने म असमर्थ छु। यस्को लागि मलाई क्षमा गर्नु होला। तपाईंहरुको अगाडि म त - "ईन्द्र अगाडि स्वर्गको बयान" जस्तै हो। असारे फुल कथाको अन्त्य हतारमा भएर हामीलाई कथा अझै बाँकी भएको आभास भएको हो। यसैलाई फेरी असारे फुल १३ औ भाग बाट २४ औ भागमा टुण्ग्याउनु त्यस पछि कथामा सगरको रोल पनि बलियो देखिनेछ तर कथा बियोगान्तमा सकिन्छ होला। तै पनि उता सारा पनि एक्लै छे, उन्लाई पनि अफिसको कुनै केटा खोजिदिनु। या त सगर र निल मध्य कोही उनी तिर आकर्शण गराउनु। तर ............ तर................. मेरो कुरा कत्ती पनि नसुन्नु, किनकी मेरो सोचाइ मात्रा हो। प्लिज बिर्सनु होला माथिका १३ - २४ भागको कुरा, पहिला राम्रो सँग पारीक्षा दिने पास् भए पछि फेरी कथा लेखुँला, माया गरुला सबै चिज गरुला होइन र? बरु यो कालो हुन बाट बच्नलाइ उपाय बताइदिनु भएकोमा धन्यवाद, तर नेग्रो भन्दा त सेतै छु है भाई त्यै फेयर् & लब्ली ले हो या हेन्ड्सम के जातिले हो? नेपे ज्यु को अमुल्य सुझाब अनि मिठा सदबाहार गीतहरु सुन्न र साथमा सुन्दर फोटो पनि पायौ। सुझाबले क्रेजीलाई मात्र होइन सम्पूर्ण लेखकहरुलाई निर्देशन गरेको छ। कालेदाइ
KAledai · Jun 5, 2009 9:28 AM
क्रेजी भाई, लौ मार्यो - क्या स्यात का - आ छु यागु काले दाई भाई नै हो र भन्या
serial · Jun 5, 2009 9:36 AM
काले दाइले पनि मलाइ भाइ रे। दाइले जे भने पनि केहि फरक पर्दैन। कालो भएर पीर मान्नु भएन दाइ। बाँकि रह्यो कथाको कुरा। अब म केहि दिन पछि अर्कै बिषयबस्तुमा लेख्ने प्रयास गरुँला दाइ। छु याना च्वउ? स्यात सा मेडिकले वना वा:स न हुँ। थो बौचा गुलि जक हाराँ जु का:! म काले दाइको भाइ भए पनि, नभए पनि तिमीलाइ के मतलब?
crazy_love · Jun 5, 2009 4:43 PM
जित मतलब मजु सा सुइत जुइ धका चोनागु छअँ जिला छु न यान चोनगु मरु - छु या छु या जुइ धुकल जित धाथे काले दाइचा धाथे जुसा: - मजिले - ए जुइए फैमखु जि हाराँ सा छ खुब ज्यानी धका चोनागु ला - जि ठुलि हाराँ मजुसा छ त क्वाप्लाक्क नै का - बेकोम: मिसा:
serial · Jun 5, 2009 5:33 PM
किन यो क्रेजी र लहरे लाई नेवारीमा कुरा गर्नु पर्ने होला अरु त सिके पनि आउछ जस्तो लाग्छ, यो नेवारी चाँही खै आठ बर्ष किर्तिपुर बस्दा सिकेको भनेको "ल वल ।। ल मवल " मात्रै हो क्रेजीको अर्को कथा को प्रतिक्षामा
guchcha chor · Jun 5, 2009 8:05 PM
बैरे को कथा बाट sajha मा katha पढ्न सुरु गरेको क्रजी ko यो पनि पढे। कथा एकदम मन पर्यो। स्वीट र सिम्पल। पढ्न सुरु गरेको बिचमा छोड्नै सकियन। फेमिली को गाली पनि खायो कम्प्युटर मा धरै बस्यो बेर भनेर। Thank you for a wonderful story and looking forward to next one.
NitiSa · Jun 6, 2009 12:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion