त्रिभुवन विश्वविद्यालयमा केहि दिन अगाडि भएको घटनाले आंफु पनि कुनै बेला त्यहि विश्वविद्यालयको विद्यार्थि भएको नाताले ध्यान तानिनु स्वभाविकै हो । त्यसै सन्दर्भमा देशको घृणीत राजनीतिक दलदल र परंपरा देशको भविष्य कोर्ने विश्व विद्यालय जस्तो पवित्र संस्थामा समेत मौलाउन गएकोले नेपाललाई माया गर्ने साथिहरुसंग कमसेकम देशको भविष्य कोर्ने विश्व विद्यालय देश बर्बाद गर्ने साधन र स्थल नबनोस भन्ने मनासयले केहि अनुरोध गर्ने जमर्को गरेको छु । त्रिभुवन विश्व विद्यालय मध्यम वर्गीय र सो भन्दा तल्लो स्तरका विद्यार्थिहरुलाई शैक्षिक प्रमाणपत्र मात्र बाड्ने थलो मात्र नभएर विदेशी विश्व विद्यालय र अनुसन्धान संस्थाहरुले पत्याउन योग्य जनशक्ति पनि बनाउन सकेको तथ्यका भुक्तभोगी कोरिया, जापान देखि युरोप, अमेरिकाका संस्थाहरुमा काम गर्ने वा अध्ययन गर्ने हामीहरु नै साक्षी छौं । वार्षिक बिसौं लाख खर्चेर योग्य बनेका समृद्द देशका नागरिकहरुसंग त्रिभुवन विश्वविद्यालयले हामीलाई मासिक चार पांच सय रुपिया कोठा भाडा र पचास-साठी रुपियां शुल्क तिरेको भरमा नै प्रतिस्पर्धा गर्न योग्य बनाएको हामिले बिर्सन सक्दैनौं । नया समय र आधुनिक युग संगै समय सापेक्ष रुपमा प्रतिस्पर्धी बन्दै जाओस भन्ने हाम्रो कामना पुरा हुन नसके पनि कम से कम प्राज्ञिक थलोमा प्राज्ञिक वातावरण कायम होस र दुख गरेर देशका कुना काप्चाबाट आएका भावी जेहन्दार प्रतिभाहरुले स्वच्छ वातावरणमा शिक्षा हासिल गर्न पाउने वातावरण बनोस भन्नका लागि हामी जस्ता विदेशका विश्व विद्यालय र अनुसन्धान संस्थाहरुमा पाइला टेकेका देशलाई माया गर्नेहरुले केही पाइला चाल्नै पर्छ । फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन । विदेश बसाइको ५-६ वर्षमा पनि युरोप अमेरिकाका कुनै विश्व विद्यालयहरुमा बाल्टीमा रंग बोकेर प्राध्यापकहरुलाई कालो मोसो लगाउंदै हिडेको हामी कसैले पनि देखेका वा सुनेका छैनौं । बरु ल्यापटप र मल्टीमिडिया डिभाइसहरु बोकेर प्रिजेन्टेशन र डाटा अपलोड वा डाउनलोड गरेका चाहीं देखेका छौं । बन्दुक बोकेर रोल्पाबाट सिंहदरवार छिर्नेहरुको विषयमा चासो नभए पनि र कसैलाई स्पष्टिकरण दिन नपरे पनि विद्यार्थिको ट्याग लगाएर विश्व विद्यालयमा छिर्नेहरुले ल्यापटप र कापी-कलमको साटो कालोमोसोको बाल्टी बोकेर प्राध्यापकहरुलाई लगाउंदै हिडेको सुन्ने जो कोहिले पनि भने थाहा पाए भने हामीलाई प्रश्न गर्नेछन हामीले विश्व विद्यालयमा के सिक्यौं भनेर । अझ जवाफ दिनु पर्ने होला हाम्रो प्राथमिकता कालोमोसोको बाल्टिन हो या शिक्षा भनेर । हामी आंफै पनि सोच्न बाध्य हुनेछौं हाम्रा जुनियरहरु हाम्रा पुराना ल्यापटप भन्दा विकसित यन्त्रहरु भिरेर हाम्रो पुस्ता भन्दा१० गुणा अगाडि जाला या बाल्टीन र कालोमोसो मै रमाउला ! के यस्तो बेलामा हाम्रो कुनै दायित्व छैन ? के हामीले आफुले विदेशमा सिकेको र देखेको कुरो आफ्नो घर जत्तिकै महत्वपुर्ण र प्यारो त्रिवीमा पनि बुझाउन जरुरी छैन ? पक्कै पनि छ त्यसैले कालोमोसोको बाल्टीन बोकेर विश्वविद्यालय जान रुचाउने “शिक्षित युवा“हरुकालागि थप केहि बाल्टीनहरु आवश्यकता परेको हुन सक्छ , त्यसैले उनीहरुलाई बाल्टिन उपहार दिउं र उनिहरुले पाएको “शिक्षा“ प्रति व्यंग गरौं ताकि उनिहरुमा सोच्ने शक्ति छ भने आंफ्नो कर्तव्यवोध गरुन र अन्य जेहन्दार विद्यार्थिहरुले पनि यो महसुस गरुन र उनिहरुको भविष्य माथि खेलवाड गर्ने “जंगली“ खेलाडिहरुलाई बाल्टिन सहित शैक्षिक संस्थाबाट लखेटुन । अनि बाल्टीको बाहिर एउटा ल्यापटपको फोटो पनि टासेर दिने मेरो प्रस्ताव छ ताकि त्यो तस्विरले उनिहरुलाई घच्घच्याइरहोस बोक्नु पर्ने बाल्टिन हो या ल्यापटप भनेर । यसको लागि कम से कम १० वटा प्लास्टिकका बाल्टि मेरो तर्फबाट प्रदान गर्ने बाचा गर्दछु र अरु साथिहरुबाट पनि हाम्रा त्रिविका दिग्गज युवा पुस्ताको ज्ञानको ढोका खोल्ने ल्यापटपको फोटो टासिएको बाल्टी जम्मा गर्ने कार्य स्वतस्फुर्त रुपमा गर्न अनुरोध गर्दछु । र सबैबाट त्रिवीमा मौलाउन लागेको गलत प्रवृतिको विरोधका लागि आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्दछु । अरु के के गर्ने र कसरी गर्ने भन्ने जिम्मा यहांहरुकै । पुनश्च : यो कुनै राजनितिक र बैचारिक आग्रहबाट निर्देशित कदम नभएर विश्व विद्यालय भनेको के हो भन्ने कुरा बुझेका र देखेका व्यक्तिहरुबाट नबुझेका र नदेखेकाहरुको लागि बुझाउन चालिएको कदम हो । यसमा अध्यक्ष, उपाध्यक्ष वा कमिटिहरु बनाएर नेता बन्ने नेपाली परंपरा पनि नजोडियोस भन्ने अनुरोध पनि छ । http://dautari.org/2009/04/blo... Last edited: 28-Apr-09 09:07 AM
PANDAG · Apr 28, 2009 9:06 AM · 21,795 views
यीनीहरुलाई बाल्टिन उपहार दिएर केहि व्यंग होला जस्तो मलाई लाग्दैन । यीनीहरु जंगली हुन त्यो प्रमाणीत भैसकेको छ। बाल्टीन दिएमा तीनले त्यहो बाल्टीनमा फेरी ट्रकको मोबील चन्दा उठाएर अरु कलेजमा पनि जनमोसो कार्यक्रम गर्छन ।
Gorakhnath · Apr 28, 2009 9:20 AM
they should be dropped from tu and should be barred from entering any universities or colleges in nepal and should be lebeled as uncivilized groups in their transcript thank you
raju161 · Apr 28, 2009 10:51 AM
मलाई राम्रो सँग याद छ किर्तिपुर मा लिट्टे ग्रुप थियो जस्ले शैक्छिक क्षेत्र बाट राजनीति लाई बिदा गर्नु पर्छ भन्थे। सांच्चैनी हो कि जस्तो लाग्छ मलाई त। म किर्तिपुर पढ्दा २:५० मा भात खान पाइन्थ्यो- त्यस्लाई ३:५० बनाउंदा पनि भाते आन्दोलन गरेका थिए। रु १० महिना भरी को भाडा थियो- त्यस्लाई ५० बनाउंदा पनि आन्दोलन गरे, जबकी बजार मा ५०० रु मा पनि कोठा पाउन मुस्किल थियो। ति सब देख्दा किर्तिपुर सभ्य नागरिक बनाउने ठांउ नभै एक राजनैतीक तलिम केन्द्र जस्तो लाग्थ्यो। त्यसैले मलाई लिट्टे को एउटा ब्यानर अझै याद छ "{wellcome} to {academic} {wasteland} "। जस्ले आफ्न गुरु लाई कालो मोसो दल्छन ति भोली का देश का महान नेता हुन। अचम्म को कुरा जो किर्तिपुर मा महिना को एक डेढ सय तिर्न यत्रो आन्दोलन गर्छन् उनिहरू २० रु पोइन्ट को म्यारिज खेल्छन। यी पशुपतीनाथ ले पनि डामेर छोडेको सांढे हरू हुन। धरान
dharan · Apr 28, 2009 1:00 PM
jangali haru aba pagaal huna matra baki chha kun dina aafu aafu kalo moso dalera prachande lai tudikhel ma nangai lakhetchhan
sYaKuuRiolAKU_nchImb · Apr 28, 2009 2:28 PM
Aba Nepalma bhnna ra garnna ke nai baki cha ra? I wish those culprits wil be punished soon.
Krs_84 · Apr 28, 2009 2:42 PM
They should be behind bar for atleast 3 yrs and should be dropped from the university A$$$holes.
dipulata · Apr 28, 2009 3:18 PM
Malai chai Madahv Sharma ko sentence quote garna man paryo, "Jasale je sike tyahi gare!". Kati chhoto chha tara kati bishal meaning chha. Yo article lekhne le pani je sike tyahi lekhe, aahha kati ramro lekh chha, tara tyo Maoist ka bhatri sangathan le je sike tyahi gari raheka chhan. Uni haru lai udanda huna sikayo kosala Doctor saheb Finance Minister le Rolpa ka dada ma hunda kheri. Euta ukhan chha ek mitra le batayeko. "Ek jana guru rahechhan private tutoring garda rahechhan (kunai jamana ma). Kunai dina ek babu aayechhan aafno dui chhoraharu liyear padhaideu na bhanera. Gurulai sodhe tuition fee k kati lagcha bhanera. Ani gurule talako rate batayechhan: Kahi pani shooling nagareko (fresh) student lai Rs. 200. Aru kahi ya kasaile padhai sakeko lai Rs. 400. Then, Babu le sodhe mero jetho chhora dherai padhi sakeko chha XYZ bata, jhan kin tyatro fee, arko jasle kehi pani sikeko chhaina tyati sasto. Guruji replied, "Your elder son has learned things not according to our standard. At the outset, we need to erase/clean the wrong education from his brain that he learned elsewhere such that we need Rs. 200 to make him fit in our school for admission, and another Rs. 200 is to give the education we will offer him afterward." Babu ji agreed, and returned. So, Doctor Saheble jangali education diyeka student lai general tuition fee le manchhe banaun sakdai na TU le. We need additional teachers, and tuition fee. Last edited: 28-Apr-09 07:55 PM
GP · Apr 28, 2009 7:51 PM
माओबादी पनि सारै जंगली नै भए। कती सारो जंगली सासन गरेका हुन? माथीको माधब सरको युक्ती सारै घत लाग्यो, "जस्ले जे सिक्कयो उस्ले त्यही गर्छ" माओबादी पनि जंगलमा जे सिके त्यही गर्दैछन।
nepalean · Apr 28, 2009 10:02 PM
खोइ के दिने भन्ने कुरामा बाल्टि नै पठाइदिन गार्हो हुन्छ होला । मैले यस साझा र दौंतरीमा त्रि वि घटना सम्बन्धी भेटिएका पोष्टहरु र खुला चुनौती वा पत्रहरु जमा गरेर हाम्रा शिक्षित नेता बाबुराम भटराइ तथा हिसिला यमी कि सुपुत्रिको समेत नेतृत्व रहेको त्रि वि स्वतन्त्र विद्यार्थि युनियनलाई र बोधार्थमा त्रि वि कुलपति र उपकुलपतिको कार्यालय र अन्य विभागहरुलाई पठाइदिने बिचार गरेको छु । अब एक हप्ता सम्म तपाईहरुका बिचार र भावनाहरु संकलित गर्दै जानु होला वा थप्दै जानु होला, पठाउने जिम्मा मेरो भो । अति भो, शैक्षिक क्षेत्र गन्हाउन भन्दा पहिले नै केहि त गर्नु पर्ला कि । अस्तिसम्म काठमाडौ विश्वविद्यालयमा गएर हामीले पनि चाहेको यस्तै हो भनेर नथाक्ने हाम्रा प्रधानमन्त्री ज्युले यस विषयमा त पक्कै गम्भिर ध्यानाकर्षण गराउनुहुन्छ होला !
PANDAG · Apr 29, 2009 7:48 AM
Yo jungali haru le Guru haru ko kahile po ijjat garya thiyo ra. Remember they killed about 100 teachers in Nepal who either didn't abide by their rule or didnt' wanted to give them donations. Principle mukti nath adhikari was dragged of his class, tied with rope in a tree and killed in front of his student. Tyasaile yini haru bata kehi aasa garnu bekar cha.
no_quiero · Apr 29, 2009 8:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion