झुठानन्द दाहाल ko karamat

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Has he resign or going to resign or it is just halla. maobadi kko challa ko halla pani kati ho kati, sala euta rauntanki ko bhanda badi chha. yiniharu lai film khelaye khubai hit hola jasto chha. झुठानन्द दाहाल को सतामा बस्ने आधार समाप्त Source: www.dautari.org शेखर ढुङेल ०४-२५-२००९ संसारको ईतिहास पढ्नेलाई थाहा छ, क्रान्तिबाट सत्तामा आएको समुह वा राजनैतिक् दलले सकारात्मक् बढी र अपबाद मा मात्र नकारात्मक काम गर्दछ । क्रान्ति भनेकै अब्यबस्था, अशुरक्षा, अस्तब्यस्तता, भ्रस्टाचार, अरास्ट्रियता बाट राष्ट्र लाई मुक्त गरी नागरिक सर्बोच्चता र कानुनी राजको स्थापना गर्नको लागि हो । नेपालमा एक निरंकुशताको बदला मा अर्को अधिनायक बाद लादने प्रयास हुन गैराखेको छ । माओवादीले जन युद्ध जितेको होइन परिस्थिती ले सम्झौता मार्फत उस्लाई यहाँ सम्म लेराइ पुर्‍याएको हो । झुक्याएर, फकाएर, धम्काएर उपयोग गर्दै आफ्नो एकल निती लागु गर्न खोज्नु जनता र देश माथि घात हो । नेपाली जनताले शान्ती, स्थिरता, र शुसासन् को आशामा सम्पूर्ण अपराध माफ गरी सत्तामा पुग्न मौका दिएका हुन । भयो के ?, देश कता गैराखेको छ ?, खोइ शान्ती सुरक्षा ?, खोइ राष्ट्रिय एकता ? ,खोइ जनता का खोसिएका सम्पत्ति फिर्ता ?, खोइ दन्ड हिनता को अन्त ?, खोइ सहमति को राजनीति ? ,खोइ भबिस्य प्रतीको आशा ? खोइ जनताका सम्बेदनसिल भावना को कदर ? ,तत्कालिन ७ दल को सहमति र सहयोगमा सत्तासिन हुन पुगेका प्रचन्डको एक्लै शिखर चड्ने दुस्प्रयासले उनी माथिको विश्वाश उठ्न गै उनी झुठानन्द बन्न पुगेका छन । सभ्य समाज, कानुनी राजको कुरा गर्ने हो भने एक कुख्यात आतंककारी जस्ले करिब ३० हज्जार जनता लाई बली चढायो, लाखौं लाई अपाङ्ग बनायो, लाखौं लाई आफ्नो सम्पत्तिको हक भोगबाट बिमुख बनाइ बिदेश र स्वदेश मै शरणार्थि बन्न वाध्य बनायो, २० औ खर्ब बराबर को बिकास निर्माण का सम्रचना ध्वस्त बनायो, हासी खुशी आफ्नो प्रजातान्त्रिक अभ्यास गर्दै गरेका जनतामा जातियता र छेत्रीयता को बिष पिलाई देश तहस नहस बनायो, अन्तराष्ट्रिय अदालतमा उभ्याएर दन्ड दिनु पर्ने झुठानन्द लाई सत्ता मा पुर्‍याउन सहायक् तत्व पूर्व राजा ज्ञानेन्द्र, पूर्व प्र म कोइराला, एमाले नेता नेपाल र भारत लाई नेपाली ले धिकार्नु पर्दछ । सडक, सदन र सरकारमा बसेर बिध्वंस मच्चाउन मौका दिनु महा गल्ती थियो कि थिएन ?,  सरकार प्रमुख भएर इन्ले बोलेका निम्न र धम्कीका भाषाले नेपाली जनता लज्जित भएका छन । संबैधानिक र व्याबहारिक रुप मा हुनै नसक्ने बिषय मा पनि तत्काल लाई सत्ता टिकाउने मात्र उदेस्यले बिभिन्न समुह सित सम्झौता गर्दै देश लाई खाडलमा हाल्दै छन । आफु सरकार प्रमुख भएर आफ्नै उग्र लठैत कार्यकर्ता लगाएर विश्वबिद्यालयका प्रतिष्ठित पदाधिकारीलाई असभ्य व्यबहार गर्नु, राष्ट्रिय शेना जस्तो गौरबसाली संस्थाको बिरुद्धमा जुलुस निकाल्ने, के यो नयाँ नेपाल को जनता को माग हो ? प्रतिबद्धता, बिचित्र, चमत्कार, हदै सम्मको लचिलो, सम्झौता जस्ता शब्दाबलि प्रयोग गर्दै अलेटाले, ढुलमुल, अबिस्वसनिय निती लिएर अगाडि बढेको झुठानन्द दाहालको बिगत ७ महिनाका केही झुठो प्रतिबद्धताका उदाहरण हेर्ने हो भने उनी सरकारमा एक मिनेट पनि बस्न लायक छैनन्। १ राम हरि श्रेष्ठको हत्यारालाई कार्यबाही गर्ने प्रतिबद्धता तर अभियुक्त लाई सुरक्षा र पुरस्कार ( केन्द्रिय सदस्य ) दिनु । २ प्रज्ञा प्रतिस्ठानको नियुक्ती र खारेजी । ३ कब्जा गरिएको घर जग्गा फिर्ता गर्ने प्रतिबद्धता र शुन्य कार्यान्वयन । ४ प्रचन्ड थैब को हत्यारा लाई कारबाही गर्ने प्रतिबद्धता र काम ? ५ काङ्रेसले राखेको ९ बुदे माग पुरा गर्ने सदनमा गरेको प्रतिबद्धता र शुन्य काम । ६ पशुपतीनाथको भट्ट को नियुक्ती काण्ड । ७ अपराधीको सम्रक्षण र उन्मुक्ती ८ शेनापती प्रकरण र नैतीक संकटको प्रश्न । ९ बिभिन्न आन्दोलनकारी सित गरेको सम्झौता र व्यबहार । १० जातिय र छेत्रीय द्वन्द को बीषाक्त बीउ छर्नु र उपचार नगर्नु । ११ आँफै सरकारमा हुँदा पनि आफ्ना बिभिन्न रुपका लठैत लाई सडकमा पठाएर सरकार ( आँफै ) बिरुद्ध उचाल्ने बिचित्र को निती । ११ एक स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री को हैसियत समेत भुली बिदेशी राजदुत को अगाडि निरिह र एक इमान्दार कारीन्दा जस्तो बनी देश र जनता लाई लज्जित बनाउनु, जस्ता सैयौं कारणले सरकारको नेत्रृत्वको लागि प्रचन्ड योग्य र इमान्दार देखिएनन । आफ्नो युद्ध कालिन सस्कार, अदुर्दर्सिता, असफलता, अदक्षता को दोष अरुलाई दिएर सत्तामा बसिरहन अब प्रचन्ड लाई सुहाउदैन यदी वहाँ मा राजनैतिक सस्कार र नैतिकता भन्ने तुष छ भने । इमान्दारिकताका साथ भन्नु पर्दा यो समय सरकार गिराउने र बनाउने होइन । तर झुठानन्द दाहालको एक लौटी र एकल काट्य अदुरदर्सी नितीको कारण देश को प्रजातन्त्र, मानबाधिकार, प्रेस एबम ब्यक्तीगत स्वतन्त्रता, नागरिक सर्बोच्चता, कानुनी राजको भबिस्य मात्र होइन, देश कै अस्तित्व समेत जोखिममा परेको हुँदा राष्ट्र र प्रजातन्त्रको रक्षार्थ झुठानन्द लाई सत्ता बाहिर पुर्‍याउनु को बिकल्प छैन । यदी प्रचन्ड गणतन्त्र बलियो भएको देख्न चाहन्छन र प्रजातन्त्रमा बिस्वास राख्दछन भने सत्ता बाट निस्की सहज् राजनैतिक बातावरण बनाउन सहयोग गर्नु पर्दछ ।

sanas · Apr 28, 2009 7:40 AM · 4,110 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all