Bloody maoists could never have played with nepal army if the crooks like Khadka have not deceived its own organization. Divided we fall, and united we stand. Maoists have succeeded in dividing Nepal army. Others have succeeded bringing divisions in the past. We have many crooks like this Khadka, because of the person like this Khadka, we've become a failed state. For the sake of getting power, these people are even ready to sell their own mother. सेनाका ३ पात्र खिम घले काठमाडौं, रुक्मांगद कटवाल हटाई नेपाली सेनाको दोस्रो वरीयताका कुलबहादुर खडकालाई प्रधानसेनापति नियुक्ति गर्ने माओवादी प्रयास सार्वजनिक भएपछि यी दुई जना चर्चाको शिखरमा छन् । सैनिक वृत्तमा भने दुई होइन, तीन पात्र छन् । तेस्रा पात्र हुन्, बलाधिकृत रथी छत्रमानसिंह गुरुङ । अघिल्ला दुई पात्र जस्तो राजनीतिक र कूटनीतिक 'लविङ' ले होइन, मुखैमा आउन लागेको सेनापति पद अर्कैले खोस्न लागेपछि गुरुङ चर्चित भएका हुन् । प्रधानसेनापतिले भदौ २५ मा अवकाश पाएपछि तेस्रो वरीयताका उनी त्यही पदका दाबेदार हुन् । कटवालभन्दा अगावै असार ६ मा उमेरका कारण बलाध्यक्ष रथी खडकाले अवकाश पाउँदैछन् । त्यसपछि गुरुङ नियमित प्रक्रियाअनुसार सेनापति हुन्थे । माओवादी योजनाले भने उनको अवसर धरापमा परेको थियो । सैनिक अधिकारीहरूका अनुसार दरबार सक्रिय हुँदा सहायक रथीदेखि सेनापतिका लागि 'ग्रुमिङ' गर्ने चलनले 'अब को हुने' भन्ने निश्चितजस्तै हुन्थ्यो । लोकतन्त्र स्थापनासँगै उपरथी प्रदीपप्रताप बम मल्लको म्याद नथपिएपछि बनिबनाउ रोलक्रम भत्किएर कटवाल सेनापति भएका थिए । 'नियमअनुसार सेनाभित्र भावी सेनापतिका रूपमा गुरुङलाई स्वीकारिसकिएको स्थिति थियो,' उच्च सैनिक अधिकारीले भने, 'बीचैमा राजनीतिक दाउपेचका कारण अन्योल भयो ।' सेनामा गुरुङले बलाधिकृत विभागअन्तर्गत अपरेसन, गुप्तचरी तथा तालिम हेर्दै आएका छन् भने खडका बलाध्यक्ष विभागअन्तर्गत राष्ट्रसंघीय शान्ति मिसन, प्रकृति संरक्षण र कल्याणकारीको जिम्मेवारीमा छन् । 'युद्धकार्य तथा गुप्तचरीसमेत पर्ने बलाधिकृत विभागलाई बढी महत्त्वपूर्ण मानिन्छ,' एक अधिकारीले भने, 'उनी सेनापतिको लाइनमा भएर हुनसक्छ, उनलाई त्यो विभाग दिइएको छ ।' सेनाको नेतृत्व शाह, राणा र थापालगायत सहरी उच्च वर्गबाट पहिलो पटक कटवालका पालामा अन्त्य भएको थियो । यद्यपि ओखलढुंगामा जन्मेका कटवाल दरबारको छत्रछायामा हुर्केका थिए । कटवाललाई तत्कालीन रानी रत्न शाहले ल्याएर हुर्काएकी हुन् । मातृ पल्टन पशुपतिप्रसाद गणमा रहेका कटवालले आधारभूत अधिकृत तालिम भारतको देहरादूनस्थित इन्डियन मिलिटरी एकेडेमीबाट गरेका हुन् । स्टाफ कलेज बेलायत र नेसनल डिफेन्स कोर्स -एनडीसी) पाकिस्तानबाट गरेका हुन् । स्नातकोत्तर कटवाल अमेरिकाबाट तालिमप्राप्त रेञ्जर हुन् । राष्ट्रिय सुरक्षा परिषदको पहिलो सहसंयोजक बनेका कटवालले माओवादीविरुद्ध युद्धका बेला नेपालगन्जस्थित मध्यपश्चिम पृतनाको नेतृत्व गरेका थिए । उनले सरकारविरुद्ध राजनीतिक तथा कूटनीतिक 'लविङ' गरेको रक्षामन्त्री रामबहादुर थापाले सार्वजनिक रूपमै आरोप लगाएका छन् । लोकतान्त्रिक आन्दोलनका बेला दोस्रो वरीयतामा रहेका कटवाल बलाधिकृत रथी थिए । उनलाई कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको थियो । उनलाई आन्दोलन दबाउन पद र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो । लमजुङमा जन्मेका खडकाले अधिकृत आधारभूत तालिम र स्टाफ कलेज बेलायतबाट र एनडीसी पाकिस्तानबाट गरेका हुन् । पाकिस्तानबाट आएको पहिलो एनडीसी कोटामा उनी गएका हुन् । त्यसबेला उनी महासेनानी थिए । सेनाको सबैभन्दा उच्च मानिने यस तालिममा सामान्यतः सहायक रथीहरूले भाग लिन्छन् । उच्च सैनिक अधिकारीहरू स्नातकोत्तर खडकाको सैनिक जीवन उतारचढावपूर्ण रहेको बताउँछन् । प्रायः सैनिक जनरलहरूले गर्ने प्याराजम उनले गरेका छैनन् । यद्यपि यो अनिवार्य होइन । माओवादी युद्धका बेला उनी उपत्यकास्थित भ्याली पृतनाको कमान्डमा थिए । भ्यालीपछि उनलाई सुदूरपश्चिम पृतना खटाए पनि त्यहाँ धेरै बसेनन् । उनी राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भए । उनको मातृ ब्यारेक कालीप्रसाद गण हो । लोकतान्त्रिक आन्दोलनका बेला राष्ट्रिय सुरक्षा परिषदको सहसंयोजक रहेका खडकालाई पनि उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । उनीविरुद्ध जनआन्दोलन दबाउन परिषदबाट पेस्की लिएको ३३ लाख रुपैयाँ फछ्र्योट नगरेको आयोगको प्रतिवेदनको पृष्ठ ः ५७२ -भाग २) मा उल्लेख छ । दरबार हत्याकाण्डका बेला छोरा प्रवीण खडका तत्कालीन युवराज दीपेन्द्रका अंगरक्षक थिए । अरूलाई कारबाही भए पनि बाबुकै कारण बचाएको सैनिक अधिकारीहरू बताउँछन् । तनहुँमा जन्मेका गुरुङको मातृ ब्यारेक शमशेरदल गण हो । उनले भारतको देहरादूनमा आधारभूत अधिकृत तालिम, अमेरिकाबाट स्टाफ कलेज र चीनबाट एनडीसी गरेका हुन् । स्नातक गुरुङ लोकतान्त्रिक आन्दोलनताका सुर्खेतमा रही मध्यपश्चिम पृतनाको कमान्ड सम्हालेका थिए । गुरुङ तेक्वान्दोका ब्ल्याकबेल्ट हुन् । त्यसैले उनलाई सेनाभित्र 'ब्ल्याकबेल्ट' तथा 'ट्रुआर्मी' जर्नेलसमेत भन्ने गर्छन् । नाताले बाजे पर्ने कांग्रेसका पुराना नेता बखानमानसिंह गुरुङको छत्रछायामा हुर्केका तनहुँका गुरुङ र लमजुङका खडका क्याम्पस जीवनमा ठमेलमा एउटै डेरामा बस्थे । खडका अमृत साइन्स र गुरुङ त्रिचन्द्रमा पढ्थे । सेनापति प्रकरणले सेनाभित्र नजानिँदो पाराले मनोमालिन्य बढाएको छ । सैनिक अधिकारीका अनुसार जनजाति जर्नेलहरू आफ्नो समुदायमा पहिलो पटक आउन लागेको सेनापतिको पदमा पनि राजनीतिक षड्यन्त्र हुन थालेको गुनासो गर्छन् । हाल पैदल सेनातर्फ उपरथीहरू राम गुरुङ, डम्बर गुरुङ, अनन्तबहादुर थेवे, दमनबहादुर घले र शिवराम प्रधान जनजाति समुदायबाट आएका हुन् । अन्य उपरथीमा अनिलजंग थापा, गौरवशमशेर राणा, तोरणबहादुर सिंह, नेत्रबहादुर थापा, नेपालभूषण चन्द र केशवराज महतलगायत छन् । सेनाका जर्नेलहरूको राजनीतिक र कूटनीतिक चलखेल कटवाल र खडकाबीच देखापरेको द्वन्द्वका क्रममा सार्वजनिक भएको हो । प्रायः सैनिक अधिकारीहरू न सेनापति कटवालको सरकारसँग निहुँ खोजाइप्रति सन्तुष्ट छन् न खडकाको सेनापति बन्ने लालचासँगै । 'माओवादी यही चाहन्थ्यो, सेना मानसिक रूपमै विभक्त होस् र डिमोरलाइज होस्,' एक उच्च सैनिक अधिकारीले भने, 'यसमा कटवालको आडम्बर र खडकाको राजनीतिक चलखेलले महत्त्वपूर्ण भूमिका खेल्यो । यसको नतिजा संस्था र राष्ट्रले चुकाउनुपर्छ ।' Posted on: 2009-04-24 19:40:27 window.google_render_ad();
paasa7 · Apr 27, 2009 11:38 AM · 14,112 views
I am also surprised that Prachanda le Katawal lai janaandolan ko doshi bhanera sambodhan garcha time time ma.. haha.. teti bela ta pyar jung thapa ho ni coas.. haina ra?
commando · Apr 27, 2009 11:47 AM
ho ho yesta chor lai court marshall garnu parcha
purushotam64 · Apr 27, 2009 3:44 PM
I hope this is the start for the downfall of maoists, and the culprits like Khadka will be punished for deceiving his own mother. I hope all the disintegration instigated by maoists will come to end. I wish there'll no longer be any news about the federalism. May be we need army coup to destroy the maoists before the other parties can take over.
paasa7 · May 3, 2009 9:26 AM
सुरुदेखि नै विवादित रथी खड्काको विगत २०-वैशाख-२०६६,आइतवार माओवादीका मन्त्रीहरूमात्र सम्मिलित हिजोको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रधानसेनापति रुक्मांगद कटवाललाई अवकाश दिएर दोस्रो वरीयताका बलाधिकृत रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेको छ। तर यसरी कायममुकायम तोकिएका रथी खड्काको विगत भने विवादित भएको तथ्य प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार १८ वर्षअघि नै नेपाली सेनाको बेइज्जत गरेको आरोपमा कारबाहीका लागि सिफारिस गरिएका रथी खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीको पत्र थमाएका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली सेनाको नेतृत्व गर्दै लेबनान पुगेका खड्काले राष्ट्रसंघले उपलब्ध गराएको सामान बिक्री गरेको आरोपमा उनलाई मिसनले 'इम्यारोल क्राइम' को अभियोगमा 'पेनकिलर' घोषणा गरी समयावधि अगाडि नै नेपाल फिर्ता पठाएको थियो। शान्ति सेनाको ब्यारेकभन्दा तीन–चार घन्टा टाढा राजधानी बेरुतमा राष्ट्रसंघको नीलो ट्रकमा नीलो टोपी, नेपाल अंकित कम्ब्याटमै अनाधिकृत रूपमा सामान बिक्री गरेको समाचार त्यहाँको प्रख्यात दैनिक बेरुत टाइम्सले तस्बिरसहित प्रकाशित गरेपछि खड्कालाई मिसनले 'पेनकिलर' घोषणा गरी फिर्ता पठाएको हो। १५ अक्टुबर, १९९० दिन मिसनका तत्कालीन बिग्रेडियर जनरल जेके कोनरेटले खड्कालाई 'पेनकिलर' घोषणा गरेका हुन्। सैनिक स्रोतका अनुसार सामान्यतया संयुक्त राष्ट्रसंघले 'पेनकिलर' घोषणा गरेपछि शान्ति मिसनमा त आजीवन अयोग्य ठहरिन्छन् नै, सम्बन्धित देशले पनि बर्खास्त गर्दै आएका छन्। १० फ्रेबुअरी, १९९० देखि १० सेप्टेम्बर, १९९० सम्मको समयावधिसम्म मिसनको नेतृत्व गर्ने जिम्मा पाएको खड्कालाई १५ अक्टुबर, १९९० को केही सातापछि नेपाल फर्काइएको थियो। यता, सहयोगको सामग्री बेचेर मुलुकको 'बेइज्जत' गरेपछि खड्कालाई तत्कालीन उपरथी गडुलशमशेर जबराले कोटमार्सल गरी कारबाही प्रक्रिया चलाई बर्खास्त गर्न आदेश दिएका थिए। तर कालीबहादुर गणको पालो मिचेर शान्ति मिसनमा गएका खड्कालाई उनै गडुलशमशेर प्रधानसेनापति भए पनि कारबाही भने गरेनन्, पछि सोको गुण तिर्न खड्का भीसीडी उपहार दिन गडुलको घरमा गएका थिए, स्रोतले भन्यो। 'इम्यारोल क्राइम' को अपराधमा 'पेनकिलर' घोषित खड्कालाई कारबाही गर्न सिफारिस गरिएको पत्र पनि तत्कालीन फोर्स कमान्डर तुलबहादुर थापालाई दुई हजार तीन सय डलर घुस खुवाएर सो पत्र गायब गराउन सफल भएका थिए भने खड्काले प्रतिसैनिक जवानको सात सय ५० डलर पनि झ्याम्म पारेको अभियोग पनि खेप्नुपरेको थियो। तर रथी ऋषिकुमार तथा पूर्वप्रधानसेनापति सत्चितशमशेर राणाको आशीर्वाद पाएका खड्का कारबाहीबाट मुक्त भए। तर मिसनले कारबाहीका लागि सिफारिस गरेको पत्र युनिफिल मिलटरी पुलिस (सीएमपी शाखा) तथा पूर्वउपरथी ज्ञानजंग राणासँग अझै पनि सुरक्षित रहेको सैनिक स्रोतको दाबी छ। खड्काले बेरुतमा मुलुकको बेइज्जत गरेको घटनाको बारेमा १४ पुस, २०४६ को 'सिपाही' पत्रिकामा पनि प्रमुख सेनानी इन्द्रबहादुर कार्कीले लेखेका छन्। भलायाखर्क, लमजुङमा जन्मेका खड्का हाल गोल्फुटार, महाराजगन्जमा बस्छन्। राष्ट्रसंघीय शान्ति मिसन, प्रकृति संरक्षण, कल्याणकारी कार्य, युद्धकार्य, गुप्तचर विभागलगायत हेर्दै आएका खड्काले आधारभूत अधिकृत तालिम, स्टाफ कलेज बेलायतबाट र एनडीसी तालिम पाकिस्तानबाट लिएका छन्। महासेनानी तथा रथीले अनिवार्य रूपमा गर्नुपर्ने प्याराजम तालिम भने उनले लिएका छैनन्। यता, उनका छोरा प्रवीण खड्का राजदरबार हत्याकाण्डका बेला युवराज दीपेन्द्रका एडीसी थिए भने हाल उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बुझिएको छ। खड्का माओवादी युद्धकालमा उपत्यका पृतनापति थिए भने लोकतान्त्रिक आन्दोलनको समयमा राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक रहेका थिए। जनआन्दोलन दबाउन सरकारी ढुकुटीबाट लिएको ३३ लाख रुपैयाँ फर्स्यौट नगरेकोलगायत अन्य आरोपमा सैनिक ऐन २०१६ को दफा ३७ बमोजिम कारबाही गर्न रायमाझी आयोगले सरकारलाई आदेश दिएको थियो। तर जनआन्दोलनको दोषी खड्कालाई 'जनताको खरो पक्षपाती' माओवादी मन्त्रिपरिषद्ले अवैध बाटोबाट हिजो फूलमाला लगाइदिएको छ। २०२८ असोजमा नेपाली सेनामा भर्ना भएका खड्का आफूभन्दा दुई महिना पछाडि अर्थात् मंसिरमा नेपाली सेनामा प्रवेश गरेका छत्रमान गुरुङको पालो मिचेर प्रधानसेनापति भएपछि गुरुङको प्रधानसेनापति बन्ने मौका गुमेको छ। ठमेलको एउटा डेरामा बसेर खड्का अमृत साइन्स कलेजमा पढ्थे भने गुरुङ त्रिचन्द्रमा, तर अहिले आँपचौर मिसन स्कुलका सहपाठी डा.बाबुराम भट्टराईलाई साथ लिएका खड्काको आगामी दिन त्यति सहज नहुने विश्लेषकहरू बताउँछन्। उनलाई कायममुकायम नतोकिएको भए आगामी जेठ ७ मा खड्का, २५ भदौमा कटवालले अनिवार्य अवकाश पाउँदै थिए। त्यसपछि गत असोज ४ मा उपरथीमा पदोन्नति भएका छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुँदै थिए। तर माओवादी निर्णयका विरुद्ध अन्य राजनीतिक दलले वैकल्पिक सरकार बनाए भने यो निर्णयमात्र परिवर्तन हुनेछैन, उनीमाथि कोर्टमार्सलसमेत लगाउने बुझिएको छ। -- Tarun http://www.weeklynepal.com/ind...
paasa7 · May 4, 2009 11:38 AM
खड्कालाई कोटमार्सलको तयारी माओवादीकै भए पनि सेनापति बनेरै छाड्ने प्रयास असफल भएपछि जर्नेल कुलबहादुर खड्काले सैनिक मुख्यालयमा कुरा गरेर समय बिताउने साथी पनि पाउन छाडेका छन्। बरू उनलाई दाङ घटनाका लागि माओवादीलाई सूचना, स्केच र हतियार संख्याको सूचना दिएको पुष्टि गर्दै 'कोर्टमार्सल' लगाउने तयारी भएको सूचनाले छट्पटाहट सुरु गरेको छ। लामो समयसम्म एयरपोर्टस्थित इन्जिनियरिङ विभागको कमान्ड सम्हालेका खड्कालाई देशभरिको इन्जिनियरिङ सूचनाको राम्रो जानकारी भएको बताइन्छ। तत्कालीन दाङ ब्यारेक प्रमुख नरेन्द्र उप्रेतीले त्यस प्रकरणलाई पुष्टि गरिदिए भने उनका लागि बुढेसकालमा कोर्रा खाएर जेल बस्नुभन्दा राजीनामा दिएर विदेश पलायन हुनु उपयुक्त हुन्छ, एकजना कर्णेलले तरुणसँग भने। खड्काको शंकास्पद गतिविधिले मुलुकको राष्ट्रिय सेना क्षतविक्षत हुने र मुलुकमा विदेशी सेनाले परेड खेल्ने चिन्ताले ९० हजार फोर्सको नेपाली सेनालाई संकटग्रस्त बनाएका बेला अघिल्लो साताको पीएसओज बैठकमा घले थरका एक अधिकृतले तत्काल कोर्टमार्सल लगाउन प्रधानसेनापतिलाई सुझाव दिएका थिए भने केहिले गम्भीर घटना घट्न सक्ने संकेततर्फ सचेत गराएपछि कटवालले उनीमाथि कुनै घटना घटे आफूमाथि दोष आइलाग्ने हुँदा संयमित रहन निर्देशन दिएका थिए। तर खड्का भने आश्वस्त हुन सकेका छैनन्, उनको पारिवारिक स्रोतले भन्यो– 'रातमा पनि बर्बराउनु हुन्छ।' पीएसओजलगायत कुनै पनि बैठकमा सहभागी हुने आँट नगरेका खड्का बिहीबार कार्यालय छिर्दै छिरेनन् भने शुक्रबार १२ बजे पुगेर दुई घन्टापछि लुसुक्क बाहिरिएका थिए। सेकेन्ड लेफि्टनेन्टबाट सेनामा छिरेका खड्काले दरबारका तत्कालीन सैनिक सचिव ऋषिकुमार पाण्डेको मन जितेपछि उनलाई पाण्डेको व्यक्तिगत जग्गा कारोबार हेर्ने जिम्मेवारी पनि दिइएको थियो। मुटु रोगका कारण प्यारासुट टे्रनिङ नलिएका खड्काको चेकजाँचमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। त्यो समय उनले जग्गा व्यापारको लागि खर्च गरेका थिए। विद्रोही लडाकुको समेत नेतृत्व गरिरहेको एकीकृत माओवादीको एकल सरकारले जर्नेल कुलबहादुर खड्कालाई 'कायममुकायम सेनापति' नियुक्त गरेपछि उनले आफ्नो सुरक्षाका लागि सशस्त्र प्रहरी गुहारेका छन्। सेनापति बन्ने चाहना राखेर विगत एक वर्षदेखि राजनीतिक लबिङमा निक्कै सक्रिय जर्नेल खड्कालाई माओवादीले नियुक्त गरेपछि भने उनी आफ्नो पुरानो निवास रहेको गोल्फुटार असुरक्षित ठानी बुढानीलकण्ठस्थित घरमा बस्दै आएको सुरक्षा स्रोतले बताएको छ। गत वैशाख २१ गते नियुक्ति बुझेर सैनिक मुख्यालय पुग्दापुग्दै सशस्त्र प्रहरीलाई फोन गरी जुनसुकै परिस्थिति आउन सक्छ, मलाई सहयोग गर्नुहोला भन्दै व्यक्तिगत सुरक्षाका लागि पनि आग्रह गरेपछि नेपाली सेनामा ठूलै गडबडी हुने लख काटिएको थियो, एकजना एआईजीले तरुणसँग भने। नियुक्तिपत्र पाएकै दिनदेखि सेनापति कटवाललाई खेदेर कमान्ड सम्हाल्ने उनको योजनामा सहपाठी दीपक गुरुङ र शिवराम प्रधानबाहेक अरु नदेखिएपछि उनी वाईसीएल, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा राति १२ बजेदेखि नै कमान्ड सम्हाल्ने टुंगोमा पुगेका पनि हुन्। आफ्नो स्वार्थका लागि सिंगो सेनालाई प्रचण्डको शब्दमा 'राजनीतीकरण' गर्न तयार खड्काले नेपाली कांग्रेसका नेता डा. रामशरण महत र पार्टी सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालालाई प्रयोग गर्दै आएका हुन्। पुत्री कोइरालाको छोरीको विवाहमा उनले निक्कै ठूलो आर्थिक सहयोग जुटाइदिएका थिए भने निमन्त्रणा कार्ड बोकेर जर्नेल खड्का आफै विभिन्न ठाउँमा खटिएका कारण सुजाता उनको पक्षमा खुलेर लागेकी हुन््। पार्टी र देश भाँडमा जाओस्, आफ्नो स्वार्थ पूरा गरी छाड्ने कोइराला प्रवृत्ति डा.महतले चाहिँ पच्छाउन सकेनन्। नेपाली सेनाका जर्नेलहरूमध्ये सबैभन्दा धनाढ्य मानिने खड्काको काठमाडौंमा सानदार चारवटा बंगला, करिब पाँच सय रोपनी जमिन र ३०/३५ करोड रुपैयाँ नगद र दुई/चार करोडको सुन र हीरा रहेको बताइन्छ। हुन पनि प्रदीपप्रताप बम मल्ल, गोविन्द गुरुङ, गजेन्द्र लिम्बूहरूलाई फाल्न प्रतिव्यक्ति ५० लाख रुपैयाँ खर्च गरेका खड्काले यूएनको कारबाहीबाट मुक्ति पाउन सीबी गुरुङलाई ५० तोला सुन उपहार टत्र््कयाएको खड्कासँगै काम गरेका इन्जिनियरिङ विभागका पूर्वमेजर नारायण ढकालले बताउने गरेका छन्। जसको सत्ता उसैको चाकरीमा अभ्यस्त खड्कालाई दाङ घटना घटाउन सहयोग पुर्यााएकोमा पुरस्कृत गरिएको हो वा अवसरवादी चरित्र उपयोगमात्र गरिएको हो, स्पष्ट हुन बाँकी नै छ। -- TARUN http://www.weeklynepal.com/ind...
paasa7 · May 13, 2009 10:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion