एक महिनामा 2,17,000 वटा SMS??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकाका दुई जना साथीहरुले एक महिनामा एक-अर्का लाई 2,17,000 वटा SMS पठाएका छन। Central Pennsylvania का २९ वर्षिय Nick Andes र ३० वर्षिय Doug Klinger यसरी पठाएको SMS को बिल नै २६,००० डलर आएको थियो जुन थाहा पाएर उनीहरु आफै अचम्मित बनेका थिए। हुन त उनीहरु Berks Technical Institute मा आए देखी नै SMS पठाउने गर्दथे तर यती धेरै SMS पठाएको भने यो पहिलो अवसर हो। यस अघी भारतका दिपक शर्माले सन् २००५ मा एक महिनामा १,८२,००० वटा SMS पठाएका थिए जुन भन्दा यो हजारौं ले नै बढी छ।  उनीहरुले आफ्नो मोबाईल बाट एकै पटक धेरै SMS जान सक्ने बनाएर  यसरी एक-अर्का लाई SMS गर्न थाले। "कुनै कुनै SMS मा त 'LOL', 'HELLO' मात्र पनी लेखिएको हुन्थ्यो र धेरै SMS हरु एकै प्रकारका पनी हुन्थे" Nick Andes भन्छन। टोटल SMS मा Nick Andes ले १,४०,००० भन्दा बढी र Doug Klinger ले ७०,००० भन्दा बढी SMS पठाएका थिए। यो रेकर्ड लाई गिनिज बुक अफ वर्ल्डस रेकर्डले भने प्रमाणित गरीसकेको छैन।

aficionado · Apr 27, 2009 4:40 AM · 1,842 views

1 Reply

Waste of time. Good for them.

NayaSadak · Apr 27, 2009 1:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all