***dhoti le moj garyo***

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

किरण भण्डारी, काठमाडौं, वैशाख १३- विदेश भ्रमणमा लोभिएको आरोप खेपिरहेका परराष्ट्रमन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद्को स्वीकृति नलिई तीन साता लामो यात्रामा निस्किएका छन्। असंलग्न राष्ट्रको सम्मेलनमा भाग लिन शनिबार साँझ पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै यादव क्युवाको राजधानी हवाना उडेका छन्। यादवको टोली सोमबार सुरु हुने चारदिने सम्मेलन सकेर युरोप र अमेरिकाका एक दर्जन सहर घुम्ने कार्यक्रम छ। क्युवा ब्राजिल क्यानडा फ्रान्स डेनमार्क नर्वेलगायत मुलुक भ्रमण सूचिमा छन्। उधारो टिकटमा विदेश उडेको यो टोलीले दैनिक भ्रमण भत्ता होटल भैपरी खर्च नियमभन्दा बढी पेस्की लिएको परराष्ट्र स्रोतले बताएको छ। 'सहसचिव, उपसचिव, पीए र अन्य सदस्यले पनि मन्त्री सरहै पेस्की लिएका छन', परराष्ट्रका एक सहसचिवले भने 'मन्त्री नै गतिछाडा भएपछि हाम्रो के लाग्छ !' मन्त्री वा सचिवले दैनिक भ्रमण भत्ता २ सय देखि २ सय ५० डलर र होटल खर्चबापत अधिकतम ५० डलर पाउँछन्। सहसचिव र मातहतका लागि दैनिक र होटल खर्च अधिकतम १ सय ५० डलर तोकिएको छ। तर यो टोलीका पाँचै सदस्यले मन्त्रीसरहै पेस्की लिएको जानकारी स्रोतले दिएको छ। भ्रमणको अवधिले खर्च मात्र बढाएको हो तर मन्त्रीपरिषद्को अनुमोदन नै नगराई सरकारी प्रतिनिधिमण्डल अनधिकृत तवरमा विदेशिएको भन्दै झन् आलोचना भएको छ। अरु त अरु यादवको विदेश भ्रमण मोहबाट उनी अध्यक्ष रहेको मधेसी जनअधिकार फोरमका नेतासमेत सन्तुष्ट छैनन्। 'नेपाल असंलग्न आन्दोलनको सुरुदेखि संलग्न भएकाले क्युवा भ्रमण सान्दर्भिक छु फोरमका नेता शरदिसंह भण्डारीले भने 'अन्य मुलुकको कार्यक्रमबारे म यसै भन्न सक्दिनँ।' भ्रमण लामो-छोटोभन्दा पनि मन्त्रिपरिषदबाट अनुमोदन नै नगराई जानुलाई भण्डारीले आपत्तिजनक र गम्भीर ठानेका छन्। 'जुन मन्त्री जस्तो कार्यक्रममा गएपनि मन्त्रिपरिषद्कै प्रतिनिधित्व गरेर जाने हो' पाचायत र प्रजातन्त्रकालमा पटक पटक मन्त्री रहिसकेका उनले भने- 'त्यो नै नभएपछि राष्ट्रिय प्रतिनिधित्व नभएजस्तो हुन्छ।' मन्त्रीलगायत उच्च ओहोदाका अधिकारीले निजी खर्चमा विदेश भ्रमणमा जाँदा समेत सरकारको अनुमति लिने प्रचलनको स्मरण गराउँदै उनले राष्ट्रिय जिम्मेवारीमा रहेका व्यक्तिहरु स्वयं यसमा सचेत हनुपर्ने बताए। 'प्रधानमन्त्रीको व्यस्तताले गर्दा मन्त्रीपरिषद्बाट अनुमोदन गराउन अनुकुल नमिलेपछि मन्त्रीज्यूले विदेश नजाने निधो गर्नुभएको हो' संचारका एक सहसचिवले भने- 'मन्त्रीले सचिवलाई जान भन्नुभयो तर हाइ प्रोफाइल कार्यक्रममा आफू मात्र जानु घुमाइ मात्र हुने भन्दै उहाँले पनि लोभ देखाउनुभएन।'

sYaKuuRiolAKU_nchImb · Apr 26, 2009 10:12 AM · 13,170 views

3 Replies

Saala Dhoti!!!

SaagRaSisnu · Apr 26, 2009 10:18 AM

paakhe khaate mantri haru. kahile kehi dekhya, garya bhaye po manchhe lai laalach kam hunchha. thauma pugna paayepachhi adhikaar misuse garne purano bani hamra khaate paakhe mantri/netaharuko. harey, yo desh ko haalat... Last edited: 15-May-09 11:41 PM

pret aatma · Apr 26, 2009 10:41 AM

Idiot minister !

ANS · Apr 26, 2009 11:28 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all