चुरोट खाएर बाँकी रहेको पछाडीको भाग जम्मा पारेर आफ्नो गुँड बनाउने बानी भएको भँगेराको कारण एउटा पसलमा आगलागी भई २ लाख ५० हजार पाउण्ड बराबरको क्षती हुन पुगेको छ। Leasingham, Lincolnshire मा Crescent Stores चलाई रहेका Paul Sheriff को पसलमा यसरी आगलागी भएको थियो। तर अनुषन्धानको क्रममा उनको पसलमा बिद्युत वा ग्याँसको कारणले आगलागी नभएको पत्ता लागेको थियो र करीब ६ हप्ता पछाडी उनले बिमा गराएको कम्पनीमा अनुषन्धानकर्ताहरुले आफुहरुले त्यहाँ ३५ वटा चुरोटको ठुटाहरु भेटेको बताएका थिए। Paul Sheriff आफु चुरोट नखाने भएकाले अनुषन्धानकर्ताहरुले भँगेराले आफ्नो गुँड बनाउन ल्याएको चुरोटको ठुटाहरुको कारण आगलागी भएको निष्कर्ष निकालेका थिए। यस्तो कुरा थाहा पाए पछी बिमा गर्ने कम्पनीका कर्मचारीहरु पनी अचम्ममा परेका थिए, उनीहरुको भनाई थियो "हामीहरुले यस्तो घटना कहिल्यै थाहा पाएका थिएनौं र यती सानो कुराले यस्तो क्षती पुर्याउँछ भनेर त कहिल्यै विचार पनी गरेका थिएनौ।
aficionado · Apr 26, 2009 1:55 AM · 1,829 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion