KFC र Pizza Hut अब नेपालमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  फास्टफुडका पारखीका लागि यसपालिको दशैमा थप रौनक थपिने भएको छ । संसारभर स्वाद चखाएको फास्टफुड रेस्टुरेन्ट चेन रहेको केएफसी र पिज्जा हट नेपाल छिर्न लागेको हो । दरबारमार्गको अन्नपूर्ण कम्प्लेक्समा यी बहुराष्ट्रिय स्वाद पाइनेछ । ‘यी दुई रेस्टुरेन्ट कम्प्लेक्सको पहिलो र दोस्रो तलामा रहनेछन्,’ रेस्टुरेन्ट खोलिने सम्बद्ध एक अधिकारीले भने । यी दुई कम्पनीलाई नेपालमा आरजेकर्पसले नेपाल भित्र्याउँदैछ । कर्पस नेपालमा पेप्सिकोलाको उत्पादन गरिरहेको बरुण वेभरेजको लगानीकर्ता हो । भारतमा पनि केएफसी र पिज्जा हटको जे कर्पस नै फ्रान्चाइज हो । नेपालमा पहिलोपटक भित्रिन लागेको केएफसीसँगै पिज्जा हटको स्वाद पनि नेपालीका लागि नयाँ हुनेछ । यम ब्रान्डअन्तर्गत पिज्जा हटका ९१ देशमा १२ हजार पाँच सय आउटलेट छन् । संसारको सबैभन्दा ठूलो चेन भएको यो फास्टफुडका भारतमा मात्रै ३६ सहरमा १ सय ३७ आउटलेट छन् । आरजे कर्पस पेप्सी कम्पनीको ठूलामध्येका एक फ्रान्चाइज हो । जसले नेपाल/भारतलगायत अपि|mकामा पेप्सीको उत्पादन एवं बिक्री वितरण गरिरहेको छ । हालै यो समूहले नेपालमा हाउजिङ व्यवसायमा पनि हात हालेको छ । धापासीमा निर्माण भइरहेको पार्क भ्यु होराइजन यसै समूहको लगानी छ । ‘केएफसी र पिज्जाहट नेपाल आउनु स्थानीयलाई मात्र नभई पर्यटन उद्योगका लागि पनि खुसीको खबर हो,’ होटल संघ नेपालका अध्यक्ष प्रशिद्धबहादुर पाण्डेले भने, ‘पर्यटकले आफ्नो स्वाद यहाँ पनि पाउनेछन् ।’ अमेरिकाको केन्टुकी राज्यका एक जना कर्नेल हार्नल्ड स्यान्डर्सले सुरुवात गरेको केन्टकी फ्राइड चिकेनको छोटो रूप केएफसी संसारभर रुचाइएको तारेको चिकेन हो । १९५२ मा सुरु गरिएको केएफसीले सुरुमा चिकेन र सलाद स्थानीयस्तरमा बेच्थ्यो । कर्नेल स्यान्डर्सले सुरु गरेको यो कम्पनी अहिले तीन जना व्यवस्थापक हुँदै पेप्सी कम्पनीको हातमा आइपुगेको छ । जसलाई यम ब्रान्ड नाम दिइएको छ । विभिन्न स्वादका चिकेन बेच्दै आएको केएफसीको चिकेन पकाउने हातले लेखिएको सूत्र भने केन्टुके मुख्यालयमा गोप्य रूपमा राखिएको छ । जसको जानकारी दुई जना उच्च व्यवस्थापकलाई मात्र रहने व्यवस्था छ ।

bhunte ko bau · Apr 24, 2009 8:39 PM · 179 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all