आजको कान्तिपुरको अग्रलेखमा नेपाली राजनीतिमा माओवादी रूपी जत्थाको घिन लाग्दो नाङ्गो नाच र पर्यो भने 'कू' गरेर माओवादीको प्रतिकार गर्ने नेपाली सेनाको योजना रहेको कुरा पढ्न पाइयो । सैनिक कू कुनै मानेमा हामीले प्रशंशा गर्न योग्य कुरा हैन तर , जुन कुराहरू अहिले हाम्रो समक्ष आए तिनलाई केलाउँदा के मान्न करै लाग्छ भने, माओवादीले अब सेनालाई नियन्त्रणमा लिन सके जे पनि गर्न सकिन्छ भन्ने सोच राखेको रहेछ । यो उसको अतिवाद लाद्ने योजना अनुरूप भएको देखिन्छ किनभने , अहिले नेपालमा सेनाले सामन्य स्थतिमा स्ता लिन खोज्ने परिस्थति थिएन र छैन । तर ३० वर्षे योजना लगाएर सेनाको टप ब्रासलाई अवकास दिने, माओवादी छापामार र कमाण्डरलाई घुसाएर सेनाको माथिल्लो हाइरार्कीमा उनीहरूलाई आउने समयमा सेनापति हुने गरी स्थापित गर्न खोज्ने माओवादी योजना कुनै पनि मानेमा राम्रो नियतले आएको कुरा मान्न सकिने आधार नै छैन । उसको योजना प्रष्ट देखिन्छ; hook or crook आफ्नो जनगणतन्त्रको एजेण्डा मुलुकमा लाद्ने । यसो गर्नु थिएन भने , सामन्य रूपमा चलिरहेको मुलुकको शासन व्यवस्था र संविधान निर्माण गर्ने कार्यलाई प्रथामिकतामा राख्न छाडेर, ३ महिनामा आँफै अवकास पाउने सनापति कटुवालसंग पौँठाजोडी खेल्ने रहरमा लाग्नु परेको थियो त , माओवादीको कुबुद्दिलाई ? रुक्मागत कटुवालको 'कू' र माओवादीको सेनालाई 'कुलबहादुर कू' मा बदल्ने योजनाको तुलना गर्दा , रुक्मागतकको 'कू' असल हुनसक्छ । किनभने , माथिको समाचार अनुसार र आजको कान्तिपुरमा अखिलेसले लेखेको समाचार अनुसार , रुक्मागतलाई पर्यो भने मारेर भए पनि सेनामा कुलबहादुरलाई सेनापतिमा स्थापित गराउने माओवादी योजना रहेछ । साथै यसो गरिसकेपछि कुलबहादुरले माओवादीका पासाङलाई आँफू पछिको रोलमा स्थापित गराएर नेपाली सेनालाई माओवादीको झोलामा पुर्याउने योजना रहेछ । यस्तो स्थितिको छनक पाएपछि, सेनामा खलबली मचिनु स्वाभाविक हो र अन्य राजनैतिक वृत्तमा माओवादीको कुत्सित योजनाको बिरोध हुनु स्वाभाविक हो किनभने यो योजना माओवादीले देशलाई पूर्ण रूपमा आफ्नो एउटा पार्टीको नियन्त्रणमा लिने योजना अनुरूप बनेको देखिन्छ । यही योजना हो भने जति नै अप्रिय लागे पनि , कुनै पनि लोकतन्त्रवादीले यी २ वटा उत्तिकै नमीठा विकल्प बीचबाट रुक्मागतको कू लाई उचित ठान्नु पर्ने स्थिति आउँदथ्यो । कमसेकम रुक्मागतको 'कू' ले केही समय पछि बांग्लादेशको तरिकाले दलहरूको सरकार स्थापना गराउने आशा गर्न सकिन्थ्यो भने , 'माओवादी र कुलबहादुरको कू' ले हाम्रो नेपाललाई अर्को उत्तर कोरिया बनाउने निस्चित रहेछ , हैन र ?
sumedhu · Apr 24, 2009 5:08 AM · 2,665 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion