Finally safelanding the political crisis. माओवादी किन पछाडि सर्यो ? सुधीर शर्मा काठमाडौं, वैशाख १० - आफैंले थालेको सेनापति प्रस्टीकरण प्रक्रियाले सत्तारूढ माओवादीलाई विषम परिस्थितिमा पुर्याएको छ । प्रधानसेनापति रुक्मांगद कटवालमाथि कारबाही गर्दा थेग्नै गाह्रो हुने राष्ट्रियरअन्तर्राष्ट्रिय दबाबको जोखिम छ भने नगर्दा असन्तुष्ट पार्टी पंक्तिलाई सम्हाल्न सजिलो छैन । यो प्रकरण अब रक्षा मन्त्रालय वा सरकारको दायराभित्र मात्र रहेन, यसले राष्ट्रिय रूप लिँदै राष्ट्रपति र अन्य राजनीतिक दलको चासो आकषिर्त गरेको छ । भारतलगायत अन्तर्राष्ट्रिय शक्तिको समेत निकट सरोकारको विषय बनेको छ । पूर्वनिर्धारित निर्णयविपरीत माओवादी पछाडि हट्नुको मुख्य कारण यही देखिन्छ । उच्च स्रोतअनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत केहीले मध्यस्थको भूमिका नखेलेको भए मुलुक दुर्घटनाको मुखमा पुगिसकेको थियो । माओवादी नेतृत्वको सरकार बुधबार बिहान कटवाललाई कारबाही गर्ने टुंगोमा पुगिसकेको थियो भने सैनिक नेतृत्व त्यसलाई अवज्ञा गर्ने मनस्थितिमा थियो । मंगलबार दिउँसै मन्त्रिपरिषदले सेनापतिका सम्बन्धमा निर्णय लिन लागेको थियो । त्यस्तो निर्णय नलिन र लिए परिणाम राम्रो नहुने कूटनीतिक चेतावनीसहित भारतीय राजदूत राकेश सुदले अपराह्न बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय धारणा सुनाएपछि बैठक तत्काललाई स्थगन गरियो । यसअघि सोमबार बिहान पनि उनले दाहाललाई भेटेर यस्तै धारणा सुनाएका थिए ।
nepalitexan1 · Apr 23, 2009 1:14 AM · 1,953 views
Dear Sajha Pals, It could have been a major conflict between Nepal Army and Maoist Army if Kauwal had been thrown out by the Maoist government. I read that Katuwal was in the mood of disobeying the goverment's decision and commanding the Nepal Army to be ready for unexpected situations. I am glad that it couldn't happen because of national and internationl pressure. Any respond about this possible political crisis???
nepalitexan1 · Apr 23, 2009 4:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion