नेपालमा ग्रीह युध्धको तयारी हुँदैछ जातीय संगठन लडाकु दस्ता बनाउँदै विनोद भण्डारी/रमेशचन्द्र अधिकारी धनकुटा, पूर्वी पहाडी जिल्लामा आन्दोलनरत विभिन्न जातीय संगठन यतिबेला लडाकु दस्ता र सेना गठनमा व्यस्त छन् । अरुण पूर्वका पहाडी ९ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै लिम्बुवान र खम्बुवानका नाममा विभिन्न ९ जातीय संगठन आन्दोलनरत छन् । ती सबै संगठनले विभिन्न नाम दिएर लडाकु दस्ता गठन गर्न लागेका हुन् । उनीहरूले नयाँ संविधानमा जातीय राज्यको ग्यारेन्टी नगरिए सशस्त्र विद्रोह गर्ने चेतावनी दिएका छन् । दोस्रो जनआन्दोलनपछि खोलिएको पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद् -लिङदेन) संघीय लिम्बुवान राज्य परिषद् -पालुवाङ) पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्च, डेमोक्रेटिक प|mन्ट, खम्बुवान स्वायत्त मञ्च, लिम्बुवान राष्ट्रिय परिषद् र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायतका संगठनहरू अहिले लडाकु दस्ता र सेना गठनमा व्यस्त छन् । यी संगठनबाहेक जनवादी वर्कर्स पार्टीले पहाडी क्षेत्रमा 'सशस्त्र युद्ध' गर्दै आएको छ । स्वतन्त्र लिम्बुवान राज्यको माग गर्दै आएको लिम्बुवान राष्ट्रिय परिषद्ले लिम्बुवान लिवरेसन आर्मीका नाममा १ हजार ५ सयभन्दा बढी लडाकु दस्ता तयार गरिसकेको उक्त संगठनका नेता नामसामीको दाबी छ । त्यसैगरी इन्द्रहाङ खम्बुको नेतृत्वको खम्बुवान डेमोक्रेटिभ प|mन्टले पनि खम्बुवान भोलेन्टियर्स फोर्स नामको लडाकु दस्ता बनाएको छ । प|mन्टका संयोजक खम्बुका अनुसार फोर्समा ५ सयभन्दा बढी लडाकु भर्ती भएका छन् । तिनले आवश्यक परे सशस्त्र आन्दोलन गर्ने उनले चेतावनी दिए । त्यसैगरी अरुण पूर्वका पहाडी जिल्लालाई लिम्बुवान राज्य बनाउन माग गर्दै आन्दोलनरत संघीय लिम्बुवान राज्य परिषद्ले पनि प्रत्येक जिल्लामा सय जनाका दरले पूर्णकालीन 'लिम्बुवान भोलेन्टियर्स' खडा गरेको छ । बिके कोयूले नेतृत्व गरेको खम्बुवान मुक्ति मोर्चाले खम्बुवान भोलेन्टियर्स, सञ्जहाङ पालुङवाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषद्ले लिम्बुवान भोलेन्टियर्स दस्ता निर्माण गरेर गतिविधि अगाडि बढाएका छन् । आन्दोलनरत सबै जातीय संगठनहरूमा १० हजारभन्दा बढी लडाकु दस्ता रहेको स्रोतको दाबी छ । उनीहरूले पूर्वी पहाडका सबै जिल्लामा दस्ता गठन गर्ने र सशस्त्र तालिम दिने कार्यलाई निरन्तरता दिइरहेको दाबी गरेका छन् । जातीय राज्य प्राप्तिका लागि खोलिएका विभिन्न संगठनहरूका कारण पूर्वी पहाडमा जातीय राजनीति हावी हुँदै गएको छ । जातीय संगठनहरूले जातीय सद्भावलाई कायमै राख्ने जिकिर गरे पनि उनीहरूका लडाकु दस्ताका कारण पूर्वी पहाडमा जातीय सद्भाव बिथोलिने सम्भावना बढेको जातीय राजनीतिलाई नजिकबाट हेरिरहेका पत्रकार महासंघ शाखा सभापति विजय सन्तोषी राईको चिन्ता छ ।
Maylumaya · Apr 22, 2009 10:56 PM · 7,649 views
Maylumaya · Apr 22, 2009 10:59 PM
Let's see how Maoist government will handle all these rebel forces. Probably Maoist might have understood that it was easier to carry weapons against the government than finding the solution for the country's problems. Now Maoist might be regreting why they have taught others to carry weapons. It turned back to them co-incidently. Tit for Tat.That's why people say time and situation teach everybody a good lesson.
nepalitexan1 · Apr 23, 2009 12:07 AM
मैले सपना देखेको छु। आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन। तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु। दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ। म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु। बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि, अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु। छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन । मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु। नेपालमा अब अली अली RAP पनि झार्ने छु। किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु। पैसा कमाउन खासै गार्हो हुन्न रैछ। अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु। Girlfriend मोरी छोडेर गए नि पिर छैन । अब त अर्की पट्टौन नि जानेकै छु। नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु। छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्। किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु। धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ। किन कि दिमाखको बत्ती त यहाँ आएर पो बालेको छु। चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न। असल काम मिहेनत गरेर खान पो जानेको छु । Kfc खान्छु mc Donald खान्छु । परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु। पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु। this one is dedicated to all the student, studying in abroad and to all lovely mothers of nepal.
Ramesh Kumar · Apr 23, 2009 6:39 AM
maylumaya · Apr 26, 2009 5:30 PM
Kirat Khumbuwan groups form front:- Kantipur Report DHARAN, May 1 - About half-a-dozen organisations agitating for a separate Khumbuwan autonomous state in the eastern hill districts, on Friday formed a joint front, Kirat Khumbuwan Sanyukta Morcha. A five-day gathering of theses organisations held in Dharan forged a joint front under the chairmanship of Naindra Sangam Khumbu who recently defected from Unified CPN (Maoist). "Various like minded organisations have united to step up pressure on the government for the establishment of Khumbuwan autonomous state with the right to self-determination," said Rajan Khumbu, a member of the front.
maylumaya · May 1, 2009 11:21 PM
ग्रीह युध्ध - Interesting word!! I wish it existed.
naivelyStupid · May 2, 2009 11:20 AM
good catch naivelystupid.
pacific salmon · May 2, 2009 11:48 AM
Madhesi force in Terai
Maylumaya · May 3, 2009 4:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion