सिपाहीको गाथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज मनमा हर्श छ खुशीले आँखालाई पनि भिजएछ घरबाट आमा बा को चिट्ठी आएछ पढ्नु भन्दा आघदी रुन मन लगेकोछ बन्दुकलाई ओतमा राखी बिच्यौनामा पल्टिये चिट्ठीको बोक्रा च्याती गू्दीतिर लम्किये बाले लेखनु भा रऐछ आशिर्बाद रहेछ आमाको पनि भन्नु हुन्छ कस्तो छ तलाई हामीलाई भेट्न आउछस कहिले ? युद्धमा छु म अहिले मेरा प्यारा प्राण देयी भन्न सकिन्न कहिले पो मरिने हो आफुले सत्रुलाई मार्न तम्सेझै सत्रुका गोलीले मेरै छाती पनि त तक्दोहो मर्न त यो बिरानो ठाउँमा मलाई पनि मन छैन आफुले सोचेको जस्तो नहुदो रहेछ सिपाही को जीवनमा आफ्नो मन्परी चल्दैन दशैं आउन लग्योरे बाले लेखनुभा छ भाई बहिनीका फर्मायिस पनि थपिदै गाछ यस्पली त घरमा बोको कट्नै पर्छ रे नभये छिमेकी हस्लान रे सिपाहीमा छोरो के गर्याछ चिट्ठी अघी बध्दै गयो अनी मलाई लाज लगेर आयो माथ्लो गाउँकी भुन्टी सँग मेरो बिहाको मन्जुरी नामा भयो आमाले त्यसैले सुन जोड्ने पैसा नि लिएर आ भनेर हैकम लौनुभा रहेछ आरु बिहाको सबै जदौरी आमाकै चलाऊनेरे केवल जन्ती भोज गर्ने पैसा मात्रै चाहिने रहेछ झलक्क मेरा आँखा चिट्ठीबाट बाहिर पुग्यो भित्तामा राखेको बिर्खेको फोटो ले आङ तर्सायो आस्ती भर्खर बैशाखँ बिहे गरी पल्तन आ थ्यो हिजो मरै आघाडी छातीमा गोली खायो के हाल होला त्यस्को दुलहिको योबनमै बिधुवा बन्दा मर्नु सरह हुँदो हो आउन लगेको दशैंमा बुडा फर्किने आस थियो होला तर लास घर पुग्दा कस्को मन कती खदोहो भावनामा बहदा मलाई कती डर लगेर आयो तर पनि घर बाट चिट्ठी आको छ मन आझ खुशी नै छ भोली उठि फेरी युद्ध म जानु छ भोली नै पो मरिन्छ कि त्यसैले अैलेनै यस्को जवाफ लेखनु छ मेरा प्यारा बा आमा देखी मैले चिट्ठी सुरु गरे अनी एउटा भावना म बही गजल लाई समेटे झरेको आसुँ चिट्ठीमा कोरी पठाउन मिल्दैन, मुटु जलेपनी पानी हालेर निभाउन मिल्दैन, कस्तो यो दिन आयो जिन्दगी मा, पुछेर आसु फेरी पनि आँखा नै रसाउछ, रसएको आँखा तिम्रो तस्बिर बाट हटाउन मिल्दैन मेर बा आमाको तस्बिर मैले टोपिमा राख्ने गरेको छु मर्दा पनि शिरमा मेरा बा आमा नै हुन युद्ध सकिये यस्पाली दशैंमा आउने बिचार गरेको छु नसकिये अर्को पल्ट त अवस्य आउने बाचा दिन्छु नभन्नुहोस् मलाई घरि घरि बाचा गरेर तोड्दछु यस्तैछ सिपाहीको जीवन बुझ्ने कोशीश गर्नुस् तर यस्पाली चाँही फर्किये भने गाउँमा लिङे पिङ पनि हल्नेछु तिहारमा फोड्ने पटकापनी पल्टन्बाटै लिएर आउनेछु सानो कान्छोलाई देउसी जान मादल पनि ल्याउला ठुलि कान्छीको घडी लाउने इच्छ्या पनि पुर्यौला बालाई दात दुख्छरे त्यसैले नयाँ तूथ्ब्रुश र मन्जन ल्याउछु आमाको खुट्टा गोबरले खायो रे त्यसैले गम्बुट ल्याउला तलब नथापेको तीन महिना भयो त्यसैले अहिले चिट्ठी मात्र पठाउदै छु दशैंमा घर आउने बेला भात्ता पनि पो थपिन्छ साथ मै ल्याउनेछु आहिलेलाई यतीनै लेख्दै सबैलाई सम्झेकोछु भनिदिनु भोली फेरी लढ्न जानुछ त्यसैले अब एक्छिन को लागि भएनी सुतनेछु source: - http://suste-junge.livejournal...

sathi_meroo · Apr 22, 2009 4:22 AM · 12,522 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all