अहिले संसारको सबैभन्दा लोकप्रिय खेलको रुपमा रहेको फुटबल खेल सामान्यतया १ घण्टा ३० मिनेटको हुन्छ। त्यस बाहेक थप समय को आवश्यकता अनुसार खेल केही लम्बिए पनी धेरै लामो खेल भने हुदैन। तर संसारको सबै भन्दा लामो समय सम्म चलेको फुटबल म्याचको रेकर्ड भने ३६ घण्टाको छ जुन सुन्दैमा अचम्म लाग्ने गर्दछ। ३६ घण्टा सम्म चलेको त्यस फुटबल खेलमा Leeds Badgers ले Bristol Academy लाई २८५-२५५ ले पराजित गरेको थियो। दुवै टिममा १८-१८ जना खेलाडीहरु थिए जसमा प्रत्येकले १८ घण्टा सम्म खेलेका थिए। Meningitis Trust को लागी सहयोग जुटाउन त्यस खेलको आयोजना गरीएको थियो। त्यो खेलको बारेमा लिभरपुलका भुतपूर्व स्टार Ian Rush ले त्यती बेला भनेका थिए " यि खेलाडीहरु साँच्चिकै अदभुत छन"। यस भन्दा अगाडी सबैभन्दा लामो फुटबल खेलको रेकर्ड ३३ घण्टा ३६ मिनेटको थियो।
aficionado · Apr 21, 2009 2:03 AM · 81 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion