Rukmanda aktuwal Vs rest of the jangali terrorists countdown for the fight begins
sYaKuuRiolAKU_nchImb · Apr 20, 2009 11:57 PM · 1,487 views
Right in the bulls eye प्रधानसेनापतिले स्पष्टीकरण बुझाए मंगलवार, 21 अप्रेल 2009 04:41 नागरिक समाचार 329 1 2 3 4 5 काठमाडौं, वैशाख ८ (नागरिक)- प्रधानसेनापति रुक्माङ्गत कटवालले मंगलबार बिहान सरकारले सोधेको स्पष्टीकरणको जवाफ पठाएका छन्। २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन मन्त्रिपरिषदले दिएको निर्देशन अनुसार उनले बिहान ९ : ४५ बजे प्रधानमन्त्री कार्यालयमा रहेको मुख्य सचिवको कार्यकक्षमा आफ्नो स्पष्टीकरण पठाएका थिए। नेपाली सेनाका सहायक रथी राजेन्द्रबहादुर क्षेत्रीले स्पष्टिकरण पत्र लगेर मुख्य सचिव भोजराज घिमिरेका स्वकीय सचिवलाई दिएका थिए। त्यसलगत्तै सहायक रथी क्षेत्री नेतृत्वको लागि टोलीले रक्षा मन्त्रालयमा स्पष्टीकरण पत्रको वोधार्थ बुझाएका थिए। प्रधानसेनापतिले बुझाएको स्पष्टीकरण पत्रमा नागरिक सर्वोच्चतालाई नेपाली सेनाले सदा आदर गर्ने उल्लेख छ। यसैगरी सरकार तथा संवैधानिक निकायले दिएको हरेक निर्देशन र निर्णयलाई नेपाली सेनाले मान्दै आएको व्यहोरा पनि पत्रमा उल्लेख छ। उच्च सैनिक स्रोतका अनुसार रक्षा मन्त्रालयलाई जानकारी दिएर मात्र सेनाले काम कारवाही गरेको स्पष्टोक्ति प्रधानसेनापतिले दिएका छन्। उनले बुझाएको स्पष्टीकरणमा यसअगाडि सैनिक मुख्यालयले रक्षा मन्त्रालयलाई पठाएका पत्रका व्यहोरालाई प्रयोग गरिएको छ। नेपाली सेनाले अर्थ मन्त्रालयबाट ९३ हजार सैनिकका लागि बजेट निकासा भएको र सोही अनुसार भर्ती प्रक्रिया जारी राखेको पत्रमा उल्लेख छ। वृहत शान्ति सम्झौतापछि आफू प्रधानसेनापति हुनुभन्दा अगाडि पनि सैनिक भर्ती प्रक्रिया जारी रहेकोमा आफूले त्यसलाई निरन्तरता मात्र दिएको प्रधानसेनापति कटवालले स्पष्टीकरणमा उल्लेख गरेका छन्। सैनिक भर्तीका लागि विज्ञापन आव्हानसहित हरेक निर्णय गर्दा रक्षा मन्त्रालयलाई जानकारी दिएको स्मरण उनले स्पष्टीकरणमा उल्लेख गरेका छन्। आठ व्रिगेडियर जनरललाई तत्कालका लागि काममा फर्काउने सर्वोच्च अदालतको निर्णयको वोधार्थ सैनिक मुख्यालयलाई पनि आएको र सोही अनुसार रक्षा मन्त्रलायललाई पनि जानकारी दिएर उनीहरुलाई काममा लगाइएको स्पष्टीकरण पत्रमा कटवालले उल्लेख गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितमा माओवादी लडाकुले खेलेका खेलमा भाग नलिने निर्णय सेनाको नभई त्रिभुवन आर्मी अफिसर्स क्लबको भएको स्पष्टोक्ति प्रधानसेनापतिले दिएका छन्। प्रधानसेनापतिको स्पष्टोक्तिपछि मंगलबार दिउसो मन्त्रिपरिषद्को बैठक राख्ने र त्यस बैठकमा सो पत्रका विषयमा छलफल गर्ने जानकारी मन्त्रिपरिषद् स्रोतले दिएको छ।
sYaKuuRiolAKU_nchImb · Apr 21, 2009 12:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion