जर्मनीकि चर्चित महिला पप स्टार Nadja Benaissa लाई आफुलाई HIV +ve हुनाका बाबजुद असुरक्षित यौन सम्पर्क राखेको आरोपमा हिरासतमा लिईएको छ। २६ वर्षिय No Angels ब्यान्डकि सदस्य Nadja Benaissa ले सन् २००४ र २००६ मा गरी तिन जना पुरुषहरु सँग असुरक्षित यौन सम्बन्ध राखेको जनाईएको छ जुन मध्ये एक जना अहिले एच आई भी पिडित भएको जनाईएको छ। जर्मनीकै सबैभन्दा सफल महिला ब्यान्ड मानिने No Angels को स्थापनाको पहिलो तिन वर्षमा नै ५ मिलियन भन्दा बढी एल्बम बिक्री भएका थिए। आरोपित पप स्टार लाई शनिबार Frankfurt Disco बाट गिरफ्तार गरिएको जनाईएको छ। अर्काको शरिरमा क्षती पुर्याएको आरोपमा उनी माथी मुद्दा चलाईने छ। यदी उनले त्यस्तो कार्य जारी राख्नुको साथै त्यस मानिसको मृत्यु भएमा र उनी माथीको आरोप प्रमाणित भएमा उनी ६ महिना देखी १० वर्ष सम्मको जेल सजाय हुन सक्ने छ। उनकी सन् १९९९ मा जन्मेकी एक छोरी समेत रहेकि छन।
aficionado · Apr 16, 2009 12:25 AM · 17,884 views
Beware guys!! lol
mailo bhai · Apr 16, 2009 6:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion