100mph! को रफ्तारमा सेक्स

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नर्वेको एकजना मानिसलाई प्रहरीले आफ्नो कार भित्रै आफ्नी गर्लफ्रेन्ड सँग सेक्स गरी राखेको अवस्थामा भेटेको जनाएको छ। Oslo भन्दा २५ माईल जती पश्चिममा नाम नखुलाईएको २८ वर्षिय पुरुषले आफ्नी २२ वर्षिया गर्लफ्रेन्ड सँग कार चलाउँदै गर्दा सेक्स गरेको अवस्थामा भेटिएको थियो। 100mph! भन्दा बढी तेज गतीले चलाईएको त्यस कारमा ति दुई लाई त्यस्तो अवस्थामा भेटे पछी प्रहरीले कारलाई रोकेको थियो। "त्यो मानिसले कार चलाईरहेको थियो र उसको काखमा उसकी गर्लफ्रेन्ड बसेकि थिई। उसले कार पनी चलाउँदै थियो भने सेक्स पनी गर्दै थियो यो भन्दा बढी हामीहरुले अरु केही भन्नु पर्दछ र"? त्यस घटनाको पुष्टी गर्दै एक प्रहरी अधिकारीले भने। "उसकी गर्लफ्रेन्डको शरिरले अगाडीको भाग छोपिएको थियो। हामीलाई थाहा छैन किन यस्तो खतरापूर्ण तरिकाले मानिसहरुले सेक्स गर्ने गर्दछन" उनले अगाडी भने। उसलाइ त्यस्तो हालतमा भेट्ने बित्तिकै उसको लाईसेन्स खोसिएको थियो। अब के कारबाही गर्ने भन्ने बारेमा निर्णय नभए पनी त्यस मानिसलाई हजारौं जरिवाना र सवारी चलाउन बाट प्रतिबन्धित हुन सक्ने जनाईएको छ।

aficionado · Apr 15, 2009 4:34 AM · 2,578 views

1 Reply

That is so yesterday! (too).

mR. hydE · Apr 15, 2009 1:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all