आलोक र ऋचा सम्धी-सम्धिनी लोक नेम्वाङ र नायिका ऋचा घिमिरे सम्धी-सम्धिनी भएका छन्। उनीहरू न्यु इयर इभका दिन सोमबारबाट सम्धी-सम्धिनी भएका हुन्। अचम्म नमान्नुस्। निर्देशक आलोक नेम्वाङले आफनो फिमेल कुकुर ऋचाको मेल कुकुरलाई दिएका हुन्। शुक्रबार जब आलोकले आफनो र ऋचाको कुकुरबीच बिहे गराइदिने प्रस्ताव राखे, ऋचा मरीमरी हाँसिन्। एक घण्टा उनको कुरा सुनेपछि ऋचाले सोमबँर आफनो विक्कीलाई ट्याक्सीमा हालेर आलोकको अर्पाटमेन्टमा पुर्याइन् र आलोकको स्पाइसीसँग बिहे गराइदिइन्। पार्टीनि चल्यो ट्याङ र बिस्कुटको। आलोकले विक्कीलाई घरज्वाइँ राख्न खोजे, ऋचाले मानिनन्। आलोकले पनि स्पाइसीलाई विक्कीको घर पठाएनन्। गजबको छैन त न्यु इयरको सरप्राइज? Kaledai
KAledai · Apr 15, 2009 12:08 AM · 4,438 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion