Guru Kedar Baral introduces... बराल वंस प्रतिस्ठान बराल नेपालमा मगर,क्षेत्री तथा बाहुन (ब्राम्हण) जातीमा पाइने थर हो । खास गरी नेपाली बाहुन क्षेत्री जातीका बराल हरू विश्वमित्र ऋषिका सन्तान भएको विश्वास गर्दछन । विश्वमित्र ऋषी जातको क्षेत्री भएका भएपनी पछी अध्यान, तप र कर्मका आधारमा ब्राम्हण भएका मानीनीन्छ । बराल हरू घृतकौशिक गोत्र भित्र पर्दछन। यिनी हरूसंगै नेपालको जुम्ला बाट छुट्टीएका खनाल नेपाल र सुतार कार्की समेत घृत कौशिक गोत्रमै रहेका हुन्छन । सबै भन्दा पहिला बराल नाम को शुरूवात जयभद्र बराल (कतै कतै जयन्त बराल पनी भनिएका ) बाट पाइन्छ यिनी नेपालको आछामका बासी थिए । तर नेपालमा बराल हरूको मुख्य थलो भनेको कास्की र लम्जुंग हुन मादी नदी र सेती नदीका किनारका फांट तथा गराहरूमा गुरूङ मगर तथा अन्य जाती हरू संग मिली खेती गर्नु पसुपालन गर्नु यिनीहरूको मुख्य पेशा थियो । कास्कीमा हांसु बरालको इतिहासमा समेत चर्चा पाइन्छ । हाल बराल हरू नेपालमा एक लाखाको हाराहारी संख्यामा रहेक़ो अनुमान गरिएको छ र नेपालका झण्डै पैतिस जिल्लामा बसोबास गरिरहेका भेटीन्छन भने नेपाल बाहेक बृहत नेपालको अंगका रूपमा रहेका तर हाल भारतमा रहेका कुमाउ,गढवाल,देहरादुन सिमला, (भारतका उत्तरान्चल तथा हिमान्चल प्रदेस) दार्जलिङ, खर्साङ,कालीम्पोङ, सिकीम्म का साथै भारतका अन्य ठांउ लगायत भुटान तथा बर्मा मा पनी एतिहासीक रूपमै बसोबास गरिरहेको पनी पाइएको छ । हालको विश्वव्यापीकरण ले बराल हरू पनी संसारका धेरै जसो देशहरूमा छरीएर रहेका छन । बराल हरूले बन्धुत्व को जानकारी र पहिचानका खातिर हालै बराल वंस प्रतिस्ठान नामक संस्था पनी बनाएका छन । गुरु केदार बराल
xeroxvista · Apr 10, 2009 5:40 PM · 14,096 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion