चोरिन थाले नारायणहिटीका सामग्री

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, चैत २५ - नारायणहिटी दरबार संग्रहालय छिर्नुभो? वा, रहर बाँकी नै छ? भित्र छिरेर बहुमूल्य, ऐतिहासिक र पुरातात्विक चिजबीज हेर्ने तपाईंको रहर केही हदसम्म पूरा होला तर तुष भने बाँकी नै रहनेछ। किन कि त्यहाँका सबै सामान तपाईंका आँखाले देख्न पाउने छैनन्। कारण, नारायणहिटी भित्रका अमूल्य चिजबीज धमाधम चोरिन थालेका छन्। बुधबार प्रकाशित कान्तिपुर दैनिकमा दिनेश रेग्मी र प्रतिमा बाँस्कोटाले लेखेका छन् : पछिल्लोपटक फोहरा बगैंचास्थित कुमारी मन्दिरका बहुमूल्य गहना चोरिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाड्नेक्रममा सुनको टीका चोरी भएको कुमारीको मूर्तिबाट अहिले हीरा जडित मुकुट र चाँदीका त्रिनेत्र गायव भएका छन् । बहुमूल्य वस्तु उप्काएपछि मूर्ति विरूप बनेको छ । ´ज्ञानेन्द्र सर्ने बेलामा सुनको टीका हराएको थियो,´ दरबार संग्रहालयका प्रमुख उपसचिव जयराम महर्जनले कान्तिपुरसंँग भने, ´अहिले मूर्तिको हीरा जडित श्रीपेच र ३ वटा चाँदीका आँखा चोरी भएका छन् ।´ कुमारी मन्दिर श्रीपेच अंकित पानी निस्कने फोहरा नजिकै छ । उचित व्यवस्थापन हुन नसक्दा कैयांै सामग्री चोरी हुने गरेको उनले बताए । ´व्यवस्थापनबारे मन्त्रालयलाई जानकारी गराएका छौं तर पहल भएको छैन,´ महर्जनले भने । दरबार संग्रहालय संस्कृति तथा राज्य पुनसर्ंचना मन्त्रालयले हेर्छ । केही दिनअघि मर्मत विभागका ४ ढोकाका ताला फोडिएका थिए । कार्यालयको एउटा कोठाका फर्निचर तथा टेबुल छरपस्ट छन् । लागत नहेरी के कति चोरी भयो भन्न नसकिने कम्ट्रोलर विभागका प्रमुख इन्जिनियर राजेश्वरमान सिंहले बताए । बगंैचाको पानी तान्ने दुईवटा मेसिनसमेत हराएको संग्रहालयका कर्मचारी विनोदप्रसाद सेढाइर्ंले बताए । महर्जनका अनुसार संग्रहालय खुला हुनुभन्दा करिब दुई महिनाअघि त्रिभुवन सदनस्थित नानीगन्ज भवनको झ्याल ढोका पनि फोडिएको थियो । दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको पश्चिमपट्ट िरहेको नानीगन्ज भवनमा पूर्वराजा रानीलाई जन्मदिनमा दिएका काठका मन्दिर, आँखीझ्यालजस्ता उपहार थिए । संग्रहालयका कक्षको आन्तरिक सुरक्षाका लागि सीसीटीभी राख्न टेन्डर आह्वान गरिएको उनले बताए । ´नारायणहिटीभित्र परराष्ट्र, बाहिनी र दरबार संग्रहालयको सीमा क्षेत्र छुट्याउन नसक्दा समस्या भएको छ,´ संग्रहालय प्रमुख महर्जनले भने । ´चोरीबारे जानकारी आएको छैन,´ संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले भने, ´व्यवस्थापनबारे स्थायी किसिमको कार्यदल बनाउने योजना मन्त्रालयको छ ।´ dainikee.com

harikancha · Apr 9, 2009 9:21 PM · 3,355 views

4 Replies

कङ्गाली को देस भएको बेला फलामे साचो भित्रका कुरा हराउछन , हुन्सक्छ रक्छक ले नै उडाएको पनि । न देखेको चोर् बाउ    

बैरागिकाइलो · Apr 9, 2009 11:39 PM

No wonder if we next hear that the crown has been stolen from the locked room!!

naivelyStupid · Apr 10, 2009 1:28 AM

Janta lay ni Desh Khattam........

Poon-Hill · Apr 10, 2009 9:32 AM

pakka pani tyo dhoti upendra le choreko hunu parchha

sYaKuuRiolAKU_nchImb · Apr 10, 2009 9:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all