गुसखोरी र ब्रस्टचारी हरुलाई सरुवा गर्नुनै बेस गोलाप्रथाद्वारा गाविस सचिवको सरुवा सर्लाही, चैत २४ - राजनीतिक दलका प्रतिनिधि र स्थानीय विकास अधिकारीको संयुक्त बैठकले जिल्लाका सबै सचिवको सरुवा गोलाप्रथाद्वारा गर्ने निर्णय गरेको छ । सचिवहरूले भने यस्तो निर्णयको विरोध गर्दै फिर्ता नलिए मंगलबारदेखि सबै गाविसमा कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । जिल्लामा ९९ गाविस छन् । स्थानीय विकास अधिकारी विष्णुराज लामिछानेको निवासमा आइतबार राति राजनीतिक दलका प्रतिनिधिसहित बसेको बैठकले सचिव सरुवामा विवाद हुन थालेको निष्कर्ष निकाल्दै गोलाप्रथाद्वारा सरुवा गर्ने सहमति गरेको हो । गाविस सचिव हकहित केन्द्रका जिल्ला अध्यक्ष हरिकान्तलाल कर्णले सरुवाको विधिप्रति असन्तुष्टि जनाउँदै २४ घन्टाभित्र निर्णय फिर्ता नलिए सबै गाविस कार्यालय ठप्प पार्ने चेतावनी दिए । बजेट सदुपयोग गर्नुपर्ने आर्थिक मसान्तको अन्त्यतिर आएर सरुवा गर्नु गलत भएको कर्णले बताए । 'परिषद् गर्नेलगायतका काम धेरै गाविसमा बाँकी छन्,' उनले भने, 'यस्तो बेलामा सरुवा गर्नु विकास बजेट पि|mज गराउनु हो, निर्णय नउल्टाए आन्दोलन गर्न बाध्य छौं ।' एमालेका तर्फबाट जिविस प्रतिनिधि भाग्यनारायण रायले विभिन्न गाविसबाट भइरहेका सचिवको विरोध गर्दै अर्काे सचिवको माग आएको र केही स्थानको मात्र सरुवा गर्दा विवाद आउने गरेकाले एकमुष्ट सरुवा गर्न दलबीच सहमति बनेको बताए । 'सरुवामा तेरो मेरो नहोस् भनेर गोलाप्रथा विधि अपनाइएको हो,' उनले भने । सबै सचिवको सरुवा गरेपछि समस्या समाधान हुने उनले बताए । सचिव सरुवाको हकहित केन्द्रले विरोध जनाएपछि दलका प्रतिनिधि र स्थानीय विकास अधिकारीबीच सोमबार निर्णयमाथि पुनर्विचार गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल यादवले गोलाप्रथाद्वारा सरुवा अव्यावहारिक देखिएकाले तत्काल कार्यान्वयन नगरी मंगलबार सबै पार्टीका अध्यक्षको बैठकले पुनर्विचार गर्ने सहमति भएको बताए ।
Maylumaya · Apr 7, 2009 5:37 PM · 2,805 views
better shoot them than transfer. they will sow the seeds of corruption whereever they will go anyway.
snowfed_river · Apr 7, 2009 6:55 PM
It may offence many people who are aborad: Your parent was and may be corrupt too!!!!!!!!!!!!!!!! Dude check your grand father and your father's financial status; you can tell if your parnents were corrupt or not. Higher the position, larger the amount, lower the position tap tepe kamai.
बैरागिकाइलो · Apr 7, 2009 8:44 PM
u seem offended, kailo dai! were ur parents corrupted?
snowfed_river · Apr 7, 2009 10:36 PM
Bairagikailo, sorry to hear that your parents are corrupted. Don't be like them.
no_quiero · Apr 8, 2009 2:12 AM
मेरा पिताजी ले न कुनै जागिर खाए न कुनै राजनीति पद नै समाते , सुद्द स्रमजिबी , घुस्याहा भएका भए यहाँ खोक्ने ध्रिस्टता गर्ने थीईन, तर बाबु कुईरे जसरी तिमीले छ्ड्के हान्यौ तिम्रा बाउु ले अबस्य पनि घुस खाएको हुनु पर्छ । किनकी चोरको खुट्टा काट भन्दा चोरले सबैभन्दा अगाडि झिक्छ भन्थे ठ्याक्कै तेसै गर्योउ नि । पानी माथिको ओबानो बन्न खोज्दछौ .
बैरागिकाइलो · Apr 8, 2009 11:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion