St. Cloud Yatra - American dancing in Nepali song

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Very much interesting show - american kids dancing in mai chhori sundari. Source: www.dautari.org समुद्रपारीबाट नया नेपालको यात्रा एउटै यात्रा कसरी हुन्छ त दुइवटा ब्लगबाट? शिर्षक एउटै भएपछी हुदैन त एउटै यात्रा? शिर्षक मात्र कांहा हो र बिषय पनि एउटै हो। कुनै बेला एउटै बिषयमा लेख्न केही पहिला sapanasansar.com का मित्र बिश्व र मेरो सल्लाह भएको थियो। एउटै लेख धैरै ब्लगमा छाइरहेको बेलामा एउटै बिषयमा दुइवटा ब्लगमा फरक लेख देख्दा कस्तो अनुभव होला म त्यसै रोमान्चित भएको थिए। सल्लाह अनुसार हामीले पस्चिमको यात्रा तय गर्यौं । म बसेको ठाउं भन्दा करिब ६० माइल पश्चिममा St Cloud State University छ। दौरा सुरवालमा ठाटिएको म interstate 94 मा exit 171 लाइ तारो बनाइरहेको थिए। त्यहा हिजो शनिबार हुन गइरहेको थियो नेपाल सांझ, जसको शिर्षक थियो "यात्रा"। करिब एक हजार मानिसले खचाखच मनोरन्जन हलमा नेपाली बिध्धार्थीहरुले नेपाली संस्क्रिती झल्काउदै उपस्थित दर्शकलाइ भरपुर मनोरन्जन दिइरहेका थिए। नेपालको भुभागमा मात्रै बिभिदता छैनकी भाषा र संस्क्रितीमा पनि उत्तीकै बिभिदता छ। अमेरीकाको अर्कनसास स्टेट जत्रो क्षेत्रफल भएको देशमा ६० भन्दा ज्यादा जात जाती हरु छन त ७० भन्दा धेरै बोलीचालीका भाषाहरु छन। २ घन्टाको समयमा यि सबै देखाउनु निकै चुनौतीको काम थियो। अमेरीकाको कठीन जिबन, पढाइ र कामबाट बचेको समय खर्चेर नेपाली बिध्धार्थी अमेरीकी माझ नेपालको संस्क्रिती देखाउन उपस्थीत भएका थिए। समग्रमा प्राय बिदेशमा हुने नेपाल सांझमा केही रुपमा बिषय बस्तुमा एकरुपता हुने गर्छ। एकरुपताले दर्शकहरुलाइ दिक्क बनाउंछ त्यसैले "यात्रा"मा एकरुपतलाइ चिर्दै बिभिधदता थपिएको थयो, जसले गर्दा समय गएको पत्तो नै भएन। पंचकन्याको स्वागत,कुमारीको न्रित्य,नेपाली राष्ट्रिय गान प्रस्तुत गरेर हाम्रो दैनिक संस्कार पस्केका थिए। शुरुमा साना तिना भाषणले लाटो बनेका दर्शकलाइ नया नेपाल र पुरानो नेपालको बारेमा भिडियो देखाएर कार्यक्रमको क्षितज कोरिएको थियो। इतिहास भएर हो या स्पष्ट नै भएर हो पुरानो नेपालको द्रष्य राम्रै बुझियो। नया नेपाल कुहिरोमै रुमलिएर हो या प्रस्तूती नै त्यस्तै नया नेपालको प्रस्तुती त्यती स्पष्ट भएको लागेन। मन तब त्यसै रसायो जब साना साना अमेरीकी नानीहरु मै छोरी सुन्दरी भन्दै नेपाली गितमा नाचे। त्यसको भिडियो मैले प्रस्तुत गरेको छु ,अमेरीकी किशोरीहरु नेपाली तालमा पाइला मिलाएको देखेर पक्कै पनि तपाइहरु दंग पर्नुहुनेछ । तारा देबीको "काली पारी " को गितले चोखो अमुर्त प्रेममा नेपालीमन कसरी कल्पिन्छ छर्लागांइएको थियो। नेपथ्यको तालको पानी बोलको लोक-पप गित देखी लिएर रेश्मा सुनुबारको मै ठुली भइछु रे गितबाट नेपालीहरूको प्रेमजाल देखी दैनीक जिबनशैली झल्काउने प्रयास गरिएको थियो। साथै रिमिक्स गित, कबिता र चुट्किलाबाट नेपाल नै देखाउने प्रयास गरिएको थियो। जब मन फुरूगं भयो तब नेपाली भेष भुषा मा बिध्धार्थीहरु मञ्चमा प्रस्तुत भए। नेपाल चार जात छत्तिस बर्णको फूलबारी भएको प्रत्यक्ष बर्णन पाएको महशुस भयो। जात नै फरक भएको भरमा नेपाललाइ मधेस देखी हिमाल सम्म टुक्राउनु पर्छ भने जमातलाइ सात समुन्द्र पारी पढ्न आएका नेपाली बिध्धार्थीहरुले हामीहरु फुटेर होइन जुटेर नै नया नेपालको यात्रा तय गर्ने सकिन्छ भनेर महत्वपूर्ण पाठ पढाइरहेका थिए।। Last edited: 06-Apr-09 07:23 AM

sanas · Apr 6, 2009 7:18 AM · 21,449 views

10 Replies

thanks sanas for your articulated article and nice video clips. i would really appreciate if someone could upload clips performed by nepali. i'm desperately waiting for the clips.  thanks in advance.

target2green · Apr 6, 2009 7:45 AM

Let's see some more photos from St. Cloud.

Riten · Apr 6, 2009 7:53 AM

You can see all photos at http://sarobar.com/galleries/n...

Purbelitheto · Apr 6, 2009 12:41 PM

You can see the clips at http://sapanasansar.com

sapanasansar · Apr 6, 2009 7:04 PM

hey sapanasansar thanks for all the clips. can you please upload  "नेपथ्यको तालको पानि माछ्छीले खानि" as well. thanks in advance

target2green · Apr 6, 2009 8:16 PM

Here is talko pani by sapanasansar. dami rayecha yar.

sanas · Apr 6, 2009 11:07 PM

Nice program guys!! ani tyo Kumari ko dance bhayeko video ni post garau na!!

hit.the.hot · Apr 6, 2009 11:13 PM

Now, thi is exactly what gives the Nepali flavour during an International festival. Hope those Nepali people dow in the South learn something out of this. Bravo, keep up the good job. Thanks God, some people still care.

Rewire · Apr 7, 2009 12:28 AM

nepali ko bani mujjjji khattam...........hyaaa....huuuuuu....hooooooo garera karayera kehi sunna paidaina.......karaunuko   artha cahi ke ho???khate jathhha haruuu

dhhirajojha · Apr 7, 2009 2:05 AM

Yo jhan dami rayecha. malai ta yo po man paryo. dhanyabad sapanasansar.

sanas · Apr 7, 2009 7:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all