Sunday, April 5, 2009 भारतद्वारा मिचिएको नेपाली भूमिमा राष्ट्रिय झण्डा - 2009-04-05 12:18:46 भारतद्वारा मिचिएको नेपाली भूमिमा राष्ट्रिय झण्डा चाँदनी हमाल, चितवन चैत २३ चितवनको माडीस्थित सोमेश्वर सीमाको भारतले अतिक्रमण गरेको क्षेत्रमा आज नेपाली झण्डा गाडिएको छ। माओवादी ताम्सालिङ राज्य समितिको आयोजनामा भएकॊ बृहत् साइकल र्यालीसँगै गएको एकीकृत नेकपा माओवादीका सभासदसहितको संयुक्त टोलीले सोमेश्वर डाँडामा झण्डा गाडेको हो। जुन स्थान ४६ नम्बरको सीमास्तम्भभन्दा डेढ किलोमिटर पर छ। टोलीमा राजधानीका झण्डै डेढ दर्जन कवि र चितवनका पत्रकारको पनि सहभागिता छ। त्यस्तै ठूलो संख्यामा स्थानीय बासिन्दा र माओवादी कार्यकर्ता पनि साइकल र्यालीसहित टोलीमा सामेल छन्। टोलीले झण्डा गाडेपछि आयोजित कार्यत्रममा बोल्दै सभासद् अमिक शेरचनले सोमेश्वर डाँडापारि रहेको सानो माडीसम्म नेपालको भूभाग भए पनि भारतीय पक्षले सीमा मिच्दै सोमेश्वर डाँडासम्म ल्याइपुर् याएको बताए। यसमा नेपाल गम्भीर हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो। नेपालको भूमि विभिन्न क्षेत्रबाट मिचिँदै गएकाले तत्काल सरकारको ध्यानाकर्षण नभए नेपालको राष्ट्रियतामै खतरा उत्पन्न हुने उनले बताए। मिचिएको भूभागभन्दा पर रहेको सोमेश्वर लेक र त्यहाँ रहेको दरबारसमेत भारतले अतिक्रमण गरी आफ्नो पक्षमा पारेकाले सरकारलाई सचेत गराउन र राष्ट्रियतासम्बन्धी जागरण फैलाउन यो जागरण अभियान गरिएको आयोजकले बताएको छ। टोलीले आजै माडीको वसन्तपुरमा सांस्कृतिक र कवि गोष्ठी गर्दैछ। टोलीमा माओवादी सभासद् अमिक शेरचन नारायण दाहाल चित्रबहादुर केसी नेताहरु विश्वभक्त दुलाल अग्नि सापकोटा अनिल विरही देशबन्धु हितबहादुर तामाङ चन्द्रहरि सुवेदी सूर्य सुवेदीलगायतको सहभागिता छ। http://www.dainikee.com/news/i...
eternalbliss · Apr 5, 2009 7:41 AM · 2,529 views
Maylumaya · Apr 5, 2009 1:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion